नेपाली कलाको एक पक्ष - मैथिल लोककलाःएससी सुमन

 


ठुलो आँखा, ठाडो नाक, कालो लामो कपाल, रंग र रेखाको माध्यमबाट सृजित आकृति हेर्दा आकर्षक, मनमोहक, सहज भावले ओत-प्रोत जो सुकैलाई पनि सहजै आकर्षित गर्ने गोबर माटोले लिपी रंगीन माटो र प्राकृतिक रंग ले सजिएका भित्ता मैथिल गाउँ घरमा सजिलै देख्न सकिन्छ । त्रेता युगीन राजा जनक को राज्य, सीताको जन्मभूमि मिथिलाको हिन्दू समाजमा आफ्नो गौरबमय इतिहास र महत्वपूर्ण स्थान छ ।

नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको धनी देश मानिन्छ । विश्व समुदायले नेपाललाई चिन्ने थुप्रै आधारहरू छन् । मुख्यतया नेपाल हिमालीराज्य सर्वोच्य शिवर सगरमाथाको देश वा गौतम बुद्धको जन्मथलो । तर यहाँको संस्कृतिक विविधता र विशिष्टता साँचो अर्थमा हाम्रो मौलिक विशेषता हो । यस मध्ये प्राचीन कालमा कला-संस्कृति र ज्ञान - विज्ञान को अत्यन्तै उर्वर भूमि मिथिलाको संस्कृतिलाई पनि प्रमुख मान्न सकिन्छ । मैथिली संस्कृति एउटा सम्पन्न र समृद्धशाली संस्कृति को रूपमा सम्पूर्ण विश्वमा आफ्नो अस्तित्व र अस्मिता स्थापित गरेको कुरा सर्व विदित प्रचलित पहिरन, खान-पान, जीवन शैली, आचार-विचार, आचरण, शिष्टाचार, लौकिक-व्यवहार, लोकोत्सव, लोक गीत लोक-कथा, लोक गाथा र लोक कला आदिको एउटा सम्पूर्ण विम्व मानस पटलमा जीबन्त भएर अंकित हुन थाल्छ ।

कुनै पनि समाजको कला-संस्कृति समुन्त भएमा त्यहाँको नागरिक समृद्ध हुन सक्छन्, भन्ने मान्यतालाई आजको समाजले स्वीकार गरिसकेको छ । तसर्थ कलाको विविध पक्षलाई त्यहाँ, धार्मिक, समाजिक, सांस्कृतिक जीवनका कृया कलाप प्रत्यक्ष रूपले जोडेर आधावधि जीवन्त राखिएको छ । हजारौं वर्ष देखि यहाँको संस्कृति पुस्तौं - पुस्ता हस्तान्तरण हुदै आजसम्म बाँधि रहेको संस्कृतिलाई आजपनि झल्काउने विविध पक्षमध्ये मिथिला चित्रकला पनि एक एक हो ।

मिथलाका घरका भित्ता, खम्बा, भूईं, द्वार आगँन आदि ठाउँ परम्परागत चित्रकलाले सजिएका हुन्छन् । मुण्डन, विवाह, उपनयन, जस्ता कर्मकाण्ड तथा दिपावली, श्रीपंचमी, भ्रातृ द्धितीया, चौथ चन्द, छठ, जस्ता धार्मिक-संस्कृतिक पर्वहरूमा यस्ता चित्रकलाले घर सिंगार्ने परम्परा रहिआएको छ । शिव-पार्वती, गणेश, रामसीता, राधाकृष्ण, काली-दुर्गा जस्ता देवी-देवता, हात्ती, सुगा, मयूर, गाई, घोड़ा माछा जस्ता पशुपन्छि लगायत फल-फूल, नदी-नाला, पर्वत, वृक्ष तथा अन्य विभिन्न आकृति


