प्रदेश स्तरिय ललित कला गोष्ठी बिराटनगरमा सम्पन्न

प्रदेश स्तरिय ललित कला गोष्ठी बिराटनगरमा सम्पन्न

 - २ ०८० असार १८ साेमबार
असार १८,२०८०

बिराटनगर, कोशी प्रदेश बिराटनगरमा प्रदेश स्तरिय ललित कला गोष्ठी सम्पन्न भएको छ ।

ललित कला संगम बिराटनगरको ब्यवस्थापन र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान काठ्माण्डौको आयोजनामा सोमबार आयोजित उक्त गोष्ठिमा कोशी प्रदेशका झापा, इलाम, भोजपुर, सुनसरी, मोरङ लगायतका जिल्लाका कलाकर्मीहरुको उपस्थिति रहेको थियो । 

ललित कलाकर्मीहरुई कसरी उत्पानशिल बनाउने र केन्दिय स्तरबाट प्रदेशको कला र कलाकारहरुको बिकासलाई कसरी अगाडि लैजाने जस्ता बिषयमा छलफल गर्ने उदेश्यले उक्त गोष्ठीको आयोजना गरिएको ललित कला संगम बिराटनगरका कोषाध्यक्ष तथा बास्तुबिद इन्जिनियर सबिन उपाध्यायले बताए । 

गोष्ठीमा ललित कला संगम र प्रदेशका सस्थाहरुको परिचयात्मक कार्यपत्र प्रस्तुत गर्दै इन्जिनियर उपाध्यायले ललित कला संगमले प्रदेशका सबै कलाकारहरुलाई समेटी कला र कलाकारहरुको उत्थान तथा बिकास, कलाकक्ष सञ्चालन, कला प्रदर्शनी एवं प्रतियोगिता, कला सेमिनार साथै आर्ट ग्यालरी स्थापना गर्ने कार्यक्रमहरु पनि सम्पादन गर्दै आएको बताए । 

उनले संस्थाको उदेश्य प्राप्तीको लागि सर्बप्रथम कलाको प्रचार प्रसार र अध्ययन अध्यापनका बिश्वास राख्ने हुनाले कलाकारहरुलाई अभ्यासको लागि कार्यशाला गोष्ठीको आयोजना गरिनुका साथै नयाँ कलाकारहरुको हौषला एवं बिकासकालागि प्रत्येक बर्ष कलाकक्ष सञ्चालन गर्ने उदेश्य समेत राखिएको जानकारी दिए । 

गोष्ठीको औचित्यबारे प्रष्ट पार्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौका समसामयिक चित्रकला बिभागका प्रमुख प्राज्ञ सन्जय बान्तवाले ७ वटै प्रदेशमा ललितकला समान किसिमले बिकास हुनु आवश्यक रहेको औल्याए । 

/pagegallery/2023070325.jpg

नेपाली आधुनिक कलाको बिगत र बर्तमानको अवस्था तथा नितिगत व्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै बान्तवाले कोशी प्रदेशमा कति कलाकारहरु छन् भन्ने यकिन तथ्याङ्क नहुनाले प्रदेशमा भएका कलाकारहरुको आवश्यकता पहिचान हुन नसकेको बताए । 

गोष्ठीका बिशेष अतिथि तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छाली ‘कलाङ’ले प्रतिष्ठानले कला साहित्य र सस्कृतिको सवालमा राज्यको राजनैतिक नीतिनिर्देशन अनुसार आफ्नो दायित्व पुरा गर्दै आएको बताए । उनले केन्द्रिय प्रतिष्ठानहरु र अन्य प्रतिष्ठानहरुबिच साझा समन्वय, मयर्दा, अधिकार, कर्तब्य तथा श्रोत साधन र बिधागत बिज्ञता तथा पारस्परिकतामा एकताको सवालमा बेलाको बोली भएको मानेर आत्मा समिक्षा साथ अगाडी बढिरहन आग्रह गरे ।

गोष्ठिमा महिला उद्यमी तथा इन्टेरियर डिजाइनर कृति श्रेष्ठ उपाध्यायले कृएशन भनेको कहिल्यै पहिलो या दोश्रो भन्ने नहुने भएकाले सबैलाई समान रुपमा हेरिनुपर्ने बताइन् । 

सहभागी बिभिन्न कला क्षेत्रका ब्यक्तित्वहरुले स्थानिय कला भनेको प्रज्ञा प्रतिष्ठानको जरा भएकाले स्थानिय कला र कलकारको संरक्षण गर्न नेपाल प्रज्ञा प्रतिष्ठानले अभिभावकको भुमिका निभाउनुपर्ने बताउदै अहिलेसम्म कलाकारहरुले सो महशुष गर्न नसकेको गुनासो ब्यक्त गरेका थिए । 

गोष्ठीमा कोशी प्रदेशका बिभिन्न कलकारले बनाएका हस्तकला, ललित कलाकाथुप्रै कलात्मक सामाग्रीहरु प्रर्दशनीमा राखिएका थिए ।  

श्राेत ः चिनारी पोस्ट

About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.