-गोपाल 'कलाप्रेमी'
संस्थापक अध्यक्ष
ललितकला संगम विराटनगर
आधुनिक कलाको संक्षीप्त परिचय
यस लेखमा आधुनिक कला [Modern Art] शब्दको प्रयोग फ्रान्समा १६ औं शताब्दीको उत्तरार्द्धमा शुरू भएको प्रभाववाद भन्दा यताका कला आन्दोलन तथा शैलीहरूका लागि गरिएको छ । श्राधनिक कला मेनारम्भ प्रभावबाद (इम्प्रेशनिज्म ) देखि शुरु हुन्छ । प्रभाववाद भन्दा पहिले कुर्खेत र मनेले शास्त्रीयबाद (Classicism) र रोमाञ्चवादहरूको प्रतिकल प्रकृतिवाद ( नेचुरलिज्म ) लाई लिएर अघि बढे । प्रकृतिवाद समतल मैदानको भूचित्रणसम्म पुग्यो। यसको मुख्य ध्येय थियो रंग हब र प्रकाशको समस्या अभिब्यक्त गनु । इतिहास शास्त्रीय परम्परा र प्रकृतिवादको विपरीत प्रभाववादको १८७० इ तिर फ्रान्समा शुरू भयो । प्रभाववादको नाम मोने [ क्लाउड मोने ] कां "सूर्योदय" शिर्षकको चित्र जस्लाइ "प्रभाव" भनियों स्वसैबाट रहन गएको हो । प्रभाववादीहरूको आधारभूत ध्येय थियो प्रकृतिमा पाइने वस्तुको तत्कालिन प्रभावलाई चित्रण शत्रु, प्रभावबादीहरूले खास गरेर प्राकृतिक र प्रकाशमा प्रकृतिको तीब्र रूपले बदलिदो झलकलाई दर्शाउने प्रयत्न गर्न थाले । यस ग्रुपका कलाकारहरुले प्रकाशको प्रभाव चित्रण गर्न सतरंग [ स्पेक्ट्रम ] मा
पाइने विशुद्ध रंगहरूको बढी प्रयोग गर्न थाले । उनीहरूले बस्तुहरूको स्पष्ट आकार दिएनन तथा विस्तारहरू (डिटेल्स) पनि चित्रण गर्न छाडे । वास्तवमा प्रभावबादीहरुको उद्देश्य "टोन" र रंगको सही विश्लेषण गरेर र बस्तुको धरातलमा प्रकाश को प्रभावको चित्रण गरेर बढी प्रकृतिबाद [ नेचुरलिज्म ] प्राप्त गर्नु थियो । यसो हुँदा ब्रसका मसिनो रेखाहरूको सट्टा लहरदार रेखा वा थुप्राएर वा ब्रसका धन्व व्दारो चित्रण गर्न थाले, जस्लाइ ठीक दुरीबाट हेर्दा भने जस्तो प्रभाव दिन्छ यस स्कूल सँग सम्बन्धित प्रमुख कला- कारहरू हुन क्लाइड मोने, रेतोआ पिसारो, डेगास, सेजान, पातिस, सुरात, सिगनेक, वोनाडं आदो । प्रभावबादी आन्दोलनबाटै उत्तर प्रभाववाद ( पोस्टइश- निज्म) ले जन्म लियो । जसले पेण्टिङ्गमा सर्व पुराना सिद्धान्त र मान्यताहरूको विरुद्धमा तिब्र प्रतिक्रिया जनायो । यस दल का अनुयायीहरूले प्रकृतिको चित्रण गर्नको सट्टा भावनाहरुलाई आकृति र रंगव्दारा अभिव्यक्त गर्न थाले । भ्यान गग, सुरात, गोगाँ आदी प्रमुख उत्तर प्रभावबादी कलाकार हुन् । यो उत्तर प्रभाव- बादी कलाकारले पुराना प्रसिद्ध कलाकारहरु [old Masters ] हरूको र प्रभावबादी दुवैबाट केही समिश्रणको रूपमा ग्रहण गरी प्रयोग गरे । परीणाम स्वरुप त्यस्तो कलाको सिर्जना भयो जस्ले
प्रभावबादी रँगलाई अगाडि बढायो तर अरूमा भने बेग्लै पथमा चल्यो । प्रभावबाद पछि आउँछ फविज्म बस इकूलका कला- बारहरूका कृतिहरू पूर्ण विरूपणयुक्त र समतल बनोटयुक्त र भडकिलो रंगमा बनाइएकोले दर्शकमा एउटा आक्रोश ल्यायो ] एक जना समालोचकले यो फविष्ट बलाकारहरुको १९५० मा भएको एउटा कला प्रदर्शनी हेरेर बन्य पध ( Les Fauves अर्थात The wild beasts ) भन्ने संज्ञा दिए । यसैबाट फविज्मले जन्म लियो । यस बेलका अग्रगण्य नेता थिए हेनरी मातिस । यस दलका अरु कलाकारहरु भ्त्यामिक, रोउल्ट मार्के,डेरेन आदी हुन् ।
