प्रदेशको मूर्तिकला विगत र वर्तमान -विक्रमश्रि

 

प्रदेशको मूर्तिकला विगत र वर्तमान

                               

विक्रमश्रि

                                      वास्तु/मूर्तिकार एवम संस्कृतिकर्मी 

इटहरी सुनसरी


SHARES


शुक्रबार, १२ श्रावण,२०८०

पुर्वी नेपालको मूर्तिकला क्षेत्रको इतिहास आज भन्दा ३२०० वर्ष महाभारतकाल रामयणकाल सम्म पुग्दछ तर त्यसबेलाको मूर्तिकला र मुर्तिकार बारे लिपी श्रुती मार्फत जानकारी छैन् । 

पुरातात्वीक प्रमाणका आधारमा भने पुर्वि नेपालको मुर्तिकलाको इतिहास १५०० वर्ष सम्म पुग्दछ, आज भन्दा १५०० वर्ष पुर्वका मुर्तिहरु मध्य नरसिहँ सुनसरीमा प्राप्त नरसिँह विष्णु, वराहक्षेत्रका कोकामुख स्वामी, स्वेतबराह स्वामी, धनकुटा डाँडाबजार, ताप्ली उदयपुरका विष्णु मूर्तिहरु त्यस कालका हुन यीनिहरु अत्यान्त सुन्दर छन् । वंगालमा पनि यस्तै मुर्ति प्राप्त भएका हुदाँ ऐतिहासिक प्रमाणको आधारमा नेपाल बाट गएका कलाकार ले नै रचना गरेका हुन भन्न सकिन्छ । 

त्यस समय पछि तराई जंगलामुलक भयो बसोबास क्षेत्र पहाडी र गंगा किनार बन्नपुग्यो, कालान्तरमा सेन राजाहरुले पाल्पा देखि राज्य विस्तार गरि टिष्टा सम्म सिमाना पुरयाए पछि राज्यले कला क्षेत्रका निम्ती वातावरण प्रदान गरेको देखिन्छ , सेन राजाहरुको पालामा प्रतिस्थापित मुर्तिहरु भने प्रदेशमा प्रसस्त पाइन्छन् संरक्षणको अभावमा रहेका यी मुर्तिहरु तत्स्थानमा नै रचना गरेको हुन सक्दछन् । पूर्वी पहाडमा प्राप्त हुने कमसल प्रस्तर वाट सोही स्थानमा रचना गरिएका मुर्तिहरु विभिन्न शतिmपिठ र मुर्ति पुजक समुदायका पुजा घरहरुमा अवशेषका रुपमा ( खिईएका रुपमा ) आकृति नचिनिने अवस्थामा पाइन्छन् । यसवाट अठारौँ सताब्दीमा पूर्वी नेपालमा मुर्तिकार प्रसस्त थिए भन्न सकिन्छ तर कलाकारहरु बारे भने जानकारी प्राप्त गर्न सकिएको छैन् । 

परम्परागत लोकमुर्तिकला अध्ययनवाट भने मोखाकला ( चौधरी) कालिगड कुम्हाल कला तराईकुमाले पहाडेकुमाले कुम्हालटार उदयपुर (मृतिका÷टेराकोटा केन्द्र) रहेको स्थान, समाचखेवाकला, बौद्ध खाइवाहरु राजवंशी, माली ठाकुर, मान्चेपलुङ्ग बेनेमुकावा ( किराँत र लिम्बु मूर्तिकारको अस्तित्व अझ सम्म रहेको छ । 

विभिन्न आदिवासी समुदाय अन्र्तगत रहेका मुर्तिकृति मखुण्डो, मौलो, भित्ते मूर्ति, मृत्तिका, काष्ठकला,टुडाल भित्तेमूर्ति आदिको शिल्प हस्तान्तर हुदै वर्तमान सम्म आईपुगेको पाईन्छ । प्रदेशको वास्तु सिल्प र धातु प्रस्तर मूर्तिकला अध्ययन गर्दा प्रस्तरकारिता भने विचमै छुटेको पाइन्छ । शिल्पीहरु उपत्यका या गंगा क्षेत्र गएका हुन सक्छन् तर यसै क्षत्रमा रहेर मूर्तिकला गर्नेहरुको इतिहास भने पाइन्न । 

लोक मूर्तिकलाहरु राजकियकला भन्दा पृथक देखिने सामान्यतया भद्दा, अनौठा, अपरिष्कृत जुन स्वतन्त्र भावले रचना गरिएका हुन्छन् । राजकिय कलाकृति राज्यले संरक्षण गरे पनि यस्ता लोक कलाकृति संरक्षण नगरी दिदा नष्ट भएका छन् । भने केही अलपत्र देखिन्छन् । यस भुगोलमा प्राप्त भए अनुसारको कम गुणस्तरका ढुंगा÷काठमा कुँदिएका हुदाँ लोक धर्मका साथै ति कलामा भावनात्मक अभिब्यतिको चित्रण पनि राम्रो संग उतारिएको देखिदैन, यस्ता कलाकृतिहरु शास्त्रिय प्रमाणको आधारमा भन्दा पनि लोकोक्तिका आधारमा रचना गरिएका हुन्छन् । यी कला कृतिहरुमा राजकिय बैभव देखिन्न, लौकिक जिवनको निजी भावना प्रतिविम्बित हुन्छ । ( भाले ढुंगा, राजा रानी,) 


नेपाली मूर्तिकलाको प्राप्त इतिहास भने काठमाण्डौ उपत्यका र आसपास रहेको छ १२ औ सताब्दीको ४ दशकताका उदाएका बलबाहु ( अरनिको) नै यस युगको अगुवा पूर्वज मानिन्छन् , वास्तु मूर्ति र चित्रकला कार्य ( राजकिय कला) दरवार मन्दिर गुम्बा,हरुमा प्रयुक्त हुने हुदाँ यी तिन बटै विधामा अब्बल अरनिकोले देशमा मात्र नभएर विदेशमा पनि ख्याति पाएको इतिहास छ, मूर्तिलक्षण,तालमान (एनाटोमी) विषयमा पुस्तक समेत लेखेका अरनिको बहुप्रतिमाशाली थिए उनका र्सिजनाहरु हेर्दा १२ औँ शताब्दिको उन्नत नेपाली कलाको स्थीती आकलन गर्न सकिन्छ हुन त अरनिको भन्दा पूर्व पनि दक्ष सिल्पी रहेको बारे अध्ययन भईरहेको छ ।ललितपुरका वास्तुविद कलाकार गुणधर्म जस्ले इन्डोनेशियाको वोरी बुडुर मा तागाधारी बुद्ध र विशाल विहार बनाए भन्ने कुराको खोजि भइरहेको हो । 

उपत्यकाको प्राकृतिक छटाह जसले रचनाकर्ममा प्रभाव पार्दछ, अन्तराष्ट्रको सम्पर्क केन्द्र,सर्वाङ्गिण रुपमा विकसीत सभ्यता, साँस्कृति बैभव र राज्यको संरक्षणका कारण उपत्यकाको सृजानधर्म विश्वस्तरमा उठेको देखिन्छ । वास्तु र मूर्तिकलालाई राज्यले महत्व दिएको पाइन्छ, उपत्यकाको लिपिवद्ध इतिहास छ यसलाई तिन कालमा विभाजन गरेको पाइन्छ, प्राचिन, माध्यमिक र आधुनिक । लिच्छवी काल र मल्लकाल लाई मूर्तिकलाको विकासको निम्ति स्वर्णकाल मानिएको छ । 

