कार्यपत्र -प्रदेश १ मा चित्रकला तथा मूर्तिकलाको अवस्था -छितेन शेर्पा


छितेन शेर्पा
कला संयोजक
देहि आर्ट-काकरभिट्टा
 

कार्यपत्र -प्रदेश १ मा चित्रकला तथा मूर्तिकलाको अवस्था


२७ असार २०८०
जीवन स्मृति प्रतिष्ठान
दमक

प्रस्तावना

            भारत तथा राजधानी- काठमान्डौवाट प्रभावित साइनोर्ड पेन्टर साथै चलचित्रको पोस्टरहरूबाट प्रेरित धेरै कलाकारहरू पूर्वमा भएता पनि, यो एउटा व्यवसायिकता तिखारिएको सिप मात्र थियो ।धरानमा आदरणिय कलाकार कणर् मास्के तथा मुकेश मल्ल जस्ता कलाकारहरुको जमर्कोबाट सुरु भएको लालित्यले धरान तीसको दशक देखि नै कलामय वनिसकेको पाँउछौ । यद्यपि २०११/०१२ ताका मुंबईको सर जे जे स्कुल अफ आर्ट कलेजबाट लिलितकलामा वि. एफ. ए प्राप्त श्री सुब्बाको बसाई धरानमा अगाडि नै भएता पनि घरानले वहाँवाट केहि पाउन सकेको थिएन।


वि सं २०२५ तिर धनकुटाबाट मुकेश मल्ल विराटनगरमा झर्छन् । त्यहाँ गोपाल कलाप्रेमी, तथा ध्रुव नारायण डंगोलको संगत गरि चित्रकलाको अभ्यास गर्छन। लाइभ पेन्टिङ गर्दै हिड्छन् । २०२७ मा गोपाल कलाप्रेमी, देवकुमारी थापा तथा श्री राम कृष्ण जोशीको संयुक्त प्रयाशमा एउटा कला संस्था खोलिन्छ तर त्यसै बखत नेपाल ललितकला प्राज्ञ प्रतिष्ठानले कोशी शाखा खोल्छ जस्मा स्थानिय सबै कलाकारहरू होमिएर कार्यशालाहरूहरू गर्न थाल्छन । रामेश्वर पन्त, माधवराज आचांय, केशराज राजवंशी, निरञ्जन खनाल, कृष्ण बहादुर श्रेष्ठ, उपेन्द्र पागल, ध्रुव नारायण डंगोल, निवास पोखरेल, लव प्रधान, लक्ष्मण नेवटिया इत्यादि कलाकारहरूले तत्कालित कला साधनाको विडो थामेका थिए। तर त्यस नाफा शाखाको विघटन भयो । यति धेरै कलाकारहरुलाई एकिकृत राख्न एउटा संस्थाको जरूरी भएर कलाकार गोपाल कलाप्रेमीको अगुवाइमा जन्म भयो “ललितकला संगम“ त्यो २०४३ सालको प्रसंग थियो ।

घरान के कम, यता त २०३३ मै, युवा कला केन्द्रको अवधारण तयार थियो । श्रदेय कलाकार कर्ण मास्कको अगुवाई तथा मुकेश मल्लको दायित्वमा उभिएको युवा कला केन्द्र को छाता मुनि द्रहिला भएर उभिएका शिशिर योञ्जन, रण बहादुर थेगिम, उपेन्द्र पागल भिम सुब्बा, रमेश राई, योगेन्द्र सुब्बा लगायतका कलाकारहरु थिए । पहिलो पटक राष्ट्रिय प्रदर्शन गरिनु, धरानमा अनेक खाले कला गतिविधी गरिनु, साथ साथै २०३५/३६ ताका भारतको कालेबुङ टिकट प्रणालीमा चित्रकला प्रदर्शन गरि चित्रकलामा नौलो आयाम थप्नू जस्ता ऐतिहासिक कार्यहरू भएका थिए।

