LKS चित्रकला प्रतियोगिता २०८२ चित्रकलामा प्रतिभाको खोजि २, २०८२ का सहभागीहरु  चित्रकलामा प्रतिभाकाे खाेजि २०८१   Silver Jubilee 2068 B.S.   प्रदेश स्तरीय ललितकला गाेष्ठी २०८०   प्रदेश १ स्तरीय चित्रकला एव‌‍म् हस्तकला प्रदर्शनी २०७९   कला महाेत्सव २०७६   कला महाेत्सव २०७६   BIRAT ART FAIR 2075  Exhibition of Painting 2069

Perspective View: My Experience as a Curator - Provincial Level Fine Arts Exhibition, Koshi Province

 




In Biratnagar, there is not even a single dedicated art gallery space. Because of this reality, handling the responsibility of a curator became far more difficult than expected. Creating an exhibition environment without proper gallery infrastructure required extra planning, physical effort, creative adjustment, and continuous problem-solving. What would normally take many days of preparation had to be completed within just one day. Establishing a complete exhibition area within such a short time demanded teamwork, endurance, and quick curatorial decisions.
We received many brilliant artworks filled with originality, depth, and creativity from talented artists. Each piece carried its own story and artistic essence. However, due to limitations of space, materials, and budget, I had to compromise in hanging arrangements, display balance, and layout structure. Without proper display boards, professional hanging systems, or island display areas, the setup could not reach the presentation standard I had envisioned.



This remains a point of personal sadness for me. I had dreamed of a more refined and technically strong exhibition design. Due to low budget and limited funds, many display elements could not be arranged. I sincerely express my apologies to all respected artists. and senior contributors that I could not prepare the ideal setup their artworks truly deserved.

At the same time, I would like to express my heartfelt gratitude to all those who supported and helped me throughout the curating process the organizing team, coordinators, technical helpers, volunteers, fellow artists, and well-wishers who stood beside me during installation and setup. Your cooperation, patience, and encouragement made it possible to complete this exhibition within such a limited time frame. I am truly thankful for your trust and support.

Despite all constraints, I gave my fullest effort to ensure that each creation received respect, visibility, and thoughtful placement. I carefully tried to maintain harmony, flow, and visual connection among the works so that visitors could still experience the spirit and message of each piece.

Overall, this journey was challenging yet deeply meaningful. It taught me resilience, adaptive curation, and the urgent need for proper art infrastructure in our region. I remain hopeful that in the future we will have a dedicated art gallery space and stronger institutional support, so that our artists and their masterpieces can be presented with the excellence they truly deserve.

LKS चित्रकला प्रतियोगिता २०८२ मा प्रतियोगीले बनाएका चित्रहरु

प्रतिभाको खोजि २ अन्तर्गत 
LKS चित्रकला प्रतियोगिता २०८२ मा प्रतियोगीले बनाएका चित्रहरु


प्रमुख अतिथि 
विशेष अतिथि, निर्णायकले संयुक्त रुपमा बनाएको चित्र 
  


प्रथम 
सोनाम झा
शिक्षादिप मा.वि.( कमर्स संकाय ) ,विराटनगरक




दोस्रो 
विवेक शर्मा
पूर्वान्चाल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय (PUSAT ) ,विराटनगर



तेस्रो 
स्नेहा वनेम
एभरेष्ट आ.मा.वि., पथारिशानिश्चारे - १






सान्तवना 
दिपक चौधरी
पञ्चायत मा वि. ,पथारिशानिश्चारे


सान्तवना 
अपेक्षा राई
शिक्षादिप मा. वि., विराटनगरका



सान्तवना 
आर्यन झा
विराट क्याम्पस, विराटनगर



सान्तवना
सुहानी श्रेष्ठ
सेन्ट मेरिज स्कूल ,विराटनगर


सान्तवना
संजना यादव
मेरिल्याण्ड कलेज, विराटनगरक





सान्तवना
समिन राई
पशुपति आ.मा.वि. ,उर्लावारी



सान्तवना
खुशी सोनी
शिक्षादिप मा वि ,विराटनगर













 