अहिलेको उपत्यका आधुुनिक र परम्परागत मुर्तिकलाको क्षेत्र बाट मौलिकता खोज्र्दैँ प्रगति पथमा लागेको देखिन्छ । 

प्रा.डा. सोम प्रसाद खतिवडा ज्युको कुराकानीमा आधारित 

पूर्वि नेपालको मूर्तिकला विगत 

पूर्वी नेपालको मूर्तिकला शैलीगत विशेषता, माध्यम र प्राविधिक विकासको आधारमा इतिहास खोतल्न फकर्ने हो भने धेरै टाढा पुग्न सकिदैन । पुरातात्वीक अध्ययन अन्वेषणको आधारमा सेन वंशको पालामा स्थानिय स्तरमा नै मृतिका, धातुमुर्ति, प्रस्तरमुर्ति र काष्ठ मुर्तिकला रचना हुने गरे पनि यो निरन्तरता लामो समय देखिदैन । त्यस पछिका राजा माहाराजा योगी सन्तहरुले स्फटिक, सिंगमरमर र कालोपत्थरका मुर्तिहरु प्रतिस्थापन गरेको पाईन्छ । 

प्रदेशमा परम्परागत मूर्तिकला धान्दै आएका परम्परागत मुर्तिकारहरु ( खाइवा, कुम्हाल, मालिठाकुर, मोखा कलाकार, समचखेवा कलाकार, कालिगढ, मान्चेपलुङ्ग वनेमुकावाँ( किराँत मूर्तिकारहरु)प्रस्सत रहेको पाइन्छ । १९९० भन्दा अघिको मूर्तिकला र मूतिकारको बारेमा भने अध्ययन अनुसन्धान जरुरी देखिन्छ 

मूर्तिकार रनधोज नेम्वाङ्ग, 

पाँचथर याम्बोङ्ग ( १९९० देखि २०१५ साल सम्म सृजना समय) 

१९७४ मा जन्मनुभएका बहुप्रतिभशाली व्यक्तित्व, मुन्धुमविद, किराँत लिम्बु ज्योतिष शास्त्रका प्रकाण्ड विदवान हुनुहुनथयो । लिम्बु इस्टकुल देवता, थेवा र युमा को स्वरुप सृजना, किराँतेस्वर, देवि, लक्ष्मी,सरस्वतीका मूर्ति बनाएको पाइन्छ । उहाँका कलाकृतिहरु शिलालेख,कलात्मक मौलो, माङखिमका दलिनहरुमा प्रसस्त प्राप्त छन् उहाँको नाममा रणध्वज नेम्वाङ्ग प्रतिष्ठान स्थापित छ उहाँका संतती मध्य पनाती हिम्मत नेम्वाङ्ग ( झापा) आधुनिक प्रस्तर मूर्तिकार हुनुहुनछ । 


मूर्तिकार चक्र बहादुर न्यौपाने 

१९९० ताका पाँचखपन संखुवासभामा १९६० जन्म भई ९० बर्ष बाँच्नु भएको देखिन्छ उहाँका कलाकृतिहरु सुनखानी शिवालय र शिवसताक्षी धार्मिक क्षेत्र भित्र पाउँन सकिन्छ । उहाँको सम्मानमा चक्र पार्क निमार्ण गर्ने प्रस्तावित प्रस्ताव अगाडी बढेको बुझिएको छ । 

मूर्तिकार हर्षध्वज राई (लिंखा) 

२०१५ ताकामा उहाँको उदय भएको पाइन्छ प्रहरी सेवामा बरिष्ठ उपरिक्षक हर्षध्वज राई (लिंखा) का कलाकृतिहरु झापा सताक्षिधाम, काठमाण्डौ, कंचनपुर,पाल्पा,रुपन्देही लगायत विभिन्न शंक्ति पिठ बौद्धगुम्बा, राजदरवार परिसरमा प्राप्त छन् । शिवं, देवी, वुद्ध र मानव आकृतिहरु उहाँका विषय ह्ुन्् कागज ढलान बाट मोखुण्डो बनाउने कलामा पनि उहाँ निपूर्ण देखिनुहुन्छ । योगी स्वभावका यी मूर्तिकारले २०३२ देखि २०४३ साल सम्म निशुल्क देवी देवताका मूर्तिरचना गर्ने अभियान नै चलाएको देखिन्छ । उहाँका कलाकृतिहरुमा शास्त्रको अध्ययन, मूर्ति लक्षण र तालमानको ज्ञान स्पष्ट भएको पाइन्छ । उहाँको योगदानलाई राज्यले प्रसस्त सम्मान प्रसस्ती गरेको पाइन्छ । उहाँ का सन्ततीहरुमा जनाति प्रसिद्ध मूर्तिकार चन्द्रमान लिंखा ( हाल अमेरिकामा मूर्तिकला कार्यरत ) ले निरन्तरता निवार्ह गर्नुभएको छ । 

मूर्तिकार खडग मान गुभाजु २०२०ताका (विराटनगर), 

उहाँका कलाकृतिहरु विराटनगर सभा गृहमा प्रतस्थापीत सरस्वती, राष्ट्रिय सभा गृहको टुडालहरु र विभिन्न क्षेत्रमा उहाँका कलाकृतिहरु प्राप्त छन् । 

मूर्तिकार लाल प्रसाद राई २०२० ताका ( इलाम)

उहाँका कलाकृति इलामको बेतनी नामक स्थानमा स्थित विशाल पहरामा ”शिव वुद्धशिला” नामक कलाकृति सृजना गर्नुभएको र सो वाट प्राप्त रकमले विद्यालय स्थापना गरिदिनुभएको इतिहास छ । उहाँका कलाकृतिहरु इलामका विभिन्न क्षेत्र र सिक्किमका विभिन्न स्थानहरुमा प्रसस्त रहेका छन् । 

मूर्तिकार श्री सुब्बा २०२५ ताका धरान, 

भारत मुंम्बईको जे जे स्कुल अप आर्ट कलेज बाट ललित कलामा बि.एफ.ए गर्नु भएको पाईन्छ । 

उहाँका चित्रहरु भेटिए पनि मूर्तिहरु भने खोजि गर्नुपर्ने विषय भएको छ । 

मूर्तिकार भाईलाल श्रेष्ठ विराटनगर, ढुंगा र सिमेन्ट मा भूर्ति 

मूर्तिकार ध्रुव डंगोल विराटनगर चित्रकला, भित्ते र मूर्तिकाल २०४७ ताकामा 

२०३० को दशकका पछाडीका मूर्तिकारहरु 

मूर्तिकार पूर्व रत्न गुभाजु ,विराटनगर 

मूर्तिकार कृष्णा विश्वकर्मा पथरी मोरङ्ग (७५ बर्ष ) 

मूर्तिकार र्टाजन राई इटहरी उहाँले काठ, बाँस र माटो बाट मूर्ति 

मुर्तिकार श्री किराँत लेटाङ्ग मोरङ्ग,ढुंगा माध्यम बाट ब्यक्ति र देवी देवता ( २०४७ मा क्षेत्रीय पूरस्कार )