साहित्य र कलाको संगठित रूपले समाजको चते खुलाउन संरचना धेरै पटक भएको छ। त्यस्तै युवा कला केन्द्रले पूर्वमा पहिलो पटक “कला पत्रिका“ को सुरुवात गरेको थियो त्यसै प्रक्रियालाई अझ क्रियाशिल बनाउदै विराटनगरले पनि कला पत्रिका प्रकाशन सुरु गरेको थियो । त्यस प्रकाशनमा स्थानिय राज्य संयन्त्र द्वारा धेरैपटक हस्तछेप पनि भयो । देशमा राज्य र आम समाजको वीच संघर्शको दृश्य सृजना भई रहँदा कलाकारहरूले पनि व्यांगात्मक चित्रहरू बनाएर जन अन्दोलनमा आफ्नो भूमिका निर्वाह गरे।

तत्कालिन कोशी अञ्चल कलामा यति टाढा पुगि रहदा मेची आफ्नै व्यस्ततामा मस्त थियो । कलाकार उपेन्द्र पागल घरान र विराटनगरमा ओहर दोहर गरिरहँदा कहिले काही झापा पनि आउथे । वहाँ हुलाक सेवामा कार्यरत हुनुहुन्थो । चित्र पनि कोर्थे, अक्षर पनि कोर्थे । त्यहि शिलशिलामा ०३४/०३५ ताका भद्रपुरको महेन्द्र उद्यानमा चित्रकला प्रदर्शन गर्नु भयो । सम्भवत यो नै झापाको पहिलो चित्रकला प्रदर्शन थियो । यो प्रदर्शनीले धेरै यूवाहरूको मन मस्तिष्कमा ललितकलाको विजारोपण गराएको थियो ।

चित्रकलाको वेग एकोहोरो उडिरहदा मूर्तिकारहरू हातमा मार्तोल र छिनो बोकी पहरा र चहान खोप्न व्यस्त थिए । धनकुटाका श्री कृष्ण जोशी, लेटाङका, पूर्वि नेपालका पहिलो प्रतिभा पुरस्कार प्रापक श्री किराती, पाँचथरका रूद्र तुम्रोक, इलामका विष्णु राई, विराटनगरका खडग गुभाजु, उदयपुरका शिव नारायण पठडित, अगमलाल राजवंशी चारै तिर छरिएर रहेका मूर्तिकारहरू पूर्वेली मूर्तिकलाका सुरुवाती धरोहरहरु हुन । यस वाहेक पनि असंख्य परम्परागत मूर्ति बनाउने कलाकारहरूको समुदाय नै उदयपूरमा थिए र छन् । माटोबाट कास्टिङ गर्ने स्व. अरुण बडवाल पनि द्क्ष मूर्तिकार हुन्हुन्थ्यो ।

अन्तराल

झापामा उपेन्द्र पागलका चित्रहरूबाट प्रभावित भई एक युवक युवराज रिजाल राजधानी हान्निए । त्यस्तै अर्का पवन राजवंशी पनि आफ्नो परिवारको इच्छा विपरित आफ्नो शिक्षकको उत्प्रेरणामा लागेर राजधानी भागे । दुवैको इच्छा ललितकला अध्ययन गर्नु थियो तर पवन मात्र सफल भए । साना साना व्यवसायिक चित्र तथा क्यारिकेचर चित्र, व्यंग्य चित्र कोरेर गजो टार्थे पवन भने युवराज चलचित्रका पोस्टर बनाथ्ये । आफ्नो ललितकला पठन इच्छा पुरा नहुँदा युवराज झापा फर्केर आए। पवन राजवंशी ललितकला शिक्षा प्राप्त गरी राजधानीमा संघर्षमय जीवन विताई प्राज्ञ पवन राजवंशी बनि आफ्नो जन्म/ कर्म थलो झापा फर्के ।


झापा सुनसान थियो । यहाँ ललितकला कर्मी लाई अझै साइन बोर्ड पेन्टरको रूपमा हेरिनथी। त्यो पवन राजबन्सीलाई कदापि स्विकार्य भएन फल स्वरूप २०५८ सालमा एउटा सुंगुरले खिर दिदाँ पनि, मुख वङगाइरहेको व्यङ्ग चित्र छातीमा बोकेर निधारमा सिन्दुरको टिका लगाई, एक जना फोटो पत्रकारलाई लिएर बिर्तामोड परिक्रमा गरी चन्द्रगडीमा प्रशासनिक कार्यलयमा परिक्रमा गरेर राज्य प्रति विरोध तथा समाजमा एउटा कलाकारको अस्तित्व देखाउनु भयो। यो नै झापाको पहिलो भावभंगिमा कला(प्ररफोरमेन्स आर्ट) हो । 


त्यसपश्चात पवन राजवंशी, युवराज रिजाल एवं मुर्तीकार हिम्मत नेम्बाङ मिली समुह बनाए जसमा केहि युगहरूलाई समेटेको थिए नाम थियो वाचिमु-वास्तुकला, चित्रकला, मूर्तिकला । केहि आशलाग्दा कार्यक्रमहरू भए । कलाकार किरण मानन्धरको अध्यक्षतामा रहेको नाफाद्वारा पहिलो पटकको कार्यशाला त्यहि अवधिमा भएको हो । राष्ट्रिय चित्रकला प्रदर्शनमा पनि बारम्बार झापाबाट सहभागिता वढ्दै गयो ।


२०४० देखि २०५५ सम्म यस प्रदेशमा त्यस्तो उल्लेखनिय कलाकर्म हुन सकेको थिएन । केवल रंगकर्ममा उत्प्रेरित विक्रम श्री कलालाई अंगाल्दै इटहरीमा बसाई सरे पश्चात सुरु हुन्छ “काव्य बटिका एवं इटहरी म्याट्रिस, कलाकार मूर्तिहार विक्रम श्रीको सृजना मुर्ति, चित्र, शब्द तथा बोलि सबैमा देखिन्छ, त्यसैले होला वहाँले यस क्षेत्र एक खाले साम्राज्यको सृजना गर्नु भएको छ । यो सम्राज्यको ईटहरीमा सुरुवातको नौ साल सम्म गरिएको कला कार्यशालाहरू, पूर्वी नेपालमा पहिलो पटक गरिको २०५२ साल ताका भाव भंगिमा कला-एकता साथै मूर्तिकलाको बजार सृजनाले पनि हो । मुर्तिकार विक्रम श्रीलाई विशेष मूर्तिकलाको व्यवसायिकताको आधुनिकिकरण बाट चिनिन्छ । राज्यका अंगहरू, साहित्यका समुहहरु हरेक क्षेत्रमा समन्वय गर्ने दक्षता भएकोले कलाकार विक्रम श्रीको नाम र काम चारै तिर फैलिएको छ ।


यहि नाम र कामको कारणले सबै जसो कामहरू वहाँको अधिनमा रहन गयो र एक खाले मूर्तिकलाको बजार असंतुलित बनेको थियो ।


केही गतिविधीहरू स्पाक (SPAK) नामक समुहले धरानमा गरेको पाइन्छ जस्मा स्वयम प्रकाश, अरुण तामाङ, कल्याण राई तथा प्रनोद दत्त थिए । उनीहरूको समुहले अमेरिका सम्म प्रदर्शनी गरेका थिए ।
त्यहि बखत घरानमा २०५९ साल तिर कलाकार महेन्द राईले युमा फाइन आर्ट ग्यालरी खोले र त्यहाँ युवा कलाकारहरुको ओइरो लाग्यो। घरानको वर्तमान पिढीहरुको सुरुवाती शिक्षा युमा फाइन आर्ट ग्यालरीमा भएको थियो । वेला वेला घरान आउदै जाने क्रममा घरान कै निवासी तर काठमान्डौमा जागिरे कलाकार रमेश खनाल थिए। रमेश खनाल बेला बेला घरान आएर कलात्मक खैला बैला गरेर जाने गथ्र्ये । समय बित्दै जाँदा पथरीकोपनि पूर्वका नारी हस्ताक्षर सरोजा खडगीको उदय संगै निकै महारहरू फेरियो । वहाँको सक्रियतामा टिका राम राई सहित एभरेष्ट आर्ट फ्युजनको आगमन भयो जसले विभिन्न कला सम्बंधी कार्यहरू गर्यो । विशेष एभरेस्ट आर्ट फ्युजनले पूर्वमा सेरामिक को कार्यशाला तथा व्यवसायिकरणमा टेवा पुरयाएको छ । प्रदेश भरि विभिन्न खाले कला संस्थाहरू खोलिने क्रममा, मात्र केहि संस्थाहरूले उल्लेखनिय कार्य गर्न सफल भएका छन् ।


समसमायिक


प्रदेश १ को कलात्मक विगत आशलाग्दो भएता पनि अहिले पुरानी र नयाँ पिढीको वीचमा समय समन्वय छैन् । नयाँ पिंढी इन्टरनेटमा बिलिन भई सकेका छन । पुरानाहरूलाई आफ्नो विगत र विरासतको धोती समात्नु देखि फुर्सद छैन । नयाँ पुस्ता जन्मेको केहि वर्ष मै तनमन जापान पुगिसकेको हुन्छ । जापानिज एनेमे तथा मांगा कलालाई स्याहर्द देखि फुर्सद छैन। हुन पनि किन नहोस त हाम्रो पुर्वेली कला समुदायले नयाँ पुस्तालाई त्यस्तो उल्लेखनिय के हस्तान्तरण गरेका छौ र ? कहि कतै सानो सानो परिवर्तनको फिलिंगोहरु देखिन थालेको छ । २०७० साल झापाको काकडभिट्टामा सुगठित समुह देहि आर्टले स्थापना काल देखिनै अनेक नयाँ तथा पुराना पिढिहरू बीच समन्वय गरि कला कार्य गर्दै आएका छन । छितेन शेर्पाकी अगुवाइमा कलाकार सागर मगर, तुलसी श्रेष्ठ, विष्णु लिम्बु, विनोद राजवंशीहरुले हरेक वर्ष अनेक कलात्मक घरातल श्रृजना गरेका छन । जसबाट यो दर्श वर्षको अवधिमा अनेक युवा कलाकारहरु जन्माइसकेका छन् । कलाकार सविन मुखिया, रोशन सुब्वा, रीना राई, मौलिक लिम्बु सहानवाज अलि इत्यादी ।


यद्यपि विराटनगरको ललितकला संगम निदाई रहेकी चाँही छैन्, गंगा सुवेदी अनुराधा थापा, जे पी चौधरीको अध्यक्षतामा रहदै गएको ललिकला संगमको रहोवरमा रहि अनेक युवा कलाकारहरू देखिएता पनि उल्लेखनिय नाम कृति उपाधयय, नर श्रेष्ठ, उधव गुरुङ तथा वीरेन्द्र कुमार राजवंशी अब्बल रहेका छन् । यता झापा, तथा सुनसरीमा सकृय भूमिका निभाएका पछिल्ला मूर्तिकारहरू जीवन पौडेल, शशिकिरण, भक्त मेवाङ राई, धिरज राई, चतुर राजवंशी, रोजन राई, के डी देवान, मञ्जुल मितेरी, विजय श्रेष्ठ, विशन परियार, अशेष तिम्लसिता, चन्द्र लिङ्खा, गंगाधर सारु, दिप नारायण चौधरी साथै उदयपुरका राम चन्द्र पण्डित शिर्ष स्थानमा छन । पुर्वेली कलामा छुटाउनै नमिल्ने नाम मोरङ लक्ष्मीमार्गका कलाकारद्वय गणेश लामा आँशु तथा शिव छि छाङ्छा राई साथै धनकुटाका डिल्ली कृष्ण आले जो घटदो उमेरमा पनि नयाँ पिढि संग दाँजिएर काम गरिरहेका छन ।


केही सुखद समय बिती रहँदा केही दुखद समय पनि आउँछ । धरानको विगत अति जवलनशिल भएता पनि समसमायिक घरान सुनसान छ, नयाँ पिढिका आशलाग्दो युवा कलाकारहरू हेमन्त मगर, विक्रम वानेम, अर्भिन याकथुम्बा, विजेन राई इत्यादि विदेश या काठमान्डौ पलायन भइ सकेका छन् । कलाकार लेख मगरले चित्र बिररैले बनाउछन र मूर्तिकार धनु यख्खा राज्धानी बस्छन जस्को अगुवाइमा दुईवटा मुख्य मूर्तिकलाको कार्यशाला तालतालैया तथा भाउन्ने, लक्षिम्मार्गमा सप्पन्न भएको थियो।


