Statement   

कलाकार एवं कला समीक्षक तीर्थ निरौला

नेपाल कला, संस्कृति र परम्पराले धनी राष्ट्र हो । विविध जातजाती र रीतिरिवाजले सम्वृद्ध हाम्रो मूलुक कलामय छ । हामी नेपाली सडक, गल्ली गल्छेडा जता पनि जाऔं हामी परम्परागत कला र सिर्जनाको शैलीगत स्पन्दन नै पाउ“छौ । हाम्रा पूर्खाहरुका शिल्पी हातका नङग्राहरु खिइएका हाम्रा ऐतिहासिक धरोहरहरुले विश्वमञ्चमा आज हामीहरुलाई गौरवशाली तुल्याइको छ । पहिचान गराएको छ । शिर ठाडो पारेको छ । हिन्दु, वौद्ध र मुगल सभ्यताको स्पन्दन र मर्म लेपिएको हाम्रो कला संस्कृति लगायत आधुनिक गति र धारमा प्रायोगिक बन्दै आएका हाम्रा मौलिक नेपाली कला र आधुनिक कलाको प्रयोग अपरम्पार छ भन्दा अतिशयोक्ती नहोला । त्यसैले पनि नेपाली कलाको जगेडा र विकास अपरिहार्य छ ।

कलाः कुनै पनि विषयवस्तु, अभिव्यक्ति वा प्रस्तुतिलाई सौन्र्दय रुपमा वा कलात्मक ढाचामा विभिन्न माध्यमद्धारा समाजसामु पस्किनु नै कला हो । परम्परागत शब्दावलीनुसार कला शव्दलाई एकमुष्ठ रुपमा भन्नुपर्दा लालित्य अर्थात ललितकला शब्दको उठान हुन्छ जुन शास्त्रीय परम्परामा कलाको छाता बनेर उदाएको भेटिन्छ । यस मान्यताभित्र कलाका विविध हा“गाहरु फस्टाएका देखिन्छन् जस्तैः चित्रकला ÷मूर्तिकला, वास्तुकला, नाट्यकला, संगीतकला, नृत्यकला र अन्य कलाहरु । यसरी शास्त्रिय परिभाषालाई दृष्टिगत गर्ने हो भने ललितकलाको अर्थ र परिभाषा निश्चिततामा बा“धिएको पाईन्न यधपी कलाका विविध हा“गाहरुको छिटो छरितोको रुपमा विकास, विस्तार, सम्वद्र्धन र प्रवद्र्धन गर्नको लागि कलालाई विधागत रुपमा छुट्याएर बुझ्ने गरिएको पाईन्छ । जस्तोः चित्रकला, मूर्तिकला, वास्तुकला र पछिल्ला समयमा फस्टाउदै गएका कलाका अन्य विधाहरु ल्लितकलाका रुपमा ब्यवस्थित गरिएका छन् ।

चित्रकला कला भन्नाले क्यानभासमा, कुनैपनि खाले समथल वस्तुमा जस्तैः ताडपत्रमा भोजपत्रमा, वा कागज तथा कपडामा वा क्यानभासमा चित्र अंकीत गरेर वनाइने सृजनात्मक तथा अभिव्यञ्जनात्मक प्रक्रियालाई भनिन्छ भने चित्र वा कुनै पनि खाले कला सिर्जना गर्ने व्यक्तित्वलाई कलाकार भनिन्छ ।

नेपाल परम्परागत कलामा समृद्ध मुलुक हो । यधपी १८औंदेखि १९ हुंदै २०औं शदिमा विश्वमा उचाई चुमेको आधुनिक कलाको विकासको सन्दर्भमा भने नेपाली अधुनिक कला तुलनात्मक रुपमा अझै पछाडी नै छ । तरपनि पछिल्लो चरणमा हाम्रो कलाको पहुंच पनि विश्वकलाको मञ्चमा पुग्ने जर्मको जारी रहेकोले सम्भावनाहरु निकै राम्रो देखिदैछ ।

मूलतः आधुनिक कला पाश्यात्य मुलुकबाटै जन्मिएको र यसैलाई विश्व प्रचलित मान्यतानुसार अवलम्वन गरिदै आएकोले आधुनिक कलामा हाम्रो निखार आउन समय लागेको हो । हुनत जंग बहादुरको वेलायत भ्रमणमा संगै जाने अवसर पाएका भाजुमान चित्रकार र ती भन्दा अधिका राजमानले नै नेपालमा पहिलो चोटी आधुनिक कला भित्राएका हुन । त्यसपछि २००७ साल पश्चात नेपाली कलाकारहरु विदेश गएर कला शिक्षा लिएर फर्कनेक्रम बढेपछि नै नेपाल आधुनिक कला सिर्जनाको क्रम र लय बढन थालेको हो ।    

अहिले समय उत्तरआधुनिकको क्रममा छ । कला पनि यसैको सेरोफेरोमा छ । नयां नयां कलाकारहरु प्रयोगवादी काममा रमाइरहेका छन् । विदेशी कलाकारहरु नेपालमा आएर प्रदर्शनी वर्कसपहरु गर्ने र नेपालकाहरु विदेशी भूमिमा सहकार्य गर्दै आएका छन् । अहिले आएर यसवाट के पनि बुझन सकिन्छ भने विश्व परिवेशमा पनि हाम्रो अधुनिक कलाको महत्वता बढदै गइरहेको छ ।

धन्यवाद ।



Click on the link below for more information about the artist.





About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts