LKS चित्रकला प्रतियोगिता २०८२ चित्रकलामा प्रतिभाको खोजि २, २०८२ का सहभागीहरु  चित्रकलामा प्रतिभाकाे खाेजि २०८१   Silver Jubilee 2068 B.S.   प्रदेश स्तरीय ललितकला गाेष्ठी २०८०   प्रदेश १ स्तरीय चित्रकला एव‌‍म् हस्तकला प्रदर्शनी २०७९   कला महाेत्सव २०७६   कला महाेत्सव २०७६   BIRAT ART FAIR 2075  Exhibition of Painting 2069
Showing posts with label Lalit Kala Sangam. Show all posts

ललितकला संगमको आयोजनामा चित्रकला प्रतियोगिता २०८१ सम्पन्न


माघ ११,२०८१

विराटनगर, ललितकला संगमले स्थलगत बाल चित्रकला प्रतियोगिता वि. सं. २०५९  र  वि. सं २०६० मा सम्पन्न गरेको लामो समय पछि  चित्रकला मार्फत प्रतिभाको खोजी गर्ने उद्देश्यले स्थानीय स्तरमा विद्यालय/कलेज स्तरका प्रतिभा खोज्न ललितकला संगमको आयोजनामा आज LKS विराटनगर  +2 विद्यालय/ कलेजस्तरीय चित्रकला प्रतियोगिता २०८१ सम्पन्न भएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको श्री आदर्श माध्यमिक विद्यालयमा भएको उक्त प्रतियोगितामा १५ वटा विद्यालयबाट ३३ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

जसमध्ये प्रतियोगिताबाट उत्कृष्ट आर्ट गर्ने टप १० विद्यार्थीहरु छनौट गरी चित्रकलाको लागि आवश्यक पर्ने सामग्री सहित प्रमाणपत्र ,मेडलका साथै सिल्ड प्रदन गरि पुरस्कार  गरिएको  छ । साथै अन्य सहभागी विद्यार्थीलाई मेडल र सहभागी प्रमाणपत्र प्रदन गरिएको छ ।

छनौट भएका विद्यार्थीहरुलाई ललितकला संगमले विभिन्न अवसरहरु दिदै अगाडी बढाउने बताएको छ । उपस्थित प्रतियोगीहरुले कार्यक्रमस्थलमा नै चित्र बनाएका थिए । स्थलगतरुपमै कोरिएका चित्रलाई आयोजक संस्थाका सल्लाहाकार निवास पोख्रेल र कोषाध्यक्ष सविन उपाध्यायले गरेको निर्णायकको मूल्याङ्बाट टप १० विद्यार्थी छनौट गरेको ललितकला संगमका अध्यक्ष जय प्रकाश चौधरीले बताए । 

छनौट भएका १० विद्यार्थीहरुमा आर्दश मा.वि.बाट सुप्रिता राय, शिक्षदीपबाट अपेक्ष राई र सिरीन भट्टराई, भानु मेमोरियलबाट आर्यन झा र अस्मिता लेखि, मेरील्याण्ड कलेजबाट संजना यादव र नन्दनी चौरडिया, एभरेष्ट मा.वि.बाट अग्रणी राई, सेन्टमेरीबाट सुहानी श्रेष्ठ र अरनिको कलेजबाट प्रतिक्षा बस्नेत रहेका छन् ।



उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी प्राज्ञ गंगा सुवेदीले एवार्ड सहित प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रमाणपत्र दिदै सुवेदीले सहभागीहरुलाई कलालाई निरन्तरता दिन सल्लाह दिएकी छिन् । कला संस्कृतिलाई जीवन्त राख्ने यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै सबैले बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्नुपर्ने बताइन् ।













प्रदेशको मूर्तिकला विगत र वर्तमान - विक्रमश्रि

प्रदेशको मूर्तिकला विगत र वर्तमान

                               

विक्रमश्रि

                                      वास्तु/मूर्तिकार एवम संस्कृतिकर्मी 

इटहरी सुनसरी

शुक्रबार, १२ श्रावण,२०८०

पूरा  विवरण पढ्नलाई यसमा क्लिक गर्नुहाेला ।  


प्रदेशको मूर्तिकला विगत र वर्तमान  विक्रमश्रि




GALLERY





Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.