चित्रकला कार्यशाला सम्पन्न


माघ २०,२०८१ ललितकला संगम

ललितकला संगमको माघ महिनाको कार्यक्रम अन्तर्गत दोस्रो कार्यक्रम २०८१ माघ १९ गते शनिबार  चित्रकला कार्यशालामा वरिष्ठ चित्रकार लेख मगरले  माघ १० गते ललितकला संगमले आयोजना गरेको चित्रकलामा प्रतिभाको खोजीका लागि ' LKS विराटनगर +२ विद्यालय/कलेज स्तरीय चित्रकला प्रतियोगिता २०८१ ' अन्तर्गत उत्कृष्ट भएका नवदित कलाकारहरूलाई चित्रकलाको  Demo  प्रस्तुत गर्नुभएको थियो । जस अन्तर्गत नेपालको प्राकृतिक सम्पदा नेपालको पहिचान हिमालको चित्र जल रंगले चित्रपटमा साथै एक्रलिक रंगले क्यानभासमा बनाउदै जहाँ सहभागीहरूलाई सृजनात्मक अभिव्यक्ति, नयाँ प्रविधि, सामग्री, वा शैलीबारे अध्ययनको जानकारी गराउदै यसको महत्त्व बारे नवदित कलाकारहरूलाई उत्तसाहित गर्नु भएको थियो । यसका साथै यस संस्थाको सल्लाहकार निवास पोखरेल लगयत , अध्यक्ष जय प्रकाश चौधरी ,सचीव वीरेन्द्रकुमार राजवंशी ,कोषाध्यक्ष सविन कुमार उपाध्याय , सदस्य उषा अर्याल ,एलसी चौधरी ,सुकदेव राजवंशी, आमन्त्रित मूर्तिकार तुलसी कलाकार  लगायत अन्य सहभागीहरुको उपस्थितिमा सम्पन्न भयो ।
















 

About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.