स्थलगत जलरंग चित्रकला

   स्थलगत जलरंग चित्रकला 


माघ १४,२०८०। वीरेन्द्र कुमार राजव‍ंशी 

विराटनगर - 

"स्थलगत जलरंग चित्रकला" को नेपालीमा "प्राकृतिक रूप चित्रकला" वा "प्राकृतिक दृश्य चित्रकला" भनिन्छ। यो चित्रकला प्रक्रिया विभिन्न प्राकृतिक स्थलहरू, प्राकृतिक दृश्यहरू, र नैसर्गिक तत्वहरूलाई आधार बनाउँछ। यसमा जलरंग, र कला को विविधता बढाउँछ।


        नेपालमा, हिमालयी चोटीहरू, गाडीहरूका नदी र झरनाहरू, वन्यजन्तुहरू, र अन्य प्राकृतिक स्थलहरू चित्रित गरेर नैसर्गिक सौन्दर्यलाई प्रदर्शन गर्ने कलाकारहरू छन्। यी चित्रहरूले प्राकृतिक सुन्दरतामा रहेका अनेक पहाडी र स्थानहरूलाई उज्ज्वल रंगहरूमा चित्रित गरेका छन्, जसले दर्शकलाई नेपालको समृद्धि र प्राकृतिक सौन्दर्यसँग मिलाउँछ।


       यस चित्रकलामा जलरंग, पेस्टल, र अन्य विभिन्न कला सामग्रीहरू प्रयोग गरिन्छन् जसले चित्रलाई अधिक जीवनदाता प्रदान गरेका छन्। यसले प्राकृतिक सौन्दर्य र प्राकृतिक रूपहरूलाई अलग रूपमा देखाउँछ र दर्शकलाई आकर्षित गर्दछ।


            प्राकृतिक सौन्दर्यलाई चित्रमा उतार्न ललितकला संगम ,विराटनगर र यूवा कला केन्द्र ,धरानको पहिलो पटक संयुक्त रुपमा २०८० माघ १३ गते आयोजित स्थलगत जलरंग चित्रकला  तथा  वनभोज इटहरीको तालतलैयामा सप्पन्न भएको छ । उक्त कार्यक्रममा ललितकला संगमबाट पूर्व अध्यक्ष निवास पोखरेल तथा संस्थाका अध्यक्ष जे.पी. चौधरी , सविन कुमार उपाध्याय ,उद्घव गुरुङ,एलसी चौधरी ,वीरेन्द्र कुमार राजवंशी ,कृष्ण राजवंशी , सहभागी भएका थिए । त्यसैगरी   धरानका अग्रज चित्रकारहरु प्रनोद दत्त , लेख मगर , महेन्द्र राई ,  हरिलाल उदास , एबि बिशन ,सनम तामाङ , र कानेपोखरीका रोदुछा मीक्वा पनि सहभागी थिए ।


         तालतलैयाकाे प्राकृतिक सौन्दर्यलाई आफ्नाे कलाकाे माध्यमबाट चित्रपटमा बनाउने क्रममा लेख मगरले ४ वटा   दृश्यलाई आफ्नाे चित्रपटमा उतारे । साे ४ वटा मध्ये एक वटा ललितकला संगमलाई चिनाे स्वरुप दिएका थिए भने एक वटा आफूले घरबाट बनाएका तालतलैयाकै एक्रेलिक रंगकाे दृश्य चित्र पनि संस्थालाई चिनाे स्वरुप प्रदान गरेका थिए ।


चिनाे स्वरुप दिएका तालतलैयाकाे जलरंग दृश्य  चित्र


चिनाे स्वरुप दिएका तालतलैयाकाे एक्रेलिक रंग दृश्य  चित्र


   त्यसैगरी महेन्द्र राई र रोदुछा मीक्वाले पनि दुई दुई वटा दृश्यलाई आफ्नाे चित्रपटमा उतारे  भने अरु चित्रकारले एक एक वटा दृश्यलाई आफ्नाे चित्रपटमा उतारे  ।


 

त्यसैगरी एकले अर्कासंग सिक्ने र अर्कालाई   सिकाउने त्रममा आफूले जानेका कुराहरुलाई "प्राकृतिक दृश्य चित्रकला" काेर्ने तरिका  सिकाउने  अग्रज चित्रकार प्रनाेद दत्तले चित्रकारहरुबीचमा सिकाउदै आफ्ना अनुभवलाई  बाँडिरहेका  थिए ।


तालतलैयाकाे प्राकृतिक सौन्दर्यलाई स्थलगत रुपमा बनाएका चित्रकारहरुकाे कलाहरु 


























About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.