Biography of artist Jeebnath Pokharel 'Panchhee'



Biography 

जीवनाथ पोखरेल पन्छी

वि.स. २००३ साल आश्विन १९ गते सनिवारका दिन पिता गोविन्द प्रसाद को संरक्षणमा आमा शान्ता देवीको गर्भवाट मैले मेरो मातृभूमिमा शिर टेकाउँदै दण्डवत गर्ने अवसर पायेँछु । मलाई प्रारम्भिक शिक्षा, (नेपाली, अंग्रेजी, गणित) आमा वाट नै दिने काम भयो । दश वर्षको उमेर देखि औपचारिक शिक्षाका लागि कक्षा दुईमा स्कुलमा नाम लेखाई औलोको महामारी सङ पौठा जोरी खेल्दै २०२१ सालमा एस एल सी उतिर्ण गरे । सोही साल फाल्गुन ०७ गते कल्पना देवी पोखरेल सँग वैवाहिक सम्वन्ध गाँसी २३ साल देखि चार छोरी र दुई छोराको वावुको रुपमा जीवनको साङ्गोपाङ्गो मिलाइदै छ । यसरी घर र विद्यालयको दुरी लगभग चार किलोमिटर भएको र तत्कालीन इनरुवा जङ्गल वीचमा भएकोले वाटामा देखिने वनस्पती र चराहरुको पहिचान गर्ने तिर मन तानिा र पहिचान गर्न पट्टि लागे । दुवैले मलाई आकर्षण गरेकाले अध्ययन क्रममा तत्काल उपलब्ध घाँस पात जटावुटा र अँगार र ध्वासोको प्रयोग गर्दै चित्र कोर्न समेत थाले । कक्षा८ सम्म वाँसका कलमवाट लेख्नु पथ्र्यो । उच्च शिक्षाका लागि , त्यसवेलाको भौगोलिक ,सामाजिक र आर्थिकरुपमा भएका विभिन्न कठीनाई हरुलाई छिचोल्दै महेन्द्र क्याम्पस धरानमा आइ ए र विए सम्मको अध्ययन गरी २०२६ देखि हालको शारदा माध्यमिक विद्यालय इनरुवा ५ वलाहामा शिक्षण पेशा शुरु गरे ।

अध्यापन कार्य गर्दा गर्दै २०३३ सालमा शिक्षा मन्त्रालयको २ वर्षै सेवा कालिन रुपमा वि.एड. अध्ययन गर्ने अवसर प्राप्त भयो र किर्तिपुर वहुमुखि क्याम्पसमा अध्ययन गरी २०३७ सालमा वि.एड. पुरा गरेर पुनः विद्यालयमा अध्यापन कार्यमा लागे ।

२०५१ सालमा समाज सेवा गर्ने उद्देश्यले सामुदायिक विकास केन्द्र (सेकोड) नामको गैर सरकारी संस्था जि.प्र.का सुनसरीमा दर्ता गराई अध्यक्षको रुपमा विद्यालयवाट वाँकी समयलाई सदुपयोग गर्दै सामाजिक सेवामा सक्रियता वढाये । २०५१ साल देखिका केही कार्यहरु मेरो व्यक्तिगत विवरणमा उल्लेख भएकाले यहाँ लेख्न जरुरी ठानीन ।

गैर सरकारी सामाजिक संस्था (सेकोड) को अध्यक्षको हैसियतले अन्तराष्ट्रिय संस्था यूनिसेफ सँग सस्थागत सम्वन्ध स्थापना गरी यूनिसेफको सहयोगमा महिला तथा बालबालिकाहरुका क्षेत्रमा शिक्षा स्वास्थ्य तथा सरसफाइका कार्यक्रमहरु सनसरी जिल्लाका गाविस तथा नगर पालिकाहरुमा कार्यत्रमहरु सञ्चालन गर्ने जिम्मेवारी लिइो । यसै सन्दर्भमा सम्वन्धीत विषयका यूनिसेफले आयोजना गरिने सवै जसो तालिम दिनका लागि पूर्वाञ्चल का ४—५ जिल्ला हेर्नु पर्ने भयो जसले गर्दा सवैतिरको प्रकृति वनस्पती र चराहरुको समेत पहिचान गर्ने र हेर्ने अवसर मिल्यो ।