मूर्तिकार  ज्ञानोदय लावती चुलाचुली, झापा बहुप्रतिभा भएका मूर्तिकार 

मूर्तिकार नरेन्द्र श्रेष्ठ काष्ठ मूर्तिकला 

मालि ठाकुर अगम लाल राजवंशी झापा, परम्परागत मूर्तिकला  

माली ठाकुर हुषरु लाल राजवंशी झापा परम्परागत मूर्तिकला 

मूर्तिकार योगेन्द्र सुब्बा धरान, मखुण्डो विशेषज्ञ भारत बाट अध्ययन 

मूर्तिकार गोविन्द खनाल धरान परम्परागत मूर्तिकला 

मूर्तिकार अरुण कटुवाल धरान आधुनिक मूर्तिकला, माटो मोडेलिङ्ग गर्ने 

मूर्तिकार अरुर्ण बडुवाल उदयपुर माटोमा कास्टीङ्ग गर्ने मूर्तिकार 

मूर्तिकार कृष्ण जोशी धनकुटा परम्परागत प्रस्तर मूर्तिकला क्षेत्रीय प्रादेशिक पूरस्कार द्धारा पुरस्कृत 

मुर्तिकार प्राज्ञ जिवनाथ पोखरेल पंक्षी इनरुवा सुनसरी (चरा मुर्तिकार) प्रकृतिक बस्तुहरुको प्रयोग गरी बातावरण मूर्ति बनाउने । २० लाखको लागतमा सुरू भई हाल सम्म ३० लाख नगद  बराबरको  इनरुवा नगरपालिका माफर्त कला संग्रहालय भवन निर्माणाधिन अबस्थामा रहेको छ  जुन हामी सम्पूर्ण कलाकारहरुको निम्ति गौरवको कुरा हो ।

मूर्तिकार बुद्धि तामाङ्ग इटहरी,भित्ते मूर्तिकला मा निपूर्ण अल्पायुमा निधन । 

मूर्तिकार रुद्र तुम्रोक (८०) पाँचथर २०४४ साल अगाडि काष्ठ कला (कालीगड) र २०४४ साल बाट निरन्तर मूर्तिकला विभुति, देवी देवता र व्यक्तिका सालिक बनाउने । 

मूर्तिकार चन्द्रमणि दाहाल उदभृत कलामा निपुर्ण अरनिको प्रतिष्ठानको स्थापना गरी कला क्षेत्रमा योगदान 

मूर्तिकार श्री कृष्णा प्रदान इटहरी सुनसरी 

मूर्ति परीकल्पनाकार मा.राम कुमार सुब्बा, इटहरी बास्तु÷मूर्ति परिकल्पनाकार मूर्तिकला क्षेत्रको विकासको निम्ती उत्पे्ररक व्यक्तित्व 

मूर्तिकार नारदमणि र्हात्मछाली ”कलाङ” भोजपूर ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति, प्रस्तर आधुनिक मूर्तिकार स्मारक परिकल्पनाकार । 

मूर्तिकार विक्रमश्रि इटहरी सुनसरी,(२०४७ धरान) 

भारत बाट गुरुकुल अध्ययन मौलीक बास्तुकला र आधुनिक मूर्तिकलाको औपचारीक ज्ञान र शिल्पलाई पुस्ता हस्तान्तरण गराउन कार्यशाला सु्रुवात गर्ने । राष्ट्रिय प्रादेशिक  प्रतिभा पुरस्कारवाट सम्मानित भएका छन भने थुप्रै  संघ संस्था बाट सम्मानित भएका छन ।

मूर्तिकार प्रनोद दत्त धरान सुनसरी ,राष्ट्रिय ललितकला  विशेष पुरस्कार  प्राप्त गरेका छन । अन्तर कलेज राष्ट्रि व्यापी मुर्तिकला प्रतियोगीता प्रथम, हाल चित्रकलामा मात्र ।

मूर्तिकार विप्लव ढकाल भोजपूर साहित्य क्षेत्रमा स्थापित इनरुवा 

मूर्तिकार शिव नारायण पंडित परम्परागत कुम्हाल ( कालिगढ) सुनसरी 

मूर्तिकार विनोद पंडित – परम्परागत कुम्हाल (कालिगढ) सुनसरी 

मूर्तिकार अनुराधा सिहं थापा – आधुनिक मूर्तिकला मोरङ्ग ,राष्ट्रिय प्रादेशिक प्रतिभा पुरस्कार तथा  प्रदेशवाट प्रतिभा पुरस्कार वाट  सम्मानित भएका छन ।

मूर्तिकार पवन राजवंशी प्राज्ञ सभा सदस्य झापा, परम्परागत मूर्तिकला 

मूर्तिकार उप प्राध्यापक विष्णु प्रसाद श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय, किर्तिपुर,  ललितकला केन्द्रिय विभाग, मूर्तिकला विषय अध्यापन गराउने प्रदेशकै पहिलो मूर्तिकार हुन! ईस्वी सम्बत द्दण्ज्ञद्ध मा नेपाल ऑर्ट काउन्सिल मा तथा ईस्वी सम्बत द्दण्ज्ञट मा ईलाममा  एकल मूर्तिकला प्रदर्शनी  गरिसकेका  विष्णु श्रेष्ठले विक्रम संवत् २०६८ मा बिशेष राष्ट्रिय   पुरस्कार २०७० मा राष्ट्रिय  ललितकला  पुरस्कार, २०७१ मा छेत्रीय प्रतिभा पुरस्कार, पुर्वान्चल, २०७४ मा अरनिको  युवा  पुरस्कार  प्राप्त  गरेका  छन ।

मूर्तिकार हिम्मत नेम्वाङ्ग आधुनिक मुर्तिकार झापा, पूर्वज मूर्तिकार रणध्वज नेम्बाङ्गका नाती काष्ठ र प्रस्तर,साथै प्राशिक्षण , राष्ट्रिय ललितकला छेत्रीय पुरस्कार  प्राप्त गरेका छन् ।

मूर्तिकार नरेश थुलुङ्ग धनकुटा ललित कला प्रज्ञा पूरस्कार । 

मूर्तिकार चन्द्र लिंखा संखुवासभा प्रादेशिक प्रतिभा पूरस्कार,हाल अमेरिकामा मूर्तिकला कार्य गर्दै पूर्वज श्रष्टा (हर्षध्वज राई लिंखाका जनाती) 

मूर्तिकार शिव नारायण पंडित (सोमनाथ) सुनसरी 

मूर्तिकार दल बहादुर तामाङ्ग ( ७५ बर्ष) धनकुटा हात्तीखर्क एक हातले मूर्ति बनाउने कलाकार 

मूर्तिकार श्याम गौतम मोरङ्ग प्रस्तर मूर्तिकार, ओझेलमा परेका विभुतिहरुका सालिक श्रृजना अभियान लिएर प्रदेश भ्रमण गर्ने श्रष्टा । 

मूर्तिकार पूर्ण वनेम पाँचथर, चिनमा गएर अरनिको बनाउने ,प्रतिभा पूरस्कार प्राप्त । 

मूर्तिकार श्याम ठकुरी (साम) भित्ते मूर्तिकार सुनसरी हाल काठमाडौ । 

मूर्तिकार मंजुल मितेरी मोरङ्ग प्रादेशिक प्रतिभा पूरस्कार,जापानी पहरामा विशाल बुद्ध मूर्ति 

मूर्तिकार राजु पिठाकोटे इलाम, अन्तराष्ट्रिय कार्यशालामा नेपाली नेपाली प्रतिनिध कलाकार 

