प्रदेश स्तरीय कला गोष्ठि २०८०

सोमबार ,२०८० असर १८ गते


सामाजिक विकास मन्त्रालय मन्त्री मा. बुद्धिकुमार राजभण्डारीको प्रमुख अथितिमा ललितकला संगम विराटनगरको व्यवस्थापन र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौको आयोजना(चित्रकला बिभाग , हस्तकला बिभाग )मा सोमबार ,२०८० असर १८ गते आयोजित प्रदेश स्तरीय कला गोष्ठिमा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारद मणि हार्तम्छाली ' कलाङ ' Kalang Hrtmchhli ,चित्रकला बिभाग प्रमुख प्राज्ञ Sanjay Bantawa , हस्तकला बिभाग प्रमुख Aruna Hingmang लगायत सहभागी कलाकारहरू।
























































































पूनःव्यवस्था र ऐन-कानुन बनाउन सल्लाह लिने उद्देश्यले कोशी प्रदेशमा छलफल
श्राेत ः Makalu Television HD

श्राेत ः Makalu Television HD




प्रदेश स्तरिय ललित कला गोष्ठी बिराटनगरमा सम्पन्न

 - २ ०८० असार १८ साेमबार
असार १८,२०८०

बिराटनगर, कोशी प्रदेश बिराटनगरमा प्रदेश स्तरिय ललित कला गोष्ठी सम्पन्न भएको छ ।

ललित कला संगम बिराटनगरको ब्यवस्थापन र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान काठ्माण्डौको आयोजनामा सोमबार आयोजित उक्त गोष्ठिमा कोशी प्रदेशका झापा, इलाम, भोजपुर, सुनसरी, मोरङ लगायतका जिल्लाका कलाकर्मीहरुको उपस्थिति रहेको थियो । 

ललित कलाकर्मीहरुई कसरी उत्पानशिल बनाउने र केन्दिय स्तरबाट प्रदेशको कला र कलाकारहरुको बिकासलाई कसरी अगाडि लैजाने जस्ता बिषयमा छलफल गर्ने उदेश्यले उक्त गोष्ठीको आयोजना गरिएको ललित कला संगम बिराटनगरका कोषाध्यक्ष तथा बास्तुबिद इन्जिनियर सबिन उपाध्यायले बताए । 

गोष्ठीमा ललित कला संगम र प्रदेशका सस्थाहरुको परिचयात्मक कार्यपत्र प्रस्तुत गर्दै इन्जिनियर उपाध्यायले ललित कला संगमले प्रदेशका सबै कलाकारहरुलाई समेटी कला र कलाकारहरुको उत्थान तथा बिकास, कलाकक्ष सञ्चालन, कला प्रदर्शनी एवं प्रतियोगिता, कला सेमिनार साथै आर्ट ग्यालरी स्थापना गर्ने कार्यक्रमहरु पनि सम्पादन गर्दै आएको बताए । 

उनले संस्थाको उदेश्य प्राप्तीको लागि सर्बप्रथम कलाको प्रचार प्रसार र अध्ययन अध्यापनका बिश्वास राख्ने हुनाले कलाकारहरुलाई अभ्यासको लागि कार्यशाला गोष्ठीको आयोजना गरिनुका साथै नयाँ कलाकारहरुको हौषला एवं बिकासकालागि प्रत्येक बर्ष कलाकक्ष सञ्चालन गर्ने उदेश्य समेत राखिएको जानकारी दिए । 

गोष्ठीको औचित्यबारे प्रष्ट पार्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौका समसामयिक चित्रकला बिभागका प्रमुख प्राज्ञ सन्जय बान्तवाले ७ वटै प्रदेशमा ललितकला समान किसिमले बिकास हुनु आवश्यक रहेको औल्याए । 

