ललितकला संगम विराटनगर र प्रदेसका संस्थाहरुको परिचयात्मक कर्यपत्र - सविन उपाध्याय

प्रस्तोताः सविन उपाध्याय

वास्तुविद ईन्जिनियर

कोषाध्यक्ष

ललितकला संगम, विराटनगर


 

ललितकला संगम विराटनगर र प्रदेसका संस्थाहरुको परिचयात्मक कर्यपत्र 


सोमबार,असार १८,२०८० साल 

प्रदेश स्तरिय ललितकला गोष्ठी २०८० ,

        ललितकला सँगम बिराटनगर को स्थापना २०४३ साल  पौष २४ गते विधिवत भए को हो । कला को विकास कोलागि जन साधारण  मा अभिरुची वढाउन चित्रकला प्रदर्शन महत्वपुर्ण अङ हो । बिराटनगर मा पहिलो पल्ट बि स २०२० साल मा चित्रकला प्रदर्शन भएको हो । यसले समाज मा कला प्रती को रुची जागृत  गराए को थियो ।बि स २०२७  मा श्री गोपाल कला प्रेमी ,श्रीमती देव कुमारी थापा र श्री राम कृष्ण जोशी को संयुत प्रयास मा अरनिको कला केन्द्रको स्थापना भएको हो।त्यसै बखतमा नाफाको कोशी शाखा खोलियो । सो शाखामा नै सम्पूर्ण कलाकारहरु सकृय भएर लाग्नु भयो। थुप्रै कार्यशाला तथा प्रदर्शनीहरु पनि भए । पछी यता विराटनागरको नाफाको सो  शाखा विघटन भयो। त्यसपछि विसं २०३७  सालमा ललितकला संगम पुर्वाञ्चल भन्ने नयाँ संस्थाको स्थापना गर्ने योजना बन्यो । संस्थापक सदस्यहरुमा रामेश्वर पन्त,माधवराज आचार्य,केशराज राजवंशी,निरञ्जन खनाल,कृष्ण बहादुर श्रेष्ठ,उपेन्द्र पागल,ध्रुव नारायण डंगोल, निवास पोखरेल ,लव प्रधान,लक्ष्मण नेवटीया आदि सकृय युवाकलाकारहरु हुनु हुन्थ्यो।त्येसताका धरानमा कर्ण मास्के,मुकेश मल्ल, शिशिर योञ्जन, रण बहादुर थेगिम,उपेन्द्र पागल आदि सकृय युवाकलाकारहरु हुनु हुन्थ्यो। विसं  २०३८ र २०४५  सालमा कलासंगम भन्ने कला पत्रिका पनि प्रकासीत भयो । विसं २०४३ सालमा श्री गोपाल कलाप्रेमी को अध्यक्षतामा लालितकला संगमको विधिवत स्थापना भयो। धेरै समय संस्था श्री गोपाल कलाप्रेमी को अध्यक्षतामानै संचालित रह्यो। त्यसपछी संस्थाको अध्यक्षमा श्री गंगा सुबेदी , श्री निवास पोखरेल, श्री अनुराधा थापाले गर्नु भएको थियो। वर्तमान  अध्यक्ष श्री जय प्रकाश चौधरी हुनु हुन्छ।


ललितकला संगम विराटनगरले सबै कलाकारहरुलाई समेटी कला र कलाकार हरुको उत्थान तथा विकास,कलाकक्षा संचालन ,कला प्रदर्शनी एवं प्रतियोगिता र कला सेमिनार का साथै विराटनगरमा आर्ट ग्यालरी स्थापना गर्ने कार्यक्रमहरु पनि सम्पादन गर्दै आएको छ। यस संस्थाले आफ्नो उदेश्य प्रप्तिकोलागि सर्वप्रथम कलाको प्रचार प्रसार र  अध्ययन अध्यापनमा विश्वास राखेको हुँदा कलाकारहरुलाई अभ्यासकालागि कार्यशाला कार्यक्रम तथा प्रदर्शनिहरु गरिरहेको छ।यसकाससाथै नवोदित कलाकारहरुको हौसला एवं विकासको लागि प्रत्येक वर्ष कलाकक्षा संचालन गर्ने उदेश्य राखेको छ ।


हाल यस कोशी प्रदेसमा विभिन्न कला संस्थाहरुको ललितकलामा सकृयता बढेको पाईन्छ।जस्तै यूवा कला केन्द्र धरान, ललितकला संगम विराटनगर, ईटहरी मेट्रीक्स ईटहरी,काव्य वाटीका ईटहरी, एभेरेष्ट आर्ट फ्युजन पथरी,देही आर्ट काकडभिट्टा , युमा आर्ट ग्यालरी धरान, आदर्श बहुमुखी कला स्कुल धनकुटा , चेतना संरक्षण प्रतिष्ठान विराटनगर, जेसी मार्कल आर्ट ग्यालरी बिराटनगर ,विवेक दरसन वास्तुकला नभ प्रतिष्ठान विराटनगर ,आदि आदि छन्।


कला सभ्यताको पहिचान हो । कुनै पनि संस्कृतीको अस्तित्व कलामा टिकेको हुन्छ। सभ्यता र संस्कृतीको धरोहर को रुपमा कलालाई लिईन्छ। कला सभ्यताको विकास विरारनगरमा बामे सर्ने अवस्था मा छ ।त्यसकारण कलासभ्यता को विकासकोलागि हामिले धेरै मिहिनेत र अनुभव वटुल्न जरुरी छ।यसको विकास हामि संघ संस्था तथा प्रतिष्ठानले मात्र होईन ,सरकारका तिनै तह९ स्थानिय,प्रदेस,केन्द्र० हरु ले विशेष जोड दिन जरुरी छ।निति नियमका कुरा मात्र होईन,कार्यान्व्यनका कुरा पनि महत्वकासाथ लिन जरुरी छ्। नितिनियम तह बाट प्रज्ञा  प्रतिष्ठान  गठन गर्दा राजनितिक  हस्तक्षेप नगरि विशुद्ध  कलाकारहरुलाई प्राथमिकता दिनु जरुरी छ।धन्यवाद।



प्रस्तोताः सविन उपाध्याय

वास्तुविद ईन्जिनियर

कोषाध्यक्ष

ललितकला संगम विराटनगर



About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.