प्रतिभाको खोजि -२ , २०८२

 शुक्रबार, १५  षुस ,२ ०८१       
       

सहभागी प्रतियोगीहरुले निम्नलिखित नियम पालना गर्नु पर्नेछः

१. विषयः  संस्कृति, सम्पदा र प्रकृती मा आधारित चित्र बनाउनु पर्ने । 

२. दिएको शिर्षकमा चित्र बनाउदा चित्रपटमा कुनै शाब्दिक संकेत दिन पाउने छैन ।

३. प्रतियोगिता स्थलगत हुनेछ ।

४. चित्र निर्माण गर्दा ज्यामितिय सामाग्री प्रयोग गर्न पाउने छैन ।

५. एक शैक्षिक संस्थाबाट २ जना मात्र सहभागी गराईनेछ ।

६. चित्रपटमा पूर्णरुपले रंग गरिएको हुनुपर्नेछ ।

७. सहभगीहरुको नामावली २०८२ माघ ६ गते दिउसो १ बजे सम्म दर्ता गराई सक्नुपर्नेछ ।

८. प्रतियोगिता २०८२।१०।८  गते बिहान ११:३० बजे देखि शुरु हुनेछ ।

९. प्रतियोगिताको अवधी २ घण्टाको हुनेछ । प्रतियोगिहरु ११ बजे सम्म उपस्थित भई सक्नुपर्नेछ ।

१०. आयोजकबाट प्रतियोगिलाई चित्रपट, एक्रेलिक कलर, २ थान ब्रस, कलर प्लेट र पानीको ग्लास उपलब्ध गराउनेछ । बाँकी आवश्यक सामाग्री प्रतियोगिले स्वयं ल्पाउनु पर्नेछ ।

११. सहभागीहरु मध्येबाट प्रथम, दोस्रो, तेस्रो र ७ जनालाई सान्त्वना गरी जम्मा १० जनालाई पुरस्कृत गरिनेछ ।

१२. पुरस्कार सम्बन्धी निर्णयको अधिकार पूर्णरुपमा निर्णायकमा निहित रहनेछ ।

१३. निर्णायकमा मोरङ जिल्ला भन्दा बाहिरका निर्णायकहरु रहनेछ ।

१४. स्केचमा पूणर्णाङक २५, बिषय संयोजनमा पूर्णाङक २५, रंग प्रयोगमा पूणर्णाङक २५ र सफाई वा स्पष्टतामा २५ गरी जम्मा पूणर्णाङक १०० को हुनेछ । र यसैको आधारमा निर्णय गरिनेछ ।


सहभागी शुल्कः रु.२०००।-मात्र

थप जानकारीकाे लागि 

९८४२०७६४०९
९८५२०२५५१९

सहभागीको नामावली दर्ता 

  1. अन्तिम समयः  मिति २०८२ /१०/०६  गते मंगलबार भित्र गराउनु पर्नेछ ।
  2. सहभागीहरुको नामावली दर्ता अनलाइन वा भाैतिक रुपमा दर्ता गर्न सक्नुहुनेछ । 

  • भाैतिक रुपमा दर्ता गर्ने  स्थान ः जे. सी. मार्कलस् आर्ट ,तिनपैनी , विराटनगर
  • अनलाइ रुपमा दर्ता गर्नः यहाँ क्लिक गर्नुहाेस्


About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.