मूर्तिकार दिलमान बेघा मोरङ्ग प्रस्तर सिमेन्ट,प्लास्टर मूर्ति 

मूर्तिकार बिशाल सरु इलाम, झापा 

मूर्तिकार मेधराज अशेष सुनसरी वातावरण मूर्तिकला÷कला प्रशिक्षक 

मूर्तिकार यमन सुब्बा मोरङ्ग प्रस्तर मूर्ति 

मूतिकार बिष्णु श्रेष्ठ इलाम प्रदेश ललितकाल विश्व विद्यालयबाट अध्यापन गराउने पहिलो मूर्तिकार 

मूर्तिकार डियगो चेम्जोङ कमलेस मोरङ्ग प्रस्तर मूर्ति 

मूर्तिकार महेन्द्र राई सुनसरी युमा आर्ट ग्यालरी गुरुकुल संचालन । राष्ट्रिय ललितकला  विशेष पुरस्कार तथा कोशी प्रदेशवाट प्रतिभा  पुरस्कारवाट  सम्मानित भएका छन ।

मूर्तिकार रोजन राई धरान सुनसरी, भारतको सिक्किममा रहेको आदिवासी सास्कृति केन्द्र परिसरका कलाकृतिहरु मौलिक किराँत सस्कृति झल्कने कलाकृति 

मूर्तिकार हरि कटुवाल धरान सुनसरी

मूर्तिकार जिवन पौडेल सुनसरी, धरान हाल जापानमा विशाल बृद्ध रचना प्रोजेक्टमा कार्यरत 

मूर्तिकार प्राज्ञ धन बहादुर याख्खा मोरङ्ग, पूर्व मूर्तिकला विभाग प्रमुख ललितकला प्रज्ञाप्रतिष्ठान,अरनिको पुरस्कार हाल काठमाडौ । 

मूर्तिकार भक्त माबुहाङ राई झापा 

मूर्तिकार अभिषेक दास दमक झापा  ,कोशी प्रदेशकै पहिलो  ललितकला शिक्षक  हुन्, जो २०७७ साल देखि  कोशी प्रदेशकै पहिलो ललितकला विषय अध्यापन हुने श्री पन्चायत नमूना  मा वि  पथरी शनिश्चरे नगरपालिका  मा ग्राफिक डिजाइन  विषय अध्यापनरत छन ।

मूर्तिकार कविता लम्साल, ललितकला  छेत्रीय  पुरस्कार द्वारा सम्मानित  ।

मूर्तिकार के डि देवान मोरङ्ग प्रस्तर मूर्तिकार 

मूतिकार रिता खनाल धरान 

मूर्तिकार चन्द्र मुन, इलाम 

मुर्तिकार विजय श्रेष्ठ इलाम, मूर्तिकला शिक्षण,आधुनिक मूर्तिकला प्रादेशिक पुरस्कार 

मूर्तिकार सुमन लिम्बु मोरङ्ग 

मूर्तिकार गणेश लामा आशु लक्ष्मी मार्ग, मोरङ्ग 

मूर्तिकार नविन सुबेदी लेटाङ्ग,मोरङ्ग हाल काठमाण्डौ रहेर श्रृजनारत 

मूर्तिकार शिव छाङ्गछा लक्ष्मी मार्ग, मोरङ्ग  

मूर्तिकार अनिल राई खोटाङ्ग 

मुर्तिकार बिनोद राई खोटाङ्ग 

मूर्तिकार सोवित लिङखा मोरङ्ग 

मूर्तिकार जितेन लिम्बु मौनाबुधुक चैविसे 

मूर्तिकार कौशिला राई, उर्लाबारी प्रादेशिक प्रतिभा पूरस्कार 

मूर्तिकार बुद्ध धिमाल धिमान वंशको पहिलो मूर्तिकार मोरङ्ग 

मूर्तिकार शशिकिरण, यस वर्षको लालीतकला पुरस्कार हाल काठमाडौ 

मूर्तिकार रबि बस्नेत त्रियुगा उदयपुर (हाल काठमाडौ) करोबर्ट मोडेलिङ्ग÷ प्रविधिक मूर्ति पनि बनाउने 

मूर्तिकार यासोदा सिहं लम्साल इटहरी सुनसरी प्रादेशिक प्रतिभा पूरस्कार 

मूर्तिकार धीरज राई धरान उदयपूर कार्य क्षेत्र 

मूर्तिकार कुमार चौलागाँइ इटहरी सुनसरी 

मूर्तिकार दिलिप चौधरी सुनसरी 

मूर्तिकार दिप नारायण चौधरी सुनसरी 

मूर्तिकार उद्धव गुरुङ्ग वर्जु सुनसरी, परम्परागत 

मूर्तिकार बुद्ध तामाङ्ग दिङ्गला भोजपूर 

मूर्तिकार रेणुका तिम्सिना (७४) इटहरी सुनसरी उत्प्रेरक व्यक्तित्व 

मूर्तिकार चतुर राजवंशी मोरङ्ग ,हाल जापानमा विशाल बृद्ध रचना प्रोजेक्टमा कार्यरत छन्  ।

मूर्तिकार सुरेश चौधरी सुन्दरहरैँचा मोरङ्ग 

मूर्तिकार मुकुन्द प्रयास धनकुटा काष्ठकला र मूर्तिकला 

मूर्तिकार शुशिल चौधरी, मोरङ्ग विराटनगर परम्परागत 

मूर्तिकार ए.वि. विशन धरान सुनसरी 

मूर्तिकार कुमार सानु गौरादह, झापा 

मूर्तिकार कबिता लम्साल इटहरी सुनसरी, क्षेत्रीय प्रतिभा पुरस्कार 

मूर्तिकार विगेन राई धरान,सुनसरी,

मूर्तिकार अजव ऋषि देव ऋषि देब ( मुसहर) बंशको पहिलो मुर्तिकार हाल काठमाडौ 

मूर्तिकार बलराम बस्नेत काँकरभिट्टा झापा, हाल काठमाडौ 

मूर्तिकार राम चन्द्र पण्डित उदयपूर परम्परागत र व्यवसायिक मुर्ति (जापानको विशाल बुद्ध मूर्ति रचनामा संलग्न )  

मूर्तिकार जंग बहादुर विश्वकर्मा बेलका, उदयपुर 

मूर्तिकार किसन चौलागाई इटहरी, सुनसरी 

मूर्तिकार अभिषेक तिम्सिना इटहरी सुनसरी व्यवसायिक मूर्तिकला 

मूर्तिकार हिमा पुन इटहरी, सुनसरी 

मूर्तिकार रोशनी सुनुवार, कानेपोखरी मोरङ्ग 

मूर्तिकार माधव पौडेल सुनसरी÷ओखलढुंगा हाल काठमाडौ शान्तिसेना मार्फत इजरायलमा शान्ती स्मारक रचना 

मूर्तिकार तेज प्रसाद राई बेलबारी

मूर्तिकार रोहित खनाल इटहरी सुनसरी 

मूर्तिकार मनिस तुम्रोक फिदिम पाँचथर ( रुद्र तुम्रोकका सुपुत्र ) 

