कला र यस भित्रका समस्याहरु
कला भावना र विचारको सुन्दर एवं स्वस्फूर्त
अभिव्यक्ति हो । यो मानव सभ्यता, संस्कृति र संवेदनाको
परिचायक पनि हो ।
कलाका विविध रुपहरु मध्ये चित्र र मूर्तिकला
प्राचिन कालदेखि नै विश्वभर निकै लोकप्रीय छन् । संगीत, नृत्य अभिनय आदि विविध कलाहरु प्नि विश्वभर उत्तिकै लोकप्रिय छन् ।
विज्ञान र प्रवृधिको फड्को सँगै कलामा नयाँ
चुनौती थपिएका छन् यसले आमरुपमा कलाकारहरुलाई समयानुकुल अवसर पनि थपेको छ ।
मूलत कुशल शिल्प पक्षको धरातलमा उभिएको मौलिकता
र नयाँपनयुक्त कला सृजनालाई कला ममज्ञहरुले विशेष रुचाउने गरेको देखिन्छ , जुन लामो साधना र अध्ययन बिना सम्भव छैन । अर्को तर्फ हामी सम्पूर्ण
नेपालीहरुले गर्व गर्न लायक हाम्रा आफ्नै परम्परागत र लोककला शैलीले हाम्रो इतिहास
र पहिचानलाई विश्वभर उँचो पारिरहेको छ ।
यसबाट सजिलै बुझ्न सकिन्छ कलालाई कुनै एउटा वाद
या घेराभित्र बाँध्न सकिदैन । स्वतन्त्रता, स्वस्फूर्तता
र मौलिकता सहितको भावनात्मक संवेगले नै कलालाई सुनमाथि सुगन्ध प्रदान गरेको हुन्छ
।
विज्ञान, प्रविधि र
आर्थिक रुपले धेरै पछि परेता पनि नेपाली भनेर विश्वसामु हामीले शिर उँचो पारी गर्व
गर्न लायक केहि चिज पनि छन् ती हाम्रा मौलिक कला र सांस्कृतिक सम्पदा नै हुन् ।
आज कलालाई माया गर्ने तथा कला सिक्न चाहनेहरुको
संख्या बढिरहेको छ । यो निकै खुशिको विषय हो ।
हाम्रा अति मेहिनती र शिर्जनशील पुर्खाले खडा
गरेको गौरवशाली विरासतलाई सुरक्षित, जिवित र
संवृद्ध बनाउँदै विश्व सामु नेपाली कलालाई पु¥याउने दायित्व
अब हाम्रो र आगामी पुस्ताको काँधमा आएको छ । यसलाई पूरा गर्न एक्ला एक्लै कलाकार
वा कुनै एक दुई कलासंस्थाबाट मात्र सम्भव छैन ।
दुःखको कुरा राज्य अझै यस क्षेत्रप्रति आवश्यक
रुपमा शंवेदनशील हुन सकेको देखिंदैन । नीति निर्माण र कार्यान्वयन तहका केहि उच्च
व्यक्तित्वहरुद्वारा समेत कलामा लगानि किन गर्नुप¥यो र यो त
अनुत्पादक क्षेत्र न हो भनेर विगतमा भन्ने गरेको नसुनिएको होइन । यस्ता
मानसिकतायुक्त व्यक्तिहरुले यो कुरा पनि बुझिदिए राम्रो हुन्थ्यो नेपालमा जति पनि
विदेशी पर्यटकहरु पैशा खर्च गरी गरी भित्रिन्छन् उनीहरु यहाँ कंक्रीटको जंगल या
भौतिक,
आर्थिक, प्राविधिक कुराहरु होइन नेपालका मौलिक कला तथा
संस्कृतिक प्राकृतिक सम्पदा हेर्न नै आएका हुन्छन् र यसै कुराबाट प्रभावित बनेर
उनीहरु आफ्नो देश फर्कदा उनीहरुको कुरा सुनेर बुझेर अरु पर्यटकहरु पनि नेपाल हेर्न
लालायित हुन्छन् । यसबाट वर्षेनी विदेशी मुद्रा देशलाई लाभ भइरहेको हुन्छ ।
विगतमा जे जस्ता कमजोरीहरु भएता पनि राज्यले अब
दिर्घकालिन सोच, नीति र योजनाकासाथ कला सम्पदाको क्षेत्र र आम
कलाकारहरुले फल्ने फूल्ने बातावारण सृजना गर्नु कलाक्षेत्रका निम्ति मात्र नभै
सिंगो देशको गौरव र अर्थतन्त्रका निम्ति समेत अत्यावश्यक भै सकेको छ ।
सर्जकहरुले फष्टाउने मौका नपाए सृजना आफै कहाँ
फष्टाउँला र ! कला सिर्जनाका लागि शिप विकाश, साधन, समय र उपयुक्त वातावरण अत्यावश्यक हुन्छ । लामो समयको साधना, कतिपय महंगा कला सामग्रीहरुको प्रयोग, आम रुपमा हुने
मूल्यवृद्धिका विच कलाकार र ऊसँगै बाँच्नु पर्ने उसका आश्रित परिवार आदि कुराहरु
कला सृजनालाई प्रभावित पार्न सक्ने सोचनीय पक्षहरु हुन् । त्यसमाथि कला घरैपिच्छे
दैनिक रुपमा खरिदविक्री या उपभोग भैरहने अवस्था नभएकोले यस क्षेत्रका सर्जकहरुलाई
बचाउन,
प्रोत्साहित गर्न र आगामी पिढिलाई समेत उत्प्रेरित गर्न राज्यले संवेदनशील हुन
जरुरी छ । यसका निम्ति सम्बन्धित सरकारी निकायको समन्वयमा कलाक्षेत्रका विज्ञ तथा
आम कलाकारहरुबीच ब्यापक छलफल चलाउन आवश्यक छ ।
–सुवास क्षितिज श्रेष्ठ (९८४१४९६३४५)
मंगलबोर–१, इलाम (हाल
अस्थायी काठमाडौंबाट)