LKS चित्रकला प्रतियोगिता २०८२ सम्पन्न

प्रतिभाको खोजि २ 

     ललित कला संगमको आयोजनामा कला र कलाकारिताको क्षेत्रमा कला विकासको लागि बिगत ४ दशक देखि अनवरत काम गर्दै आएको यस ललित कला संगम विराटनगरले विगत झै यस वर्ष आफ्नो वार्षिक कार्यक्रम श्री पञ्चमीको लक्षित गरि मोरङ जिल्ला भरिको +2 /कलेज स्तरमा विद्यार्थीहरुमा भित्र रहेको प्रतिभाको खोजि गर्न "प्रतिभाको खोजी-२" अन्तर्गत २०८२ माघ ८ गते विहीबारका दिन विराटनगरको पोखरिया मा.वि. मा 'LKS चित्रकला प्रतियोगिता २०८२' सम्पन्न गरेको छ |











    सो कार्यक्रममा प्रमुख अतिथि यस संस्थाका उपाध्यक्ष तथा पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाको आथितियामा विशेष अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान समसामयिक चित्रकला विभाग प्रमुख प्राज्ञ संजय वान्तवा, त्यसैगरी अतिथिहरु ललिता कला संगमका अध्यक्ष जय प्रकाश चौधरी, ललित कला संगमका पूर्व अध्यक्ष  कलाकार निवास पोखरेल, विराटनगर प्रज्ञा प्रतिष्ठानका कला विभाग प्रमुख अनुराधा थापा , समाजसेवी एवं कलाकार प्राज्ञ गंगा सुवेदी, विवेक दरसन तथा वास्तुकला नभ प्रतिष्ठान तथा ललितकला संगमका कोषाध्यक्ष सविन कुमार उपाध्याय, LKS का उप सचिव उद्धव गुरुङ ,सदस्य सुकदेव (कृष्ण ) राजवंशी सहित श्री पञ्चायत मा. वि. पथरी शनिश्चरेका प्रशिक्षक कलाकार अभिषेक दासको समेत उपस्थित रहेको थियो |

    कार्यक्रमलाई अगाडी बढाउँनका लागि संचालन गर्न उद्घोषिकाको रुपमा ललितकला संगमका सदस्य तथा महिला उधमी संघ मोरङ कोशी प्रदेशका अध्यक्ष कृती श्रेष्ठ उपाध्यायले गर्नु भएको थियो | यस कार्यक्रमलाई तीन भागमा विभाजन गरेको थियो | पहिलो भाग उद्घाटन कार्यक्रम अन्तर्गत पहिलो मन्तव्यको रुपमा पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाले र्नु भएको थियो | उपकुलपति ज्यूले आफ्नो कला यात्राको अनुभवलाई सहभागीहरुलाई हौसला प्रदानगरि कलको विभिन्न क्षेत्रमा महत्व रहेको छ भनि जानकारी गराई प्रमुख अतिथि र विशेष अतिथिले संयुक्त रुपमा एउटै चित्रपटमा चित्र बनाई उद्घाटन गर्नु भएको थियो | त्यसैगरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान समसामयिक चित्रकला विभाग प्रमुख प्राज्ञ संजय वान्तवाले पनि सहभागी विद्यार्थीहरुलाई प्रतियोगितामा के के कुराहरुमा ख्याल गर्ने ,कसरि गर्ने , के कुरामा प्राथमिकता दिने लगायत विश्व प्रख्यात चित्रकारहरुको उदाहरण दिई प्रेरणा प्रदान गर्नु भएको थियो |

    यस संस्थाको सचिव वीरेन्द्र कुमार राजवंशीले जानकारी दिए अनुसार , कार्यक्रमको दोश्रो भागमा सहभागी भएका विद्यार्थीहरुले संस्कृति, सम्पदा वा प्रकृती मा आधारित चित्रहरु बनाउने क्रममा यस प्रतियोगिताको निर्णायकहरु धरानबाट आउनु भएका वरिष्ठ कलाकार प्रनोद दत्त र धनकुटाबाट वरिष्ठ कलाकार मुकुन्द प्रयासले संयुक्त रुपमा अवलोकन गरी निर्णायक भमिका निर्वाह गर्नु भएको थियो | निर्णय गर्न निर्णायकको तर्फबाट मुकुन्द प्रयासको अनुसार सहभागीहरुको सबै चित्र उत्कृष्ठ हुदा हुदै पनि केहि आधार प्रस्तुत गरि स्केचमा पूणर्णाङक २५, बिषय संयोजनमा पूर्णाङक २५, रंग प्रयोगमा पूणर्णाङक २५ र सफाई वा स्पष्टतामा २५ गरी जम्मा पूणर्णाङक १०० को आधारमा निर्णय गरिको जानकारी दिनुभयो  । 

    यस कार्यक्रममा मोरङ जिल्ला भरिका १६ वटा विद्यालय /कलेजहरुको सक्रिय सहभागितामा २९ जना विद्यार्थीहरुको सहभागी भएको थियो | सहभागी भएको मध्येबाट प्रथम भएकी शिक्षादिप मा.वि.( कमर्स संकाय ) विराटनगरका छात्रा विद्यार्थी सोनाम झा , दोस्रो भएका पूर्वान्चाल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय (PUSAT ) का विद्यार्थी विवेक शर्मा ,तेस्रो भएकी एभरेष्ट आ.मा.वि. पथारिशानिश्चारे - १ का छात्रा स्नेहा वनेम भएको थियो | त्यसैगरि उत्कृट १० भित्र भएका थप ७ वटा विद्यार्थीहरुलाई पनि सान्तवना पुरस्कार दिई पुरस्कृत भएको थियो | जस अन्तर्गत मेरिल्याण्ड कलेज विराटनगरका छात्रा संजना यादव ,सेन्ट मेरिज स्कूल विराटनगरका छात्रा सुहानी श्रेष्ठ , विराट क्याम्पस विराटनगरका छात्र आर्यन झा ,शिक्षादिप मा वि विराटनगरका छात्राहरु अपेक्षा राई र खुशी सोनी , पशुपति आ.मा.वि. उर्लावारिका छात्र समिन राई र पञ्चायत मा वि. पथारिशानिश्चारेका छात्र दिपक चौधरी रहेका थिए |

    कार्यक्रमको तेस्रो तथा अन्तिम भाग अन्तर्गत पुरास्कार तथा समापन समाजसेवी एवं कलाकार प्राज्ञ गंगा सुवेदीले पनि सहभागीहरुलाई हौसला प्रदान गरि कलाको बारे आफनो मन्तव्य दिई पुरस्कृत हुनेहरुलाई प्राज्ञ गंगा सुवेदी र विराटनगरको वडा नम्बर २ का वडा कार्यालयका सचिवको हातबाट प्रथमलाई नगद रुपैया रु.१००००/- सहित ट्रफी र प्रमाण पत्र , दोस्रोलाई नगद रुपैया रु.५०००/- सहित ट्रफी र प्रमाण पत्र, तेस्रोलाई नगद रुपैया रु.३०००/- सहित ट्रफी र प्रमाण पत्र र सान्तवना हुनेलाई पनि नगद रुपैया रु.१०००/- सहित मायाको चिनो र प्रमाण पत्र वितरण गरिएको थियो | साथै सम्पूर्ण सहभागीलाई पनि प्रमाणपत्र र मायाको चिनो गरिएको थियो | अन्त्यमा मोरङ जिल्ला भरिको +2 /कलेज स्तरमा विद्यार्थीहरु भित्र रहेको प्रतिभाको खोजि गरि कला विकासमा टेवा पुर्याउनका लागि यस संस्थाले सो कार्यक्रमको आयोजना गरेको कुरा यस संस्थाको अध्यक्ष जे.पी. चौधरी ले जानकारी गराई कार्यक्रम समापन गर्नु भयो |