मूर्तिकार अनिशा इश्बो लिम्बु आठराई तेह्रथुम । 

मूर्तिकार ललित राई छिन्ताङ्ग धनकुटा मखुण्डो 

मुर्तिकार अभिरमान राई धनकुटा मखुण्डो 

मूर्तिकार विगेन्द्र राई धनकुटा 

मूर्तिकार आषिश वि.क इटहरी हाल अष्ट्रोलिया 

मूर्तिकार युवराज न्योपाने मिक्लाजुङ मोरङ्ग 

मूर्तिकार मन्दिप लिम्बु धरान 

मूर्तिकार श्याम सुखियार परम्परागत काष्ठकला विराटनगर 

मूर्तिकार सागर परियार उदयपुर 

मूर्तिकार टिमथालु ....... बेलबारी 

मूर्तिकार पूर्ण रत्न गुभाजु, विराटनगर 

मूर्तिकार गायत्री कुलुङ्ग मिक्लाजुङ्ग 

मूर्तिकार गणेश मेवाहाङ्ग राई मोरङ्ग ,हाल जापान मूर्ति रचना कार्यमा 

मूर्तिकार सुमन कुमार मोरङ्ग

मूर्तिकार चन्दन पण्डित सुनसरी

मूर्तिकार श्याम पण्डित उदयपुर 

मूर्तिकार पूजन खतिवडा झापा मूर्तिकला अध्यापन समेत

मूर्तिकार बल बहादुर घिमिरे मूर्तिकला अध्यापन 

बाँकी रहनुभएका मूर्तिकारहरुको अधिलेखिकरण जारी रहेको छ ।

 

यस अनुसार १९८० ताका बाट ४० को दशक सम्म मुर्तिकारहरुको जिवन शैली, खानपान आहार, व्यवहार हेर्दा सादगिपूर्ण सन्त स्वभावका बहुमुखी प्रतिभा भएका लोककल्याणमा सर्मपित भएर प्रसिद्धी प्राप्त भएको पाइन्छ । यी वाहेक १९८० साल भन्दा अगाडी को कुनै ऐतिहासिक लिखित दस्तावेज प्राप्त छैन् । 

पूर्वि नेपाल प्रकृतिपूजकहरुको बहुल्यता रहेको क्षेत्र भएको हुदाँ उक्त क्षेत्रहरुमा मुर्तिपूजा नहुने देखिन्छ तथापी मान्येपलुङ्ग बनेमुकावा शब्दले पनि किराँत÷लिम्बु मुर्तिकार प्रसस्त रहेको पाइन्छ । चार दशक अघि सम्म पनि कलात्मक उदभृत कला मौलो मखुण्डो, टुडाल चौतारामा बाहेक देविदेवताका मुर्ति नै मुर्तिकलाको विषय रहेको देखिन्छ । 

आधुनिक मूर्तिकलाको पाइला 

भखरै ”नेपाली आधुनिक मुर्तिकला रत्न” पदवी द्धारा सम्मानित हुनु भएका ८० वर्षिय ठाकुर प्रसाद मैनाली ज्यु बाट नै आधुनिक मूर्तिकलाको प्रारम्भ भएको पाइन्छ, यहि प्रारम्भको तरङ्ग नै राजधानी वाहिर आउँदा प्रदेशमा आधुनिक मूर्तिकलाको प्रारम्भलाई वातावरण वनेको देखिन्छ, यसो त यस समयमा मूर्तिकार हरु नभएका भने हाृेइनन् , स्वदेशमा र भारत गएर गुरुकुल या विश्वविद्यालयमा उच्च शिक्षा लिएर आएका साथै परम्परागत÷लोक मुर्तिकला कर्म गरिरहेका अग्रजहरुले मुर्तिकला क्षेत्रको अस्तित्व निर्माण गरिसकेको देखिन्छ । 

अग्रज मूर्तिकारहरुले श्रृजना गर्ने प्रदशर्नी गर्ने अनुकुल वातावरण नभएपनि प्रतिकुलतालाई अनुकुलतामा रुपान्तरण गर्ने संघर्ष गरेको पाइन्छ मुर्तिकला बाट सजिलै आत्मनिर्भर हुन नसक्ने अवश्था भएको हुदाँ उहाँहरु संग रहेको सिप पुस्ता हस्तान्तर भने हुन सकेन तथापी नयाँ पुस्ताको निम्ती मलिलो वातावरण बन्न पुगेको पाइन्छ ।


तत्कालीन धरान कला साहित्य विधामा अग्रणी मानिन्थयो । २०४५ ताका प्रसस्त कला गतिविधिहरु भएको पाइन्छ । यसै क्रममा २०४६ सालमा ५ महिना अबधिको मूर्तिकला कार्यशाला आयोजना गरेको देखिन्छ । यो कार्यशालानै प्रदेशको पहिलो कार्यशाला हुनुपर्दछ ।( कलापत्रकार तथा चित्रकार र्तिथ निरौला) उक्त समयमा मूर्तिकलामा सक्रिय मूर्तिकार विक्रम श्री र मूर्तिकार श्याम ”साम” ले यस कार्यक्रमको संचालन गरेको देखिन्छ । उक्त समयमा प्रदेशमा मूर्तिकलामा आत्मनिर्भरता थिएन र अत्यन्त न्युन संख्यामा मूर्तिकारहरु रहेका थिए सकृय मूर्तिकारहरुको संख्या ५ जनाको मात्र देखिन्छ । ( धनकुटा– श्री कृष्ण जोशि,मोरङ्ग–श्री प्रसाद किराँत,सुनसरी–अरुण कटवाल सुनसरी– विक्रमश्रि ) 

२०५२ सालमा इटहरीका पुराना कलासंस्कृतिकर्मी रामकुमार सुब्बाले कलाकार विक्रमश्रिको सकृयता देखेर तत्कालनि इटहरीका कला संस्कृतिकर्मी युवाहरु मार्फत उहाँलाई सुविधा सहित धरान बाट इटहरी बसाई सारेर कला गतिविधिका निमित्त प्रसस्त बातावरण दिएको पाईन्छ इटहरी आगमन पछि विक्रमश्रि द्धारा मूर्तिकलाको क्षेत्रमा पुस्ता हस्तान्तरणका प्रसस्त कार्यक्रमहरु भएको पाईन्छ २०५२ मा ३ महिने काष्ठ मूर्तिकला कार्यशाला इटहरीमा आयोजना भएको कार्यक्रम कला प्रतिष्ठान सुनसरीको नाममा कार्यक्रम आयोजना गरिएको देखिन्छ । बालबालिका युवाहरुलाई छोटो समयका धेरै वटा मूर्तिकला कार्य शाला कक्षा संचालन भएको पाइन्छ । 

२०५८÷५९ काव्यवाटिका इटहरीद्धारा काव्यवाटीका परिषरमा आवसिय रुपमा १९ जना कलाकारहरुका निमित्त २ वर्ष लामो मूर्तिकला कार्यशाला संचालन भएको पाइन्छ ।यहि कार्यशाला बाट उदय भएका मूर्तिकारहरुको समुह नै मूर्तिकलाको नवयुग प्रारम्भ गर्ने समुह बन्यो । यस अवधिमा सहभागि सर्जकहरुले वसन्त उत्सव आयोजना गरी १० दिवसिय मूर्तिकला प्रदर्सनी सम्पन्न गरेको पाईन्छ । सोही समयमा एकता शिर्षकको प्रतिस्थापन कलाको २ दिवसिय प्रदर्सनी समेत आयोजना भएको देखिन्छ । २०५३ पछिका सबै जसो मूर्तिकला कार्यशालाहरुमा चितवनका मूर्तिकार सूर्य बहादुर के.सी ( मध्यरात) को महत्वपुर्ण सहकार्य र सहयोग उल्लेखनीय रहेको छ । 