/pagegallery/2023070325.jpg

नेपाली आधुनिक कलाको बिगत र बर्तमानको अवस्था तथा नितिगत व्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै बान्तवाले कोशी प्रदेशमा कति कलाकारहरु छन् भन्ने यकिन तथ्याङ्क नहुनाले प्रदेशमा भएका कलाकारहरुको आवश्यकता पहिचान हुन नसकेको बताए । 

गोष्ठीका बिशेष अतिथि तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छाली ‘कलाङ’ले प्रतिष्ठानले कला साहित्य र सस्कृतिको सवालमा राज्यको राजनैतिक नीतिनिर्देशन अनुसार आफ्नो दायित्व पुरा गर्दै आएको बताए । उनले केन्द्रिय प्रतिष्ठानहरु र अन्य प्रतिष्ठानहरुबिच साझा समन्वय, मयर्दा, अधिकार, कर्तब्य तथा श्रोत साधन र बिधागत बिज्ञता तथा पारस्परिकतामा एकताको सवालमा बेलाको बोली भएको मानेर आत्मा समिक्षा साथ अगाडी बढिरहन आग्रह गरे ।

गोष्ठिमा महिला उद्यमी तथा इन्टेरियर डिजाइनर कृति श्रेष्ठ उपाध्यायले कृएशन भनेको कहिल्यै पहिलो या दोश्रो भन्ने नहुने भएकाले सबैलाई समान रुपमा हेरिनुपर्ने बताइन् । 

सहभागी बिभिन्न कला क्षेत्रका ब्यक्तित्वहरुले स्थानिय कला भनेको प्रज्ञा प्रतिष्ठानको जरा भएकाले स्थानिय कला र कलकारको संरक्षण गर्न नेपाल प्रज्ञा प्रतिष्ठानले अभिभावकको भुमिका निभाउनुपर्ने बताउदै अहिलेसम्म कलाकारहरुले सो महशुष गर्न नसकेको गुनासो ब्यक्त गरेका थिए । 

गोष्ठीमा कोशी प्रदेशका बिभिन्न कलकारले बनाएका हस्तकला, ललित कलाकाथुप्रै कलात्मक सामाग्रीहरु प्रर्दशनीमा राखिएका थिए ।  

श्राेत ः चिनारी पोस्ट



 

कलाकारलाई प्राथमिकता दिन जोड

विराटनगर : प्रदेशमा ललितकला प्रतिष्ठान गठन गर्दा राजनीतिक हस्तक्षेप नगरी विशुद्ध कलाकारहरुलाई प्राथमिकता दिनु पर्नेमा विराटनगरमा सोमबार भएको कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।

नेपाल ललितकला प्रतिष्ठान काठमाडौंको आयोजना र ललितकला संगम विराटनगरको व्यवस्थापन एवम् संयोजनमा भएको कार्यक्रममा सहभागीहरुले ललितकलाको विकासको लागि प्रदेशमा प्रतिष्ठान खोलिनु पर्ने आवश्यक रहेको बताए ।

स्टर्न स्टार होटलमा भएमा कला प्रदर्शनीसहित भएको कार्यक्रममा ललितकला प्रतिष्ठानका कुलपति नारद हार्तम्छाली, प्राज्ञ सञ्जय वान्तवा, प्राज्ञ अरुणा हिङ्माङ्, ललितकला संगम विराटनगरका कोषाध्यक्ष सविन उपाध्याय, झापाका क्षितिन शेर्पाले ललितकला प्रतिष्ठान, नीति, नियम एवम् विकास सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो कार्यपत्रप्रति ललितकला संगमकी पूर्व अध्यक्ष गंगा सुवेदी र विक्रमश्रीले समीक्षा गरेका थिए । सो अवसरमा आन्तरिक सजावट विज्ञ कृति श्रेष्ठ उपाध्याय, कलाकार नूर श्रेष्ठ लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा मोरङका अतिरित्त सुनसरी, झापा, धनकुटा, तेह्रथुमका कलाकारका कलाकृतिसमेत प्रदर्शनी गरिएको थियो ।

श्राेत ःउद्घाेष





 

About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.