र विभिन्न पौराणिक घटनाहरूले चित्र चित्रण गरिन्छ । हिन्दू धार्मिक ग्रन्थ तथा पुराण यस कलाको मूल स्रोत हो यी चित्र सौन्दर्यका लागी मात्र कोरिदैनन्, यसमा सृजना को लक्ष पनि हुन्छ । यस कलामा प्रतीकात्मक को ठूलो भूमिका हुन्छ । यस चित्रकला को प्रयोग कुनै पूजा अनुष्ठान गर्दा भूँई गोवर माटो ले लिपि, चामललाई भिजाई, मिसी बनाइएको घोल बाट औंला को सहारा ले बनाइने अल्पना चित्र (अरिपण), कोहवर अथवा नव विवाहित दम्पतिको सुत्ने कोठा मा नव वर-वधुको भावना जागृत गर ाउने दृष्टिले प्रतीकात्मक रूपमा बनाइने भित्ते चित्रहरूको अनिवार्यता ले यस कुराको पुष्टि हुन्छ । दिपावली समृद्धि र राम्रो भाग्य को प्रतिक मानिने हात्ती, मयूर र लक्ष्मी-गणेशको चित्र गरिन्छ भने दशैं मा भगवती काली-दुर्गाको चित्रण गरिन्छ । विवाह को अवसर मा पालकीमा बसिरहेका दुलहा दुलही, वरिपरि बसिरहेका मानिसहरूको चित्र जस्ता अनेक चित्र बनाइन्छ । यस्ता चित्रमा विवाह समारोहको रक्षा र सफलताको लागि चन्द्र, सूर्य, नव ग्रह लगायत देवी-देवता को चित्रण गरिन्छ । यसरी सामाजिक-धार्मिक अवसरमा बनाइने अनेक चित्रहरू मिथला संस्कृतिको अभिनन अंग हो । यहाँ हात्ती-गणेश शुभ र बैभवको प्रतिक मानिन्छ भने बांस वंशजको, कमल, कोमलता सौन्दर्यको प्रतिक मानिन्छ । तसर्थ बाँस र कमलको चित्रण गरेर सफल दाम्पत्यको भाव प्रकट गरिने गरिन्छ । कदम, वृक्ष प्रेमको प्रतिक हो भने माछा, कछुवा उत्पादन शक्ति र शुभ साइत को । सुगाले गुरू र मित्रको संकेत गर्दछ ।

घरको प्रवेशद्वार आगंनदेखि गोठघर सम्म भूईमा धार्मिक अनुष्ठान का लागि षट्कोण, स्वस्तिक आदि अनेक रेखाचित्र बनाइएको पाइन्छ । घर मा ओहोर-दोहोर गर्दा यस्तो चित्र शुभ संकेत भएकाले यसको अनिवार्यता परम्परागत मैथली संस्कृतिमा कायम रहिआएको छ । मैथली लोक कला को मूल आकार पैराणिक कथा हुँदा हुँदै यो कला यतिमा मात्र सीमित छैन्, यसमा कलाकारको आफ्नो मौलिक कल्पना, अनुभव, समस्या, समाधान, जीवनशैली, सामाजिक क्रिया-कलापको चित्रण कलामा प्रयोग हुने रंग परम्परागत र प्राकृतिक हुन्छ । चामल को पिठो वाट सेतो रंग, धुवाँबाट कालो रंग, र तो माटो, सिन्दुर तथा रातो फुलवाट पहेंलो रंग, गाईको गोवर, घाँस र जंगली फल - फुल र जडीवुटी वाट विभिन्न थरिको रंग बनाउने पद्धति र परम्परा रहिआएको छ । रंगलाई लामो समय सम्म टिकाउन र चित्रमा चमक ल्याउन रंग घोलन वेलको गुदी, आपको चोप आदि प्रयोग मा ल्याइन्छ । चित्रमा रंग भर्न ब्रसको उपयोग गरिदैन लामो सिक्कामा कपास बेरी ब्रसको रूपमा सहजै प्रयोग गरिन्छ । रेखा चित्रको लागि बाँसको कलम प्रयोग गरिन्छ । चित्र बनाउँदा खेस्रा नगरिकन बनाइने कलाको विशिष्टता र कलाकारको सिद्धहस्त को विषेशता हो । प्रायः लोप हुने अवस्थामा पुगेको चित्र र रंग बनाउने प्राकृतिक पद्धति अध्ययन र अनुसंधान र संरक्षणको विषय बनेको छ । मांगलिक अवसरहरूमा घर सजाउन घरेलु रंगबाट बनाइने मैथिल लोक चित्र आज मिथलामा मात्र सिमित छैनन्, देश, विदेश, मा पनि यसको उतिकै लोक प्रियता छ । यसले राष्ट्र र अन्तराष्ट्रिय प्रदशैनी मार्फत आफ्नो लोक


प्रियता बढाउदै गैरहेको छ। अन्तराष्ट्रिय लोकप्रियता र भाग अनुरूप भित्ता वाट विस्तारै कागज, स्थानवास, दैनिक उपयोग सामग्री, कपड़ा सेरामिक का भाड़ा, वर्तन आदिमा यस कला को व्यापक प्रयोग हुदै गैरहेको छ । र यो चित्रकलाले राम्रो मुल्य पनि पाइरहेको छ । प्राय: ललित कला सर्व साधारण ले बुझने विषय होइन, हामी बुदैनौ भन्नेहरूलाई पनि सहजै आकर्षित गरि सरल भावद्वारा, कलावाट पन्छिने होइन, आउनुस, हेर्नुस, र बुझने कोशिश गर्नुस र आफ्नो संकलन मा संकलित गर्नुस भने आग्रहसहित अगाडि वढदैर हेको छ - मिथला कला ।

स्रोतः SOUVENIR (स्मारिका )2058


About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.