काव्यबाटिकाका मूर्तिकला गतिविधि सगैँ उल्लेखनीय रुपमा कला सम्बन्धी कार्यक्रमहरु भए २०६२ मा पहिलो पटक प्रदेश बाट काव्यबाटिकाका मूर्तिकार द्धारा राष्ट्रिय ललितकला प्रदशनीमा सहभागी कला कृति बाट क्षेत्रीय प्रज्ञा पुरस्कार प्राप्त भएको देखिन्छ । 

मोरङ्गमा मञ्जुल मितेरी द्धारा प्रस्तरकलामा पहिलो निजि कार्यशाला संचालनमा आयो । यहि समयमा पूर्वका विभिन्न क्षेत्रमा मूर्तिकारहरु द्धारा निजि कार्यशाला स्थापना गरि रचनाहरुको माध्यम बाट स्थापित हुने क्रमको सुरुवात भएको देखिन्छ । 

आधुनिक मुर्तिकार हिम्मत नेम्वाङ्ग, जिवन पौडेल, रोजन राई, मेधराज अशेष,भक्त मावुहाङ्ग, नरेश थुलुङ्ग, पूर्ण बनेम, नविन सुबेदी, शशि किरण,चन्द्र लिंखा .......................लगायतका श्रष्टाहरुको उदय भएको देखिन्छ । 

२०६२, त्रियुगा न.पा. गाइघाटमा ३ महिना अवधिको मुर्तिकला कार्यशाला संचालन भयो । १५ जना मूर्तिकारहरुले आवाशिय रुपमा रहेर कार्यशाला लिएको पाइन्छ । उदयपूर जि.वि.स. र न.पा को सहयोगमा यो कार्यक्रम संचालन भएको देखिन्छ । यस समय पश्चात कलाकार विक्रमश्रिले निजि कार्यशाला स्थापना गरि उक्त अभियानलाई निरन्तरता दिएको र २०६४ सालमा इटहरी मेट्रिक्स ( ललितकला ग्राम स्थापना गरि प्रदेशिक गतिविधि शुरु गरेको पाइन्छ । 


प्रदेशमा २ वटा शैक्षिक सस्थामा ललितकला विषयमा उच्च शिक्षाका कक्षा संचालन हुन पुगे । प्राज्ञ कलाकार सरोजा खड्गीज्युको पहल र प्रयासमा पंचायत मा.वि. पथरीसनिश्चरे मोरङ्गमा प्लस २ संचालनमा आएको छ । 

कलाकार छितेन शेर्पा देहि आर्ट ग्यालरी र शिक्षा सेवी सविन राई ज्युको प्रयास पहलमा द होराइजन अग्रेँजी स्कुल धुलाबारी झापामा प्लस २ संचालनमा आएको छ । 

२०६५ ताका प्रदेशका विभिन्न क्षेत्रमा मूर्तिकला गतिविधि हुनथालेको पाइन्छ, ( तथ्य खोजी गरी समावेश गरिनेछ ) 

प्रस्तर मूर्तिकार मन्जुल मितेरीले राष्ट्रलाई १००० विभुतीको सालिक दिने प्रतिवद्धता गरे । 

इलामका कलाकार विशाल सारुले सुखानि सहिद पार्कमा पूर्णकदको सामुहकि मूर्ति( ढलौट)माधयम बाट प्रतिस्थापन गरे । 

भक्त मावुहाङ्गका पूर्णकदका जीवन्त रचना दमक मा प्रर्दशित भए । 

प्रदेशका विभिन्न स्थानमा कलाकेन्द्रहरु स्थापना सुरु भयो । विस्तारै कलाकृति खरिद गर्न काठमाण्डौ र भारत जानुपर्ने बाधयताहरु बाट प्रदेश मुक्त हुदैँ गएको पाइन्छ । 

२०७३ मा सामाजिक बिकास मन्त्रालयको सहयोगमा विक्रम श्रीको संयोजकत्वमा ९ सदस्य भएको पाठयक्रम निमार्ण समिति द्धारा व्यवसायिक मूर्तिकलाको पहिलो पाठयक्रम् तयार गरेको पाइन्छ । 

सोही पुस्तकको प्रयोगात्मक कक्षाको रुपमा दक्षता अभिवृद्धि कार्यशाला सम्पन्न गरेको देखिन्छ । 

२०७४ मा प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधि मूर्तिकारहरुको प्रदेश स्तरीय दक्षता अभिवृद्धि मूर्तिकला कार्यशाला इटहरी मेट्रिक्समा आयोजना भयो । ”अनुकृति कार्यशाला” नाम राखिएको यस कार्यशालामा भुवन थापा, राजुपिठाकोटे सुर्य ब केशी, विक्रमश्रि, मेधराज अशेष, नरेश थुलुङ्गले सहजीकरण गर्नुभएको थियो समाजिक विकास मन्त्रालयले सहयोग दिएको थियो ३४ जना सकृय मूर्तिकारहरुले थप दक्षता अभिवृद्धि तालिम प्राप्त गर्नु भयो कार्यशाला ५४ दिन सम्म आवासिय रुपमा संचालन भएको थियो । यस कार्यृशालामा सृजितकला कृतिहरुको प्रदर्शनी ११ दिन सम्म संचालनमा रहेको थियो । प्रत्येक दिन कार्यशालाको प्रत्यक्ष अवलोकनको निमित्त वातावरण सृजना गरिएको थियो यस कार्यशालाबाट ऋषिदेव वंशकै पहिलो मूर्तिकार अजव ऋषिदेब र धिमाल वंशकै पहिलो मूर्तिकार बुद्धि धिमाल समेत उदाए उदाए ।दक्षता अभिबृद्धीको यस कार्यशालाले व्यवसायिक दक्षता समेत अभिवृद्धी गर्यो । यस पश्चात प्रदेशका विभिन्न स्थानहरुमा प्रर्दशनीहरु आयोजना भएका छन् यस विषयमा तथ्य परक सुचना संग्रह गर्ने बाँकि रहेको छ । 

गोल सिमल मुर्तिशाला झापाको आयोजनामा मूर्तिकार र चित्रकार विच एक आपस चित्र मुर्ति रचना गर्ने नौलो प्रयोगको कार्यशाला सम्पन्न भयो जहा मूर्तिकारको चित्र चित्रकारले रचना गरे मूर्तिकारले चित्रकारको मूर्ति रचना गरे यस कार्यक्रमले धेरै प्रसस्ती प्राप्त गर्यो । 

२०७२÷७३ मा अन्तराष्ट्रिय स्तरको २ वटा कार्यशाला इटहरीको तालतलैया पर्यटन क्षेत्र र मोरङ्गको भाउन्नेमा सम्पन्न भए मूर्तिकार धनु याख्खाको पहलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा एकता र सृजना नामका २ कार्यशालाहरु सम्पन्न भए । प्रदेशका मूर्तिकारहरुले अन्तराष्ट्रिय क्षेत्रमा स्थापित मूर्तिकारहरु सँगै कार्यशाला सहभागि हुने अवसर प्राप्त गरे । यस कार्यक्रमले प्रदेशको 


मूर्तिकला क्षेत्र अझ उर्भर बन्न पुग्यो । यसै गरी गत ५ वर्ष भित्र अन्य प्रदेशमा समेत अन्तराष्ट्रिय स्तरका आयोजना भए छिमेकी राष्ट्र र विदेशमा पनि आयोजना गरिएका यी कार्यशालाहरुमा प्रदेशका मूर्तिकारहरुको सकृय सहभागिता रयो । 

यस संगै मूर्तिकला क्षेत्रमा थपिएको उत्साहले व्यवसायिक प्रयोजनका निजि कला केन्द्रहरु खुले र व्यवसायिक मुर्तिकला अघि बढयो । 

मूर्तिकला केन्द्रहरु 

१).मन्जुल मूर्तिकला केन्द्र उर्लाबारी मोरङ्ग – मंन्जुर मितेरी 

२). रोजन आर्ट स्टुडियो, धरान सुनसरी –रोजन राई 

३). बनेम कार्यशाला , पाँचथर फिदिम – पूर्ण बनेम 

४). गोल सिमल मूर्तिशाला झापा – भक्त माबुहाङ्ग 

५). उदयपूर कला केन्द्र, त्रियुगा उदयपुर – राम चन्द्र पंडित 

६). के.डि. मूर्तिकला केन्द्र, उर्लाबारी मोरङ्ग – के.डि देवान 

७). धरान मूर्तिकला घर, धरान सुनसरी – धिरज राई 

८). अल आर्ट भिलेज, धरान सुनसरी – ए.वि. विशन 

९). श्रष्टा फाउन्डेशन, इटहरी सुनसरी – मेघराज अशेष 

११). भद्रकाली कलाकुञ्ज, इटहरी सुनसरी –अभिषेक तिम्सिना ( पुरुषोत्तम) 

१२). जोरवा आर्ट तरहरा, इटहरी सुनसरी – किसन चौलागाँई 

१३). दाजुभाई आर्ट स्टुडियो मिक्लाजुङ्ग मोरङ्ग – डियगो कमलेस 

१४).बाबा कार्यशाला, उर्लाबारी मोरङ्ग, यमन बाबा सुब्बा 

१५). विजय श्रेष्ठ कार्यशाला, चुलाचुली इलाम विजय श्रेष्ठ 

१६). नविनको कार्यशाला, लेटाङ्ग मोरङ्ग – नविन सुबेदी 

१७). भेडेटार कला केन्द्र, भेडेटार धनकुटा– अमृता राई 

१८). छिन्ताङ्ग कला केन्द्र इटहरी सुनसरी – नरेश थुलुङ्ग 

१९). ड्रप्स कृएशन सुन्दरहरैचाँ मोरङ्ग –सुरेश चौधरी



२०३० को दशकका मूर्तिकला क्षेत्रको विकासमा योगदान पूर्याउने सामाजिक संंस्थाहरु 

१) ललितकला संगम विराटनगर सबै भन्दा पुरानो र हाल सम्मको सकृय संस्था


२०४० को दशकका मूर्तिकला क्षेत्रको विकासमा योगदान पूर्याउने सामाजिक संंस्थाहरु 

१). पूर्वाञ्चल ललितकला प्रतिष्ठान धरान 

२).युवा कला केन्द्र धरान कला प्रतिष्ठान सुनसरी । 

३). युमा आर्ट ग्यालरी धरान,सुनसरी. 

४). स्वयम आर्ट ग्यालरी धरान 

५). देहि आर्ट काकरभिट्टा 

६). काव्य बाटिका सुनसरी 

७). इटहरी मेट्रिक्स इटहरी सुनसरी, 

श्रष्टाहरुको निमित्त ग्यालरी सहितको आवसिय ललितकला ग्राम 

८). धनकुटा कलादोभान धनकुटा 

९). सुनसरी आर्ट काउन्सिल सुनसरी 

१०) रणध्वज नेम्वाङ्ग कला साहित्य प्रतिष्ठान झापा 

११). साहित्य कला चौतारी झापा 

१२). कुलदिप राजवंशी कला प्रतिष्ठान झापा 

१३). दमक कला साहित्य संगम 

१४) सासंक प्रतिष्ठान धुलाबारी ( साहित्य संस्कृति र कला ) 

१५).वाचिमु प्रतिष्ठान ( वाङ्गमय,चित्र र मूर्ति हाल अस्तित्वमा नरहेको) 

१६) कृयटिभ फाइन आर्ट ग्रुप 


निर्माणधिन धरान प्रादेशिक नाटकघरको भुईतल्ला लाई चित्र मूर्तिकला प्रदशनी मुर्तिकला र चित्रकला ग्यालरी समावेस गरिएको छ । 

इटहरी मेट्रिक्सलाई प्रदेशका ललितकला कर्मिहरुको साधना र सृजना स्थलको रुपमा बिकास गर्ने लक्ष अनुरुप २१ कठ्ठा जमिन र प्रदर्शनी हल सहितको सास्कृतिक केन्द्र प्राप्त भएको छ । 

चरा चित्रकार जिवनाथ पोख्ररेल (पक्षी) ज्युको नाममा २० लाखको लागतमा सुरु भई हाल सम्म ३० लाख नगद बराबरको  इनरुवा नगरपालिका मार्फत कला संग्रहालय भवन निर्माणाधिन अबस्थामा रहेको छ जुन हामी सम्पूर्ण कलाकारहरुको निम्ती गौरवको कुरा हो 

प्रदेशमा ३ वटा धातु मूर्ति ढलान केन्द्र स्थापना भएका छन् । 

१). अल आर्ट भिलेज धरान 

२). पूर्ण बनेम कलाकार्यशाला पाँचथर 

३). एभरेष्ट आर्ट फ्युजन मोरङ्ग 

४). रोजन आर्ट स्टुडियो धरान 


प्रदेशको पहिलो सेरामिक्स कला उद्योग पथरी मोरङ्गमा स्थापना भएको छ । प्राज्ञ सरोजा खडगीज्युको प्रयासमा यो स्थापना भएको छ । 

कोभिड को माहामारीमा समस्या परेको श्रष्टाहरुलाई सेवा पुर्याउदैआएको समिति द्धारा इटहरीमा कलाकार कल्याण कोष स्थापना भएको छ । यस संस्थाको निमित्त कलाकार मेघराज अषेश द्धारा १ कठ्ठा भन्दा बढि जग्गा अनुदान प्राप्त भएको छ । 

२०४६ ताका परनिर्भर र बामे सर्दै गरेको मुुर्तिकला क्षेत्र अहिले आएर आत्मनिर्भर बनेको छ । अन्य प्रदेशको तुलनामा यस प्रदेशका श्रष्टाहरु अब्बल देखिएकाछन् । राजधानीमा पनि यस क्षेत्रका श्रष्टाहरुको संख्या बढदो छ । अन्तराष्ट्रमा गएर सृजना गर्ने र कला कृतिहरु पठाउने यहि प्रदेशका सर्जकहरु बढि देखिन्छन् । 

कला पत्रकारीता भरखरै गठन भएका नेपाल रंग पत्रकार संघ इटहरीप्रदेशमा कला पत्रकार र कला समिक्षक को संख्या एकदमै न्युन रहेको छ। कला पत्रकारिता लाई केन्द्र विन्द्र बनाएर पत्रकारीता गर्ने पत्रकारहरु नभएको देखिन्छ । कला पत्रकारीता गर्न संख्या अस्तित्व मा देखिन्न । 

पत्रपत्रिका हरुले कला स्तम्भा समाचार लेखेपनि चित्र र मूर्तिकला विधा मा केन्द्रित भएर समाचार या संग्रह प्रकाशित गर्ने पुस्तक पत्रीका प्रमाणित नभएको अवश्था देखिन्छ । यसको बारेमा अध्ययन अनुसन्धान समेत जरुरी छ । 