विद्यालयको उमेर देखिनै चित्रकलामा रुचि भएता पनि व्यवहारिक वाध्यताका कारण त्यसलाई व्यवस्थीत गरी निरन्तरता दिन सकिरहेको थिइयेन । वनायेका पनि सङ्कलित थियेनन । २०५७ साल देखि सङ्कलन गर्न थाले र २०६० सालमा कोशीटप्पु वन्यजन्तु आरक्षणमा पहिलो र २०६१ मा दोश्रो एकल चरा चित्रकला प्रदर्शन गरे ।

२०६० सालमा अध्यापन कार्यमा स्वेच्छीक राजीनामा दियेर स्वतान्त्र रुपले घुम्दै सामाजिक सस्थाका आ परेका कामहरु गर्न थाले । फुर्सद निकालेर समय समयमा चरा चित्रकलालाई पनि अगाडि बढाउँदै लगें । २०६४ सालमा पर्यटन वोर्ड भृकुटी मण्डप काठमाण्डौकोसभा कक्षमा तेस्रो एकल चरा चित्रकला प्रदर्शनी गरे ।

२०६५ मा मेरो चित्रकला यात्रालाई समेटदै N-art को अवधारणालाई प्रष्टपार्ने गरी “The Birdartist" नामको डकुमेण्ट्री फिल्म वनाइयो । २०६६ मा कलापरिषद ववरमहल काठमाण्डौमा चौथो एकल चरा त्रिकला प्रदर्शनी गरी N-art को पहिलो घोषणा पत्र सयकडौ कलाकारका विच सार्वजनिकी करण गरियो । त्यसै गरी २०६६ सालमै विराटनगर र  इनरुवा सुनसरीमा क्रमस पाँचौ र छैठौ एकल चरा चित्रकला प्रदर्शनी गरियो ।

२०६७ साल देखि ४ वर्ष सम्म नेपाल ललितकला प्रज्ञम प्रचिष्ठानमा प्रज्ञा सभा सदस्यको रुपमा रहीयो । २०७२ मा दाहिने आँखाको ज्योति पूर्णरुपेण गुमाइयोता पनि कला कर्मलाई निरन्तरता दिने कामजारीनै रहयो । फलस्वरुप २०७५ मा सुनसरीको सदरमुकाम इनरुवाको वडा नं. ५ मा सातौ एकल चरा चिकला प्रदर्शनीको आयोजना गरी सम्पन्न गरियो । यसरी २०५१ देखि हाल सम्म समय समयमा साहित्य सृजनाका विभिन्न बाल गित, बालकथा, कविता समेत जम्मा पाँच वटा पुस्तक प्रकाशित गरियो ।

नोटः– यसरी म  जन्मे देखि हालस्ममका गतिविधी सिमा भित्र बाँधियेर प्रस्तुत गरेको छु । एउटा हिन्दी भाषामा कहावत छ – “गागर मै सागर भरना” गाग्रो भित्र समुद्र कतिको  अटाउलार गाग्रो भित्र सागरमा भएका ठूला ठूला माछा, जनावर, आयेका ज्वार भाटा अटाउन सकिदैन । यो लेखाइमा सहयात्रीको रुपमा एउटा आघा घण्टाको डकुमेण्ट्री फिल्म छ । Youtube मा " The bird artist  Jeebnath Pokharel" सर्च गरेर ३ पार्ट छ । तीनै पार्टलाई हेरेर अझ  स्पष्ट हुनुहोला ।

https://www.youtube.com/watch?v=VxDkSZcmFU4

https://www.youtube.com/watch?v=Lldks1KZaOY

https://www.youtube.com/watch?v=BH2qXp0iru4

https://www.youtube.com/watch?v=D07wuZoCjt8



Click on the link below for more information about the artist.


About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.