मेरो नाम निर बहादुर याखा राइ हो. मेरो जन्म संखुवासभा को
हाल धर्म देवी नगरपालिका वडा नम्बर ७ छापुलि टोलमा बि स २०३६/०८/१९ बिहिबार भएको हो .चित्रकलामा रुची
सानै देखिको हो उनताका स्कुलमा साना
केटाकेटी प्रत्येकलाइ एउटा कालो पाटि र चक
दिइन्थ्यो. साथीहरु क ख लेख्थे म फूल र चराका टाउको बनाउथे.२०५५/५६ तिर ललितकला
क्याम्पस भर्ना भए पछी कलाको औपचारिक शीक्षा पाइयो. मैले यहि क्याम्पसबाट स्नातक
सम्मको शिक्षा पुरा गरें. यो अवधि देखि
अहीले सम्म कलाका बिबिध गतिबिधि र कला
प्रदर्शनी हरुमा भाग लिदै आएको छु . भुडीपुराण प्रकाशन, रत्नपुस्तक भण्डार, रुमटु रिड, लगायतका थुप्रै प्रकाशन
हरुमा बालबालिकाका लागि थुप्रै चित्र कोरेको छु. .आदिबासी जनजातिका सस्कार
सक्रितिहरु पनि कलामा देखिनु पर्छ भन्ने उद्देश्यका साथ् स्थापना भएको नेपाल किरात
कलाकार समाजमा स्थापनाकाल दखि संलगन छु .बिस
२०७३-२०७६ बैदेसिक रोजगारका क्रममा साउदी अरबमा पनि चित्रकारका हैसियतमा काम गरें . हाल बालबालिका
कै किताबहरुमा चित्र कोर्ने काम गर्दै छु. मेरो रुची र सोख पनि साना नानिहरुका
किताबमा चित्र कोर्नु र साइकल गुडाउदै हिड्नु हो.
मेरी श्रीमती र मेरी एउटी छोरी छे. मेरी छोरी र उसकी आमा
पनि मैले बनाएका बालाबालिकाका चित्र
हेर्दा खुशी हुन्छन.