यस कार्यक्रम भव्यताले सम्पन्न गर्नलाई प्रायोजकको रुपमा विराटनगरको वडा नम्बर २ का वडाकार्यालय,पूर्वान्चल विश्वविद्यालय र शिक्षादिप मा.वि. रहेको थियो भने सह प्रयोजकको रुपमा विरातानागरमा रहेको अरनिको आ.मा.वि., हिमालयन कलेज ,कान्तिपुर कलेज ,सेन्ट मेरिज स्कूल , विवेक दरसन् तथा वास्तुकला नभ प्रतिष्ठान ,महिला विकामा उधमी संघ मोरङ , जय श्री कृष्ण राम देवाकर आर्ट्स ,जे.सी. मार्कल आर्ट ग्यालेरी र LKS का पूर्व अध्यक्ष निवास पोखरेल रहेका थिए |

सहभागीले बनाएका चित्रहरु हेर्न यहाँ क्लिक गर्नुहोस ➤➤

सहभागी विद्यालय/कलेज  र विद्यार्थीहरु 






































वार्षिक चित्रकला प्रदर्शनी २०८२


ललित कला संगम ,विराटनगरले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत यस वर्षको श्री पंचमी  २०८२  माघ ९ गते शुक्रबारका दिन श्री सरस्वती मन्दिर ,विराटनगर - ७ मा चित्रकला प्रदर्शनी गर्ने भएको छ / 



प्रतिभाको खोजि -२ , २०८२ को सूचना

 शुक्रबार, १८   पौष  ,२०८२      

       

सहभागी प्रतियोगीहरुले निम्नलिखित नियम पालना गर्नु पर्नेछः

१. विषयः  संस्कृति, सम्पदा वा प्रकृती मा आधारित चित्र बनाउनु पर्ने । 

२. दिएको शिर्षकमा चित्र बनाउदा चित्रपटमा कुनै शाब्दिक संकेत दिन पाउने छैन ।

३. प्रतियोगिता स्थलगत हुनेछ ।

४. चित्र निर्माण गर्दा ज्यामितिय सामाग्री प्रयोग गर्न पाउने छैन ।

५. एक शैक्षिक संस्थाबाट २ जना मात्र सहभागी गराईनेछ ।

६. चित्रपटमा पूर्णरुपले रंग गरिएको हुनुपर्नेछ ।

७. सहभगीहरुको नामावली २०८२ माघ ६ गते दिउसो १ बजे सम्म दर्ता गराई सक्नुपर्नेछ ।

८. प्रतियोगिता २०८२।१०।८  गते बिहान ११:३० बजे देखि शुरु हुनेछ ।

९. प्रतियोगिताको अवधी २ घण्टाको हुनेछ । प्रतियोगिहरु ११ बजे सम्म उपस्थित भई सक्नुपर्नेछ ।

१०. आयोजकबाट प्रतियोगिलाई चित्रपट, एक्रेलिक कलर, २ थान ब्रस, कलर प्लेट र पानीको ग्लास उपलब्ध गराउनेछ । बाँकी आवश्यक सामाग्री प्रतियोगिले स्वयं ल्पाउनु पर्नेछ ।

११. सहभागीहरु मध्येबाट प्रथम, दोस्रो, तेस्रो र ७ जनालाई सान्त्वना गरी जम्मा १० जनालाई पुरस्कृत गरिनेछ ।

पुरस्कृत हुनेलाई ट्रफी र प्रमाणपत्र सहित  प्रथम पुरस्कारलाई  रु.१००००/-, दोस्रो पुरस्कारलाई  रु.५०००/-,तेस्रो पुरस्कारलाई  रु.३०००/- र  ७ जना सान्त्वनालाई रु. १०००/- नगद प्रदान गरिनेछ / 