यस पछिको अर्को तर श्राधुनिक कला आन्दोलनको ज्यादै महत्वपूर्ण कला आन्दोलनको रुपमा धनवादी कला (Cusbism) ले जन्म लियो । यथार्थवादी कलालाई प्राधुनिकता तिर मोड्न विवादको जुन स्थान छ, आधुनिक कलालाई सूक्ष्म रूप ( एब्स्ट्रक्ट ) दिन धनवादी कलाको उही स्थान बिसौं शताब्दिीका वला नै सर्वोपरी छ र घनवादी क्ला ने सूक्ष्म कलाको जन्मदाता हो । धनबादी कलाले १६०७ इ० तिर विशेष गरेर उत्तर प्रभाववादी कलाकार सेजानको चितहरू र निग्रो आर्ट वाट प्रभावित भएर, पिकासो र जर्ज ब्रोंकको प्रयासमा जन्म लियो । सेजानले आफ्नो चित्र आकृतिहरूलाई केहि ज्यामितीय रूप दिन खोजेका थिए । यसैलाई आधार बनाएर धनबादी कला, विभिन्न यामितीय आकृतिहरुमा बनाइए । अर्थात धनवादी कलाकारहरूको ज्या बस्तुको यथार्थ रूपलाई एकदम विरूप बनाइदिए । यसरी
बनाइएका चित्रहरूमा बस्तुलाई प्रष्ट भयो । छुटयाउन नसकिने समेत यसो गर्नुमा पनि उनीहरूले केहि आधारभूत लिए । धनवादीहरूले एउटा बस्तुको बिभिन्न सिद्धान्त दृश्यहरूलाई एकमाथि अर्को पर्ने गरी राखेर बस्तुको एउटा भागको मात्र चित्रित गर्नुको सट्टा सकेसम्म बस्तुको सबै भाग देखाउने गरी चित्रित गर्न थाले । यसरी विभिस्त दृश्य एकसाथ र ख्दा चित्रित बस्तुको सही विश्लेषण वा अध्ययन भयो भने अर्कोतिर बो अमूर्त बन्न गयो । विकासोको "पॉजोली" र डक्याम्पको "न्यूड डिसेन्डीङ्ग ए स्टेयर केश" यस शैलीका प्रमुख उदाहरण हुन् । शुरूका धनवादीहरूमा ग्रीस, लेगर डेलोने र डेरेत आउँदछन । धनवादी कलाको एउटा चरणलाई विश्लेषणात्मक धनवाद ( एना- लिटीकल क्यूबिज्म ) भनिन्छ । यस चरणका कलाकृतिलाई भएको कलाकारहरूले दुई ज्यामितीय आयाम आकृति मा बीचको अग्रभूमि र पृष्ट भूमिलाई सँगै पर्ने गरी राखी चित्रित गरे । यसरी धनबादीको चित्रमा 'धन' ( तीन आयाम भएको) नाम रहे पनि यस बेलासम्म चित्रमा दुइ आयाम मात्र चित्रित भएको पाइन्छ । करीव १६१३ पछि गएर मात्र यस्ले परिष्कृय धनवाद [सिन्थेटिक क्यूबिज्म ] को रूप लियो । यसम! श्राकृतिहरूलाई, तेजीलो रंग र टेक्सचर भएको आलंकारिक सतहमा पुनः एकीकरण गरेर चित्रित गरिन थालियो ।
धनबादकै समयमा १९०९ तिर जन्मेर विश्वयुद्धको बेलामा १६१५ तिर समाप्त हुने अर्को कला आन्दोलन थियो 'भविष्य वद' (फ्यूचर्रीज्म) । भविष्यबादी क्लालाई मेशीनसँ जोडियो रमेशीनको गुणगान बणन गरियो । भाविष्यबादीहरु मेशोन अथवा आकृतिहरूलाई वास्तविक गतिमं चित्रित गर्न चाहन्थे । भविष्यवादीहरूको बिचार थियो कि तेज दगुर्दै गरेको घोडाको खुट्ट ४ वटा मात्र नभइ २० वटा हुन्छ र यसै अनुरूप उनीहरु चित्रण गर्दथे ।
आधुनिक कलाको अर्को वर्गमा ! दादाबाद' लाई राख्न सकिन्छ । दादाबादको जन्म १६१६ मा जुरीचमा केही लेखकहरु र कलाकारहरुव्दारा भयो । विश्वयुद्धकालमा जन्मेको यो कला आन्दोलनको पृष्टभूमि थियो सामाजिक असतोष तथा युद्ध पीडा, जस्को यिनीहरुले घोर बिरोध गरे । दादावादीहरूले परम्परागत कला र शास्त्रीय कला ( एकेडेमिक ऑर्ट ) लाई, यो कलाकारहरूले पनि युद्धका लागि जिम्मेवार तत्वहरूकै प्रतिनिधित्व गर्दछन भनी अस्वीस्कार तथा निन्दा गरे । नकारात्मक प्रवृत्ति लिएको दादा- बाद जानाजान कला-विरोधी र चेतना बिरोधी आन्दोलन थियो जसको उद्देश्य यिनीहरू माथि आघात गर्नु र आक्षेप गर्नु थियो । यस्तै उद्देश्य लिएर Duchamp ले 'मोनालिसा' को चित्रमा जुंगा राखेर चित्रित गरे । दादाबाद करीब १६२२ सम्म मात्र जीवित रहन सक्यो । प्रमुख दादाबादी कलाकारहरूमा Duchamp, हेन्स आर्प आदि आउँदछन ।
