श्री कृष्ण जन्माष्ठमी २०८२ को अवसरमा कला कार्यशाला
श्री कृष्ण जन्माष्ठमीको अवसरमा कला कार्यशाला
भाद्र १,२०८२
श्री कृष्ण जन्माष्ठमी २०८२ को अवसरमा आज ISKCON Biratnagar द्वारा आयोजित ललितकला संगम ,विराटनगरको सहकार्य, विराटनगरको जैन भवनमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट वरिष्ठ चित्रकारहरुको भेलाले २०८२ श्रावण ३१ गते शनिवारका दिन कला कार्यशाला सप्पन्न भएका छन् ।कला कार्यशाला सप्पन्न गर्नका लागि ललितकला संगमबाट अध्यक्ष प्रकाश चौधरी, उपसचिव उद्धव गुरुङ, कोषाध्यक्ष सविन उपाध्याय , सदस्य सुकदेव राजवंशी (कृष्ण राजवंशी ) लगायत ,मोरङ जिल्ला जहादाका तुलसी कलाकार, पथरीबाट सन्जु थापा मगर , सुनसरी जिल्ला धरानबाट लेख मगर, प्रनोद दत्त , महेन्द्र राई , धनकुटाबाट दिल्ली कृष्ण आले,मुकुन्द प्रयस , झापा दमकबाट अभिषेक दास , गौरादहबाट कुमार सानू, गरामनीबाट युवराज रिजाल सहभगी भएका थिए ।
सहभागी चित्रकारहरुलाई कोशि प्रदेशका माननीय साभमुख अम्बर बहादुर विष्टको हातबाट इस्कोनद्वारा प्रमाणपत्र तथा उपहार प्रदान गरेका थिए ।
सहभागी चित्रकारहरुले बनाएका कलाकृतिहरु
लेख मगर
जय प्रकाश चौधरी
युवराज रिजाल
सुकदेव राजवंशी ( कृष्ण )
अभिषेक दास
तुलसी कलाकार
संजु थापा मगर
उद्धव गुरुङ
प्रनोद दत्त
सविन उपाध्याय
महेन्द्र राई
दिल्ली कृष्ण आले
मुकुन्द प्रयास
0 Reviews:
Thank You For Comments !