१२. पुरस्कार सम्बन्धी निर्णयको अधिकार पूर्णरुपमा निर्णायकमा निहित रहनेछ ।

१३. निर्णायकमा मोरङ जिल्ला भन्दा बाहिरका निर्णायकहरु रहनेछ ।

१४. स्केचमा पूणर्णाङक २५, बिषय संयोजनमा पूर्णाङक २५, रंग प्रयोगमा पूणर्णाङक २५ र सफाई वा स्पष्टतामा २५ गरी जम्मा पूणर्णाङक १०० को हुनेछ । र यसैको आधारमा निर्णय गरिनेछ ।


सहभागी शुल्कः रु.२०००।-मात्र

थप जानकारीकाे लागि 

९८४२०७६४०९
९८५२०२५५१९

सहभागीको नामावली दर्ता 

  1. अन्तिम समयः  मिति २०८२ /१०/०६  गते दिउसो १ बजे सम्म दर्ता गराई सक्नुपर्नेछ । 
  2. सहभागीहरुको नामावली दर्ता अनलाइन वा भाैतिक रुपमा दर्ता गर्न सक्नुहुनेछ । 

  • भाैतिक रुपमा दर्ता गर्ने  स्थान ः जे. सी. मार्कलस् आर्ट ,तिनपैनी , विराटनगर
  • अनलाइ रुपमा दर्ता गर्नः यहाँ क्लिक गर्नुहाेस्

  • अनलाइ रुपमा दर्ता स्क्यान 
प्रतिभाको खोजि -२ 




श्री कृष्ण जन्माष्ठमी २०८२ को अवसरमा कला कार्यशाला

श्री कृष्ण जन्माष्ठमीको अवसरमा कला कार्यशाला 




भाद्र १,२०८२
श्री कृष्ण जन्माष्ठमी २०८२ को अवसरमा आज ISKCON Biratnagar द्वारा आयोजित ललितकला संगम ,विराटनगरको सहकार्य, विराटनगरको  जैन भवनमा  कोशी प्रदेशका विभिन्न जिल्लाबाट वरिष्ठ चित्रकारहरुको भेलाले २०८२ श्रावण ३१ गते शनिवारका दिन  कला कार्यशाला सप्पन्न भएका  छन्  ।कला कार्यशाला सप्पन्न गर्नका लागि  ललितकला संगमबाट अध्यक्ष  प्रकाश चौधरी, उपसचिव उद्धव गुरुङ, कोषाध्यक्ष  सविन उपाध्याय , सदस्य सुकदेव राजवंशी (कृष्ण राजवंशी ) लगायत ,मोरङ जिल्ला  जहादाका तुलसी कलाकार, पथरीबाट सन्जु थापा मगर  , सुनसरी जिल्ला धरानबाट लेख मगर, प्रनोद दत्त , महेन्द्र राई , धनकुटाबाट  दिल्ली कृष्ण आले,मुकुन्द प्रयस , झापा दमकबाट अभिषेक दास , गौरादहबाट कुमार सानू, गरामनीबाट युवराज रिजाल सहभगी भएका थिए । 

 सहभागी चित्रकारहरुलाई कोशि प्रदेशका माननीय साभमुख अम्बर बहादुर विष्टको हातबाट इस्कोनद्वारा  प्रमाणपत्र तथा उपहार प्रदान  गरेका थिए ।


सहभागी चित्रकारहरुले बनाएका कलाकृतिहरु 


 लेख मगर



जय प्रकाश चौधरी 




युवराज रिजाल 



सुकदेव राजवंशी ( कृष्ण ) 



अभिषेक दास
 



तुलसी कलाकार 




संजु थापा मगर
 


उद्धव गुरुङ
 


प्रनोद दत्त
 


सविन उपाध्याय
 


महेन्द्र राई
 


दिल्ली कृष्ण आले
 


मुकुन्द प्रयास
 


Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.