फ्रायडको अर्ध चेतनावस्था तथा स्वप्न बिश्लेषणमा आधारित दादाबाद के हाँगाको रूपमा अति यथार्थबाद कला
ले जन्म लियो । दादाबादको विपरीत अति यथार्थवादी कला- कारहरू प्राय गरेर खास टेक्नीक अर्थात चिल्लो सावधानी पूर्वक रंगको प्रयोग र एउटा बहुत अथाह गहिराइको भ्रम उत्पन्न हुने किसिमको प्रयोग गर्दछन । कतिपय अति यथार्थवादी चित्रमा अयथाथ र आश्चर्यजनक बस्तुहरूको समूहको चित्रण गरिएको हुन्छ । अति यथार्थबांदी कलाको विषय बस्तुमा स्वप्नको संसार हुने गर्दछ । अति यथार्थ बांदले दुइवटा मोड लियो । एउटा पूर्ण कल्पना युक्त र अर्को स्वप्न ससारको बिस्तृत रचना 1 यस स्कूलका प्रमुख कलाकारहरू हुन् माकं श्यागल, हान्स आप व्याक्स प्रर्नेक्ट, ड.ली, क्ली, छोन मिरो आदी हुन् ।
अभिब्यञ्जनबाद [Expressionism] मा कलाकारले आफूले बस्तु जगतमा ग्रहण गरेको अनुभूतिलाई व्यक्त गर्न खोज्दा यस्तो अभिव्यक्ति, आकृति, रंग, स्थान र अन्य प्राकृतिक वस्तु हरुलाई बिरूपण गरेर तथा अव्यवस्थित तुलिका घातद्वारा तीब्र सँयोग व्यक्त गर्नका लागि गरीन्छ । अभिव्यञ्जनाबाद युरोपमा खास गरेर जर्मनीमा शुरू भयो । अभिव्यक्ति बाद अन्तरगत जर्मनीमा Ernst Kirchner ₹ Emil Nolde समेत भएको “The Bridge' Paul Klee Wassily Kandinsky a भएको “Blue Rider" जस्ता मुख्य ग्रुप देखा परे । अभिव्यक्तवाद · (Expressionisun ) शब्दको आविष्कार केन्डिन्स्क ले नै गरेका हुन् प्रारम्भिक अभिव्यक्तिबादीहरू भ्यान गग, गोगा, मंच जस्ता कलाकारहरूवाट रंग, प्राचीन र लोककलाबाट अभिव्यक्तिको आकार ग्रहण गरे ।
अभिव्यक्तिवादले नै पछि गएर अमूर्त अभिव्यक्त बाद
(एल्स्ट्रक्ट इक्स शनिज्म) को रूप लियो | अभिव्यक्तवादले अमेरीकामा जन्मेको अमृतंवाद र अभिव्य तबादको सम्मिश्रण भएको अमूर्त अभिव्यक्तवादलाई प्रेरित गन्यो ।
यसबेलासम्म कलाको विकास र गतिविधि युरोपमा सीमित थियो तर अब अमेरीका कलाको राजधानी वन्न पुग्यो । अमूर्त अभिब्यक्तबदिले "एक्सन पेण्टिङ्ग" को बाटो लियो । यस नयाँ अमेरीकी कला आन्दोलनका प्रमुख हुन जैक्सन पोलोक र आंद्रे मेसो । एक्शन पेण्टिङ्गमा रँगलाई क्यानभासमा फैलाइन्छ वा स्वतन्त्रतापूर्वक रंग लगाउँदै जान्छ । यस्तो चित्रणमा के मानिन्छ भने कि अवचेतन मनले कार्य गर्दछ र कला शृजना हुन्छ ।
यस बाहेक अमेरीकामा आँप र पोप कला आन्दोलन पनि चल्यो । आँप आर्टको सम्बन्ध आँखालाई तिर्मिराउने वा अवचित पानु (optical illusionism ) सँग छ यस्तो चित्र वर्गाकार बृतहरू, चक्रहरु आदी रूपमा हुन्छ । पोप आर्ट कला र सङ्गीतको क्षेत्रमा निकै चर्चित रहयो । पहिले व्यबसायिक कला भनेर तल्लो स्थान दिइएको कलालाई पोप आर्टले राम्रो मान् र मान्यता पायो । लोकपृय बस्तुहरूको विज्ञापन चित्रहरूको नकल, सिनेमा नायिकाहरुको यथार्थ तस्वीरहरुलाई कलाको नाउँमा रोपम प्रस्तुत गरियो ।
यस बाहेक पनि बेला बेलामा बिभिन्न कला गतिविधि सुनिन्छ ।
0 Reviews:
Thank You For Comments !