ललितकला महोत्सव

The impressions 'सादृश्यम'


पुष १६,२०८०। वीरेन्द्र कुमार राजव‍ंशी 

विराटनगर - नेपालमा पर्यटन विकासमा कला एक महत्त्वपूर्ण भूमिका निभाउँछ। कला स्थलहरू, स्थानीय विरासत र सांस्कृतिक परम्पराहरूले पर्यटकहरूलाई आकर्षित गर्नमा सहयोग हुन्छ। यसले स्थानीय अर्थतन्त्र बढाउँछ र स्थानीय जनसंख्याको लागि रोजगार सृष्टि गर्दछ। साथै, स्थानीय कला र हस्तशिल्प उद्योगले पर्यटन उद्यमीहरूलाई विभिन्न आइडियाहरू बनाउँछ जो पर्यटन सेवाहरूमा उपयोग हुन्छ। यो पर्यटन उद्यमहरूले स्थानीय सांस्कृतिक धरोहरलाई प्रमोट गर्दछ र नेपाललाई विश्वभरिबाट चिनिएको बनाउँछ। सोहि अनुरुप देहि आर्टले आफ्नो ९ औं वार्षिक उत्सव 'The impressions(सादृश्यम),इलाममा पौष १४ गते देखि १६ गते सम्म ललितकला महोत्सव  मनाएका छन् । 


   


 पहिलो दिन १४ गते कलाकारहरुले इलाम बजार वरिपरिका प्राकृतिक , ऐतिहासिक , पर्यटकीय क्षेत्रमा गएर दृश्य चित्र बनाएका थिए । कोशि प्रदेश धरानबाट महेन्द्र राई ,प्रनोद दत्त, रुपक राई ,संखुवासभाबाट एलन शाक्य ,विराटनगरबाट वीरेन्द्रकुमार राजवंशी र उद्धव गुरुङ ,बेलबारीबाट गणेश लामा ,शिव छाङ्छा राई, बिर्तामोडबाट युवराज रिजाल,रमाईलोबाट रोदुछा मिक्वा यसका साथै भारतका कालिपोङबाट चुरामणि लाबुर ,सिक्किमबाट दिवाकर लामिछाने, जल्पैगुरिबाट हितेश दास,प्रीति सुत्रधार,दार्जिलिङबाट फिन्जो शेर्पा , सिल्लिगुरीबाट मिलन राई ,नाम्चिबाट अशाेक राई लगायत स्थानीय इलाम नगरपालिका कलाकारहरूको कलाकारहरूको पनि सहभागीता थियो । 















पहिलो दिन १४ गते कलाकारहरुले इलाम बजार वरिपरिका प्राकृतिक , ऐतिहासिक , पर्यटकीय क्षेत्रमा गएर दृश्य चित्र बनाएका थिए । कोशि प्रदेश धरानबाट महेन्द्र राई ,प्रनोद दत्त, रुपक राई ,सोलुखुम्बुबाट एलन शाक्य ,विराटनगरबाट वीरेन्द्रकुमार राजवंशी र उद्धव गुरुङ ,बेलबारीबाट गणेश लामा ,शिव छाङ्छा राई, बिर्तामोडबाट युवराज रिजाल,रमाईलोबाट रोदुछा मिक्वा यसका साथै भारतका कालिपोङबाट चुरामणि लाबुर ,सिक्किमबाट दिवाकर लामिछाने, जल्पैगुरिबाट हितेश दास,प्रीति सुत्रधार,दार्जिलिङबाट फिन्जो शेर्पा , सिल्लिगुरीबाट मिलन राई लगायत स्थानीय इलाम नगरपालिका कलाकारहरूको कलाकारहरूको पनि सहभागीता थियो । 

दोश्रो दिन १५ गते इलाम नगरपालिका विद्यालयका विद्यार्थीको कलाकार्यशाला र अन्तिम दिन १६ गते विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । 




उक्त महोत्सवमा तीन दिन सम्म देहि आर्टका कलाकारहरूले बनाएका कलाकृतिहरु तथा स्थलगत चित्रकलाबाट त्यार पारिएका चित्रहरुलाई पनि प्रदर्शनीमा राखिएका थिए । देहि आर्ट्का संस्थापक अध्यक्ष छितेन शेर्पा,पिन्की श्रेष्ठ,विष्णु लिम्बु,सागर मगर,रोशन सुब्बा,दलेन ओझा लगायत East Horizon English high School, Dhulabari का विद्यार्थीहरु अभिषेक प्रधान ,सुशिल राई,अर्जुन बस्नेत, सैलेश राजवंशी ,अशिम प्रधान ,सन्तोष राजवंशी ,अविशा घिमिरे ,इशिता राजवंशी ,अनिश नेम्वाङ,सविना राजवंशी ,यान्की श्रेष्ठ ,मौलिक लिम्बुले बनाएका चित्रहरु प्रदर्शनीमा राखिएका थिए ।




About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.