Statement of artist Bikram Shree



Statement 

      बाल्यकालदेखिनै रेखा र रंगमा आकर्षण रह्यो । आमा सर्जक हुनु, परिवारमा शिल्पको वातावरण रहनुले चित्रकला र मूर्तिकलामा ध्यान गयो । अध्ययन सगसगै शिल्पले पनि निरन्तरता पायो । सिर्जनशिलताले जव सचेतना पायो जीवन र जगतको भोगाई, अनुमान र अनुभुतिहरु प्रकट गर्ने माध्यम बन्न पुग्यो । आध्यात्मिक दर्शन र भौतिक दर्शनलाई संयोजन गरेर केहि बोल्दा सहज र लोकहित लाग्नेहुँदा मैले यहि विषय भएर सिर्जनाद्धारा बोलेको छु ।

पश्चिमी सभ्यता विज्ञानको अतिमा र पूर्विय सभ्यता आध्यात्मिक परम्परामा रहेको दुबै अतिलाई समायोजन गर्नु अवको विश्वको नयाँ भविश्य हुन जान्छ’ भन्ने सम्पूर्ण अगुवा श्रष्टा मलाई निको लाग्दछन् । चेतन विज्ञान र भौतिक विज्ञानले पूर्ण नयाँ मनुष्यता मेरो खोजी हो । मेरो सृजनाबाट म यस्तै बोल्न खोजेको हुँदो रहेछु ।

मेरो अर्को रुचि वास्तुकला हो, हामी पूर्वियाहरु आफ्नो मौलिक परम्परागत शैलिमा अगाडी छौं । हामीसँग पुर्खाहरुले परिष्कृत गरेको बहुमुल्य सम्पदा छ, त्यो हो वास्तुकला । बहुजाती बहु संस्कृति भएको हाम्रो मूलुकमा वहुलताभित्र बैविध्यपूर्ण विविधता छ । यी हाम्रा सम्पदा हुन्, यीनलाई खोजी गर्नु, प्रवर्धन गर्नु र विश्वव्यापीकरण गर्नु हाम्रो कर्तव्य हो, जसले विश्वमा हाम्रो अस्तित्व निर्माण हुन्छ । यसर्थ म जाती, भाषा, संस्कृति र पहिचान उत्थानको पक्षमा रहेर शैलीहरु, अभिव्यक्तिहरु पहिचान प्रयास गरिरहेको छु ।

सृजना सँगै चार दशकदेखि ललितकला क्षेत्रको उत्थान र विकासका निम्ति समय खर्चिएको छु । कार्यशाला संचालन, प्रदर्शनी, गोष्ठी, छलफल, उत्सव आदि आयोजना गर्नेजस्ता कार्यमा समय लगाएको छु । विभिन्न जातजातीको परम्परागत शिल्पको अन्वेशण गर्ने क्रममा थारुकोहबर, ऋषिदेवहरुको मूर्तिकला र मुर्तिकलाको प्रथमिक पाठ्यक्रम समेत तयार गरिएको छ । सृजना स्कुल स्थापना, कलाग्रामको स्थापनासँगै ललितकलाको उच्च शिक्षालयका निम्ति योजना बनाएको छु । उक्त उपलब्धि हासिलका निम्ति अग्रजहरु, समकालिन मित्रहरु लगायत सबैको साथ सहयोग र प्रेरणाका निम्ति आभारी छु ।  



Click on the link below for more information about the artist.


About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.