प्रज्ञा प्रतिष्ठानलाई विगतमा ”थानकोटे गोर्लाद” भन्दै आएको प्रदेश सँग विगत मा खासै राम्रो सम्बन्ध रहेन तथापी स्वायत्त प्रज्ञा प्रतिष्ठानको आवाज उठाउनेहरुमा पूर्वका श्रष्टाहरुको संख्या उल्लेख्य रहेको र एकेडेमी सुधारका ध्यानार्कर्षण कार्यक्रमहरु पूर्व द्धारा प्रसस्त गरिए । राजधानी बाहिरलाई मोफसल मान्ने धारण रहेको उक्त समयमा प्रदेशहरु सम्भोधित थिएनन् । ललितकला प्रज्ञा प्रतिष्ठानका पछिल्ला तिन वटा कार्यकाल भने उल्लेखनीय सहकार्यका रहेका छन् । प्रज्ञा प्रतिष्ठानका कुलपति, विभाग प्रमुख सहित पदाधिकारीहरुको प्रदेश भ्रमणमा गएको पाइन्छ । पछिल्ला समयहरुमा रणनैतिक योजना निमार्ण गोष्ठी केहि अन्तराष्ट्रिय स्तरका कार्यशाला कला, सेमिनार र प्रदेश स्तरिय प्रदशनिहरु भएका छन् भने लामो समय देखि राष्ट्रिय प्रदशनीर प्रज्ञाका अन्य आयोजनाहरुमा शुन्य सहभागिता जानउने प्रदेशले उल्लेखिय सहभागिता जनाउन थालेको छ । वर्तमानमा प्रदेशले ललितकला प्रज्ञा प्रतिष्ठानको सम्बोधन महसुस गरेको छ । 

मुर्तिकला अभिव्यतिmको ससक्त माध्यम हो । यो त्रिआयामिक हुनेहुदा रुपाकृति रङ र समयोजन बाट प्रसस्त व्यक्तहुन सकिन्छ हावा, सुगन्ध स्वाद, अर्थात अनुभुतिलाई व्यक्त गर्ने र अमुर्त लाई मुर्त रुप दिने मुर्तलाई अमुर्त रुप दिन सकिने विज्ञान नै आधुनिक मुर्तिकला हो । मूर्तिकला काव्य हो साहित्य हो हामी कहाँ भर्खरै प्रर्दशनी गर्ने संस्कृतिको प्रारम्भ भएको छ । कलाकृति माथि अबलोकन गर्नु , चर्चा परि चर्चा हुनु साहित्यीक संगोष्ठी बराबर हो । तथापी समिक्षकहरुको कमि कला पत्रकारको अभाव रहेको पाइन्छ र प्रत्रकारहरुले गर्ने आफ्नो अनुकुल व्याख्याले भने भ्रम पैदा हुने गरेको पाइन्छ । 

कुलमान सिहँ भण्डारीको चित्र जिजिविषा र पत्रकार प्रतिकृया कामातुरानाम नभयम नलज्जा– चचित दृष्टान्त 


हाल आएर विभिन्न गाउँपालिका नगरपालिकाहरुले प्रज्ञा प्रतिष्ठान गठन गरेर बजेट छुटयाई बार्षिक योजना अन्सार कला गतिविधि समेत समेटेर कार्यक्रम गर्न सुरुवात हुनु राम्रो पक्ष हो । व्यवसायिक रुपमा सफल हुदै गएको मूर्तिकलाले संष्टाहरुलाई आत्मनिर्भर बनाउदै लगेको छ । यसकासाथै सर्जकले काव्य चेतनाको सिढि उक्लनु पनी पर्दछ । मुर्तिको माध्यमबाट जिवन बोल्नु पर्छ । सभ्यता गाउनु पर्छ । 

दृष्टान्तकै रुपमा प्रदेशको उदयपुर जिल्ला स्थित जोरवा द बुद्ध नामक मुर्ति कृति माथि साहित्यकार हेमन्त गौतम ज्युले ( ”तथागत” नामको महा काब्य लेख्नु भएको छ यो मुर्तिकृतिको ठुलो उपलब्धी मानिनुपर्दछ विश्व नारि सम्मेलनको निमित्त नेपाल बाट यहि प्रदेशका कलाकारको सृजना ” आइमाई आमा” चिनको बेइजिङ्गमा प्रशसित भएको छ । ”आधुनिक मूर्तिकला रत्न” ठाकुर प्रसाद मैनाली ज्युले उहाको कृति ”अम्मर प्रहरी”लाई प्रदेश प्रहरीको हातमा अनुकृति गरि प्रतिष्थापन गर्न प्रदेशका मूर्तिकारलाई अवसर प्रदान गर्नुभएको कुराले पनि प्रदेशको मूर्तिकलाको स्थिति झल्काउछ । भाषामात्र फरक काव्य चेत उही हुने हुदाँ मूर्तिकला उत्कृष्ट साहित्यिक अभिव्यक्तिको माध्यम पनि हो । 

अब परम्परागत लोक र आधुनिक मूर्तिकला स्पोसिक हुदै जानुपर्दछ । मूर्तिकला ज्ञानको क्षेत्र विस्तारका निम्ती गोष्ठी सोमिनार कार्यसाला अन्तरकृयाहरु हूनु उत्तिकै जरुरी छ । बर्तमान अबस्था सम्म आई पूग्दा पनि राज्यले उपेक्षा गरेको अबस्था रहेको छ । कलाकृति र कलासर्जकहरु को तथ्याङक तयार गरि विगत र वर्तमानलाई आउदो पुस्ताका निमित दस्ताबेजिकरण गर्नु पर्ने हुन्छ । कला क्षेत्रको र्सवाङ्गिण विकास का निमित प्रदेशिक ललितकला प्रज्ञाप्रतिष्ठानको आवश्यकता रहेको छ । स्वायत्त ललितकला प्रज्ञाप्रतिष्ठान अहिलेको टड्कारो आवश्यकता बनेको छ । 


सन्दर्भ स्रोत 

प्रा.डा. सोम प्रसाद खतिवडा पुरातत्व संस्किृत विभाग प्रमुख 

विवश पोख्रेल साहित्यकार 

निवास पोख्रेल कलाकार ( ललितकला संगम विराटनगर ) 

कुलपती नारद हार्तम्छाली (ललितकला प्रज्ञा प्रतिष्ठान ) 

वरिष्ठ कला समीक्षक मुकेश मल्ल

नारायण राई लिंखा 

प्राज्ञ पवन राजवंशी 

प्राज्ञ सरोजा खड्गी 

प्राज्ञ शसी लुलुम्बु 

प्राज्ञ श्याम तमोट 

साहित्यकार गोपाल देवान 

कलाकार युवराज रिजाल 

कलाकार गोपाल कलाप्रेमी ( ललितकला संगम विराटनगर ) 

कला समिक्षक र्तिथ निरौला धरान 

किसन चौलागाईँ ( तथ्याङ्क संकलन सहयोगी ) 

कला समिक्षक रमेश खनाल काठमाडौ 

रमेश राई असोक राई धरान 

हिम्मत नेम्वाङ्ग, झापा 

छितेन शेर्पा झापा 

राजु पिठाकोटे,इलाम धन्यवाद ।

 

प्रदेशको मूर्तिकला विगत र वर्तमान  विक्रमश्रि



1 comment:

  1. म चन्द्र मणि मगर हुँ। फेसबुक बाट नाम संकलन गर्नु भएकोले नाम फरक पर्यो ।लेख पढ्न अल्छि लाग्दो पनि भो लेख सम्पादनको कमी खुब देखियो नि।

    ReplyDelete

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.