Biography 

बुबा हकराज र आमा कमला पुरीको कोख बाट कान्छा छोरा भीम पुरीको जन्म २०३४÷११÷०२ मा भएकोहो । हामी दुई दाजुभाइ मात्र छौ म कान्छा छोरा हुं । २०७० सालमा बुबाको निधन भयो । म  श्री जनता उच्च मा. बि. मा अध्यायन गरी माध्यमिक तह सम्म मात्र अध्यायन गरेको । मध्यम परिवारमा हुर्के बडेको महिले सानै देखि चित्रकलालाइ आफ्नो रुचिको बिषय बनाए म सानै देखि चित्र कोर्न रुचाउदथे स्कुलमा शिक्षकले केहि चित्र बनाउन लगाउनु हुिन्थयो र म खुशी भएर चित्र कोर्दथे । पढाइ पनि राम्रै थियो टिफीनको पैसाहरु जम्मा गरेर रङहरु किन्थे मलाइ चित्रकलाको लागी प्रेरणा मेरो दाजु र शिक्षक बिध्या पौडेल ज्यु बाट पाएको हुं । त्यो बेला स्कुलमा मेरो साथीहरुले मलाइ चित्र बनाउन लगाउथे र म पनी खुशी भएर चित्र कोर्थे त्यसै गरी मलाइ हौसला अनि प्रेरणा मिल्दै गयो ।  त्यसै गरी दिन बित्दै गयो महीले माध्यमि तह सम्ममै पडाइलाइ बिट मारे । २०५९ साल Renasha Fine Art Academy मा प्राध्यापक बिपिन घिमिरे ज्यू बाट चित्रकला सिक्न थाले रेनसा फाइन आर्ट बाट धेरै कामहरु सिके । र रेनसा फाइन आर्ट बाट दुई पटक समुहिक चित्रकला प्रदशनी गर्ने अवसर पाए केही बर्ष । त्यस पछी म आफ्रनै गाउ मोरङ फर्के । गाउमा साना साना बिध्यार्थी हरुलाइ चित्रकला सिकाउन थाले । २०६१ सालमा श्री पञ्चायत उच्च मा.बि.मा पथरी मोरङमा रजत महोत्सबमा चित्रकला प्रतीयोगीतामा सहभागी भइ प्रथम पुरस्कार हात पार्न सफल भए । मेरो जिवनमा चित्रकारीतामा हौसला प्ररणाले चुम्न थाल्यो । चित्रकलालाइ मेरो जिवनको अंग सम्झेर जिवनको एउटा पाटो सम्झेर चित्र कलालाइ निरन्तर अभ्यास गर्नथाले आफुमा भएको कलालाइ सादा क्यान्भासमा उतार्न थाले । एक दिन मफोसल मासिक पत्रीकाको पत्रकार मेरो घरमा आइ मेरो कलाकारीताको अन्तरवार्ता लिइयो । त्यसैदिन दिन बित्दैगयो २०६३ सालमा मेरो बिबाहको लगन जुर्यो गोमा देवी गिरी सङग बैबाहकि बन्धनमा बाधियौ हामी । मेरो पहिलो सन्तान छोरिको जन्म भयो । आफ्नो जिम्वेवारी मेरो काँधमा थपियो मरोजगारीको लागी बिदेश प्रस्थान भए बिदेशमा पनि आफ्नो कलाकारीतालाइ निरन्तर दिइ रहे । त्यहाँ पनि साथाी भाइ बाट हौसला पे्ररणा पाए । करिब  ११ बर्ष पुरा गरी आफ्नै देश फर्की आइ आफ्रनै रुचि बिषयको ब्यापार गर्न थाले । King cobra Tattoo zone नामक पथरीशनिश्चरे १ मोरङमा पसल खोले यहाँ ट्याटु, आर्ट, अनि प्रिन्टिङका कामहरु गर्न थाले । Everst Art Fusion बाट कलाकारको सदस्य पत्र लिए । र आउदो दिनहरुमा सामाजिक सेवाको कामहरुगर्ने मोह जागेकोछ अनाथ अपाङग र बृद बृदाहरुको सेवा गर्नुछ । गित संगित र साहित्य प्रेमी हुं । र अन्त्यमा मलाइ मेरो कलाकारीतमा साथ दिनुहुने सम्पुर्ण महानुभाबहरुलाइ हृदय देखि धन्यबाद गर्दछु ।


Click on the link below for more information about the artist.

Artist Bhim Puri 

Curriculum Vitae

Statement

Artworks


About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts