कलाकारलाई प्राथमिकता दिन जोड

 

कलाकारलाई प्राथमिकता दिन जोड

विराटनगर : प्रदेशमा ललितकला प्रतिष्ठान गठन गर्दा राजनीतिक हस्तक्षेप नगरी विशुद्ध कलाकारहरुलाई प्राथमिकता दिनु पर्नेमा विराटनगरमा सोमबार भएको कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।

नेपाल ललितकला प्रतिष्ठान काठमाडौंको आयोजना र ललितकला संगम विराटनगरको व्यवस्थापन एवम् संयोजनमा भएको कार्यक्रममा सहभागीहरुले ललितकलाको विकासको लागि प्रदेशमा प्रतिष्ठान खोलिनु पर्ने आवश्यक रहेको बताए ।

स्टर्न स्टार होटलमा भएमा कला प्रदर्शनीसहित भएको कार्यक्रममा ललितकला प्रतिष्ठानका कुलपति नारद हार्तम्छाली, प्राज्ञ सञ्जय वान्तवा, प्राज्ञ अरुणा हिङ्माङ्, ललितकला संगम विराटनगरका कोषाध्यक्ष सविन उपाध्याय, झापाका क्षितिन शेर्पाले ललितकला प्रतिष्ठान, नीति, नियम एवम् विकास सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो कार्यपत्रप्रति ललितकला संगमकी पूर्व अध्यक्ष गंगा सुवेदी र विक्रमश्रीले समीक्षा गरेका थिए । सो अवसरमा आन्तरिक सजावट विज्ञ कृति श्रेष्ठ उपाध्याय, कलाकार नूर श्रेष्ठ लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा मोरङका अतिरित्त सुनसरी, झापा, धनकुटा, तेह्रथुमका कलाकारका कलाकृतिसमेत प्रदर्शनी गरिएको थियो ।

श्राेत ःउद्घाेष

About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.