Biography

मोरङ जिल्लाको मिक्लाजुङ्ग गाउँ पालिका वडा नं. ४ मा बि.सं. २०३६÷१०÷२८ मा जन्मनु भएका मञ्जुल मितेरी हाल मोरङ जिल्लाकै उर्लाबारी नगरपालिकामा स्थायी बसोबास गर्दै आउनु भएको छ । ११ बर्षकै उमेरदेखि अरनिकोको जिवनीबाट प्रेरीत भएर मूर्तिकलाको यात्रा गर्नुभएका मञ्जुल हाल नेपाल मात्रै नभई विश्वस्तरमै दोश्रो अरनिकोको नामले परिचित हुनुहुन्छ । मोफसलमा रहेर पनि मूर्तिकलालाई समाजमा एक शानदार पेशाको रुपमा स्थापित गराउन संघर्ष गर्नुभएका मञ्जुलले हालसम्म सानाठूला २००० भन्दा बढी ढुङ्गाका मूर्तिहरु निर्माण गरिसक्नु भएको छ । मञ्जुलले नेपाल राष्ट्रलाई उपहार चढाउन भनी एक हजार विश्वप्रशिद्ध व्यक्तित्वका अर्धकदका शालिकहरु निर्माण गरिरहनु भएको छ । त्यस्तै हाल वहाँ जापानको एक विशाल चट्टानी पहरामा यो शताब्दीमै विश्वकै सबैभन्दा बिशाल बुद्धमूर्ति निर्माणको नेतृत्व गरिरहनु भएको छ । नेपाली ललितकलाको ईतिहासमै अरनिको पश्चात दोश्रो चोटीको यो अवसरलाई सार्थक बनाउन वहाँ आफ्नो दक्षताले नेपाली ललितकलाको महिमालाई विश्वमाझ चिनाउन अन्य ५ जना नेपाली मूर्तिकारहरुको साथ साधनारत हुनुहुन्छ ।

साहित्य, संगीत र खेलकूदमा पनि उत्तिकै क्रियाशील मञ्जुलको ‘अर्काको देशमा’ कथासंग्रह, थुप्रै फुटकर कविताहरु प्रकाशीत छन् । त्यस्तै वहाँले लेख्नुभएका, संगीत गर्नुभएका वा गाउनुभएका थुप्रै नेपाली गीत संगीतहरु सुन्न सक्छौं । यसरी सबै क्षेत्रमा उत्तिकै प्रखर उभिन सफल बहुमूखी प्रतिभाशाली व्यक्तित्व मञ्जुल मितेरीलाई नेपाल सरकारद्वारा ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार’, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा ‘ललितकला प्रतिभा सम्मान’ लगायतका १०० भन्दा धेरै सम्मान तथा पुरस्कारहरुबाट सम्मानित गरिएको छ ।

मञ्जुल मितेरीसँग सम्बन्धित लिंकहरुः

https://shilapatra.com/detail/29908

https://aamsanchar.com/2017/04/11/22936/

https://ekantipur.com/koseli/2016/11/26/20161126084413.html

https://www.blastkhabar.com/news/2018/03/10/75790.html

https://pradeshportal.com/news/view?id=2222

https://saptahik.com.np/archives/2018/03/27/20180326134649

https://www.onlinekhabar.com/2018/01/652083

https://www.nepaljapan.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ae%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%9c/




Click on the link below for more information about the artist.





About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts