पुनजागरण कालका तीन महान कलाकारहरू - निवास पोखरेल

 


-निवास पोखरेल
पूर्व अध्यक्ष 

ललितकला संगम ,विराटनगर


पुनजागरण कालका तीन महान कलाकारहरू


कला संगम २०३८


    सन् १४५३ को वैजनटाइनको पतनले युनानी कला संस्कृतिको केन्द्र भएको कुस्तुनतुनिया (Constantinople) बाट विद्वान, कलाकार एवं बैज्ञानिकहरूले पश्चिमी यूरोपका सहरहरूमा शरण लिन पुगे । एक ठूलो बौद्धिक जमातको स्थानान्तरणले पश्चिमी यूरोपको परम्पराको नयां मोड लियो । घटनाले यस यूरोपमा त खास परिवर्तन र जागरण ल्यायो नै यसको साथ विश्वका अन्य देशहरू पनि प्रभाबित भए । जस्को फलस्वरूप पतनोभिमुख भएको यूनानी एवं रोमन कला सँस्कृतिको पुनरोत्थान भयो र विश्वमै एक नयाँ मोड ल्याएकोले यसलाई पुनरजागरण (Renaissance) को संज्ञा दिएको पाइन्छ । यस समयमा बौद्धिक, दार्शनिक, वैज्ञानिक, व्यपारिक, भौगोलिकको साथ कला (चित्रकला समेतमा ) महत्वपूर्ण जागरण तथा अन्वेषण भयो र त्यति बेलाका कला कृतिहरूले आज पनि विश्वमा आफ्नै तरि- काले ठूलो स्थान ओगटेका छन । यसै कलाका कलाकारहरुमध्ये ३ जना कलाकार लियोनार्डो द विन्ची, माइकेल एन्जेलो र राफेल हरुले पुनरजागरणमा कलाकारिताको क्षेत्रमा नेतृत्व गरेको पाइन्छ ।


यस समयका मानिसमा स्वतन्त्र विचार गर्ने प्रवृत्ति आइसकेको हूदा वैजनटाइनी परम्परालाई त्यागेर कलाकारहरुले आफ्नो स्वतन्त्र • विचाराभिव्यक्तको साथै मौलिक परम्परा कायम हुन गयो ।

पुनरजागरण कालमा यूरोपका अन्य देशका अपेक्षा इटालीले खास स्थान पाएको छ । यस्को एक कारण के हो भने उक्त समयमा इटालीका ल्फोरेन्स र वेतोस का राजपरिवारका सदस्यहरु आफूलाई कलाकार भनाउन रुचाउथे । यस प्रकार राज परिवार बाट प्रोत्साहित भएको हुदा कलाकारीतामा इटालीले एन्जेलो, विश्वो, राफेल जस्ता प्रतिभाशाली कलाकारहरु इटालीले जन्मायो जस्ले विश्वमा चित्रकला एवं मूर्तिकलामा नौला प्रयोगहरू गरि नयाँ परम्परा स्थापना गरे ।

पुनरजागरणकालको कलाकारिता नेतृत्व गर्ने प्रमुख कलाकारहरु मध्येका सर्व प्रथम माइकेल एञ्जेल [ सन् १४७५- १५६४ ] हुन भन्ने कुरा सर्व व्यापि छ । उनी सफल कलाकार [ चित्रकार ] त थिए नै यस्को अलावा सफल मूर्तिकारको साथै Architect पनि थिए । उनका चित्रहरूमा सुन्दरताको अभि- व्यक्ति भएको पाइन्छ भने त्यसमा शक्तिको प्रवाह पनि हुन्छ । जरको अभिव्यक्तको निमत्त उनले नग्न पुरुषको चित्र बनाउन उनी रूचाउथे । यस्को खास कारण मानव आकृति इश्वरीय देन र संप्रभुताको सफल अभिब्यक्ति हो भन्ने धारणा उनमा हुनु हो । माइकेल एन्जेलोले मानव शरीरको गहिरो अध्ययन गरेका थिए । ताकि शरीरको चित्रण गर्दा सफलता पाइयोस । "श्चित मस्तिकले बनाइन्छ नकि हातले" भन्ने उनको धारणा थियो, जसले गर्दा उनका पाइएका सयौ चित्रहरुमा सफल चित्रकारी र सुन्दरताको साथै अदृश्य शक्ति, दु खान्त एवं धार्मिक मनोदसाको अभिव्यक्ति 

पाइन्छ ।  उनले जतिसु सवल एवं सशक्त कला निर्माण गरेका भए पनि समकालीन समाजले प्रशंसा नगर्दा उनको जीवन ने नैराश्य भावनाले पीडित थियो । लामो जीवन अवधीमा बना- एका हजारों कलाकृतिमध्ये devid नामक सङ्गबरमरमा बनाएको मूर्ति ज्यादै प्रख्यात छ | यो नग्न मानव शरिरको चितन मरिएको मूर्ति थियो । यस्तै विस (२०) बर्ष लगाएर बनाएको "अन्तिम निर्णये" भन्ने चित्र उत्तिनै प्रख्यात र महत्वपूर्ण छ । जसमा मानिस भएर अतंकबाट त्रासित छ उसलाई दया र प्रेम को कुनै आशावाट पनि बञ्चित नै रहेको हुन्छ भन्ने अनुमान हुन्छ । जीवनको अन्तिम अवधिको ४ वर्षमाँ रोमको Vatican city रहेको "सिस्टाइन च्यापेल' को पूरा छत र भित्ताहरूमा उनले भित्ते चित्रहरू बनाएका थिए । उनका नग्न मानव शरीरका चित्रहरू जस्मा शक्तिको प्रदर्शन हुन्छ र धार्मिक भावनाले प्रेरित भै बनाएका ठूला ठूला देवी देवताका साथ ठूला-ठूला भित्त चित्रहरु बनाएको पाइन्छ । माइकल एञ्जेलोको सम्वन्धमा परिजमी प्रसिद्ध उपन्यासकार इरविङ्ग स्टोनले आफ्नो “एगोनी एण्ड एक्स्टेसी" भन्ने उपन्यासमा उनको जीवनीलाई प्रभावपूर्ण तरिकाले प्रस्तुत गरेका छन् ।

पूनरजागरण कालमा तीन प्रमुख कलाकारमध्ये लियो नार्दो द विचि (१४५२-१५१९) दोश्रो प्रमुख कलाकार हुन । उनि एक अग्रगामी चित्रकार त थिएने यस्को अलावा मूर्तिकार, वैज्ञानिक, विचारक ईञ्जनियर र गणितज्ञ पनि थिए । वेञ्वी गहिरो अध्ययन गर्ने प्रवृतिका हुनाले मानव शरिरको विश्तृत अध्ययन गरेका थिए । र उनी मानव शरीरको बनावटबाट मुग्ध थिए ।

यसले उनको यो थियो भनाइ यो " कृपालु प्रकृति यस कु·मा ध्यानाकष्ठ गराउँछ कि" तिमी जहाँ जाउ कुनै न कुतं चिज शि" साथै उनी यो पनि भन्दथे कि बराव र संकुचित विचारका अयोग्य मानिस यस योग्य हुदैन कि मानव शरिर एक पेचिदो अस्थिपञ्जरबाट बनेको सुन्दर उबलाई दिइयोस यसले त एक धोको पाउनु पछ कुरा हाल्नु र निकाल्नु मात्र गरोस, पिन भने ल भन्दा अरू केही होइन । यस धारणाले होला उनी सुन्दर सुन्दर चित्रहरूको निर्माण गर्दथे जबा -प्रतिको उनका मानव शरिर मुग्धता रहेको स्पष्ट पाइन्छ । उनी पूरणका एक प्रमुख अगुवा प्रतिभा सम्पन्न व्यक्ति भएता पनि उनका प्रायः यसो चित्रहरू अपूर्ण न पाइन्छ । विश्व प्रसिद्ध दाविन्चीको कृति " मोनालिसा" हो । जुम बनाउदा उनलाई ४ बर्ष लाग्यो यसवा हतिको ड्राइङ्गमा पूर्णता पाईन्छ र यसको सुन्दरता रहस्यमय मुस्कानमा कला परखीहरुले अनेकौं अडकल काटेका छन भने यमलाई पनि कता न कता अपूगं रहेको अनुभब गर्दछन । जेहोस लियोनार्डो द विन्चीले चित्रकारितामा एक अग्रीम भूमिका अदा गरेका छन् । उनको स्वतन्त्र शैली नयाँ प्रयोगलेले मे उनीलाई पुनरजागरणका अग्रज भनिन्छन । माइकेल एन्जेलों जस्तै पुनरजाग- रण कालमा एक अर्का प्रमुख कलाकार हुन राफेल

 ( १४६३ - १५२० ) उनले आफ्नो छोटो ३७ वर्षको जीवन अवधिमा धेरै राम्रो चिवहरू बनाए । उनी कलामा सुन्दरता भने राम्रा स्वास्नी मानिसहरुलाई मोडेलको रूपमा लिने गर्थे । आमाको काखमा बसेको वच्चा बनाउनु उनको रुचिकर विषय थियो । यसो गर्नुको तात्पर्य इशुलाई उनको आफ्नो आमाको काखमा वसेको अनुभव ग एक दिन राफेल घुम्दै गर्दा एक झोपडिमा आफ्नो बच्चालाई काखमा लिएकी स्वास्नीमानिसबाट उनी यति प्रभावित भएकी जुन दृश्यले "विश्व प्रसिद्ध सिस्टाइन मेडोन। " बनाउने प्रेरणा पाई सफल पनि भए ।


    राफेल पूर्ण प्रतिभा सम्पन्न शिल्पी र दैविक चित्रकार [divine painter] थिए । उनी यति सफल. कलाकार थिए कि माइकेल एञ्जेलो समेतले उनको ठूलो प्रशंसा गरेका छन् राफेलको चित्र शैली हेर्दा ज्यादै सरल देखिन्छ तर अरू कलाकार- हरुले उनको शैली अनुकरण गर्न उतिनै कठिन अनुभव गरेका छन् ।

यसरी पुनरजागरण कालका यी तीन युग परिवर्तनकारी कलाकारहरूले कलामा जुन एउटा नयाँ मोड ल्याइ विश्वमा यस्तो अमीट प्रभाव छाडेर गए कि आज तीनसय बर्षभन्दा वढी समयमा पनि मानिसहरू तिनका कला कृतिहरूको प्रसंशा गरेर थाक्तैनन् ।



स्रोत ः ललितकला संगम द्वारा प्रकाशित  , कला संगम २०३८ (पेज नम्बर १६ देखी पेज २० सम्म )



About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.