२०६७ साल पथरीका कलाकार सरोजा खडगीको सवल प्रयाशले पूर्वको पहिलो ललितकला पठनपाठन हुने ११/१२ कक्षा श्री पञ्चायत मा.वि मा सुरु भएको छ । यस सुरुवाती क्रममा दमक झापाका प्रतिभाशाली युवा डिजाइनर अभिशेक दास साथै युवा कलाकार सञ्जु मगरले सहयोग पुयाई रहेका छन् ।


त्यसैको दुई वर्ष पछि देहि आर्ट तथा इस्ट होराइजनको संयुक्त अभ्यासबाट पूर्वमा दोस्रा ललितकलाको शैक्षिक पठनपाठन संचालन भएको छ जसमा मूर्तिकार विजय श्रेष्ठ, कलाकार छितेन शेर्पा तथा रोशन सुब्वा व्यस्त छन् । आउँदो भविष्यमा अवस्य पनि यस पाठशालाबाट धेरै पुर्वेली सोचहरू अवतरित हुनेछन्।


समापन

कला र कलाकारहरू अघि बढि रहँदा राज्यबाट सक्दो सहयोग मिलि रहेको छैन। नेपाली कलाको शिर्षस्थ मानिने संस्था नाफा त भुत्ते भैसकेको अवस्था छ । जताततै राजनैतिक अतिक्रमण भई रहँदा कम बोल्ने कलाकारहरू पछि परिरहेको देखिन्छ ।

० कला बजार बनिन पर्ने गुनासो हुँदाहुँदै गर्दा यहाँ बजार समुहगत नभै बढी व्यक्तिगत भएको छ।राजनैतिक अतिक्रमणवाट बनिरहेको प्रतिष्ठानहरूमा वढि वोल्न जमातहरू हावी भइरहेका छन् । त्यसैले कलाकारहरूले पनि बोल्न र लेख्न सिक्न पछि नत्र एउटा कुनामा बसेर तिरस्कृत हुन् र मानसिक बनावमा वस्न शिवाय केहि हुने छैन । 


यो कार्यपत्र संग सँग प्रदेश सरकारले के हेक्का राख्नु होला । साहित्य संग जोडिएको कला स्वतन्त्र बन्न सक्दैन । साहित्य अक्षरहरू र भावनाको मेलले वन्छ । र अक्षर कालो हुन्छ । यद्यपि कलामा असंख्य रंगहरु हुन्छन् । कसरी कला एउटै कालो रंग संग समेटिएर वस्न सक्छ, त्यहाँ बिद्रोहको जन्म हुन्छ नै । साहित्य र कलाको समिश्रणबाट बन्ने कलाको नाम “पोस्टर कला हो । र पोस्टर कला वाट कालन्तर रूपमा, सूचना प्रवाह र जन जागरण फैलाउने कार्य भएको छ । पोस्टर कलामा जस्तै साहित्य र कलाको समान उत्प्रेरणा मिलाएर सन्तुलन मिलाउन पर्ने जरूरी छ। नत्र विराटनगरको ललितकला संगमको डाटा संकलन अनुसार पूर्वमा १६५ भन्दा कलाकारहरू रहेका छन् जाबो एउटा छुटै अवधारण रहेको प्रतिष्ठान त अवश्य वन्ला नी... ।


मित्रगण... आज हामी जीवन आचार्यको प्रङ्गणमा साहित्य र कलाको कित्ताकाट गर्ने कुरा गरिरहँदा वहाँको आत्मालाई पक्कै टेस पुग्ला किनकी स्व. जिवन कला र साहित्यका मिलन बिन्दु थिए । तसर्थ बोलिरहने साहित्यले कम बोल्ने कलालाई समान भाव राख्न पर्छ अनि त, कलाले पनि अक्षरहरुलाई कालो बहेक अरु रंगहरुले पोतिदिनेछन । अनि साहित्य रंगिन बन्छ । जयकला ।


छितेन शेर्पा
कला संयोजक
देहि आर्ट-काकरभिट्टा

सन्दर्भ स्रोत
मुकेश मल्ल- काठमाडौ
प्रनोद दत्त- घरान
विक्रम श्री - इटहरी
महेन्द्र राई- धरान
पवन राजवंशी- झापा
युवराज रिजाल - झापा
सबिन उपाध्यय - विराटनगर









About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.