चित्रकलामा प्रतिभाकाे खाेजि २०८१


 शुक्रबार, २६ षुस ,२ ०८१ 

ललितकला संगम, विराटनगरको एक ऐतिहासिक कला संस्था हो। जसले ललितकलाको विभिन्न विद्याहरुमा कार्यशाला प्रर्दशनी तथा प्रशिक्षण गर्दै आएको छ। ललितकला अन्तर्गत चित्रकला, मुर्तिकला, वास्तुकला, आदि र परम्परागत धर्म एवं संस्कृतिको विकास प्रवर्द्धनमा काम गर्दै आए‌को छ। मोफसलमा रहेका विभिन्न जातिय तथा परम्परागत मौलिक पहिचानका साथै संस्कृतिक ललितकलाका विभिन्न क्षेत्रहरु सम्म विकास पुगोस् भन्ने उद्देश्यका साथ यो संस्था अगाडि बढेको छ।

ललितकताको विभिन्न क्षेत्रहरु मध्ये हाललाई परम्परागत तथा समकालिन चित्रकला र मुर्तिकलाको विकास एवं प्रवर्द्धनको लागि कार्यशाला तथा प्रदर्शनी कार्यक्रम संचालन गर्ने उद्देश्यका साथ यो प्रस्तावना पेश गरेका छाै‌ं ।त्यसकारण ललितकलाको विकास एवं प्रवर्धनका लागि हामीले विभिन्न समयमा कार्यक्रम गर्दै आएका छौ‌ं। विगतका दिनहरुमा सबैबाट सह‌योग प्राप्त भएको छ।

यस कार्यक्रमको लागि प्रतियोगितामा सहभागी हुन 

शिक्षण संस्थाबाटः २ जना विद्यार्थी र रु.२०००/- सहित साथ र सह‌योगको लागि हार्दिक अनुरोध छ।

 साथै स्वतन्त्र रुपले सहभागी हुन चाहने विद्यार्थीले सहभागी शुल्क रु‍.१०००/-(व्यक्तिगत प्रति  विद्यार्थी ) बुझाइ सहभागी हुन पाउनुहुनेछ ।

थप जानकारीकाे लागि 
९८४२०७६४०९
९८५२०२५५१९

परियोजनाको विवरण:

१. परियोजनाको नाम : +2 विद्यालय/कलेज स्तरीय चित्रकला प्रतियाेगिता २०८१

२. परियोजना क्षेत्रः विराटनगर महानगर क्षेत्र

३. चित्रकलाको विषयः खुल्ला (मौलिकता झल्कने)

४. परियोजना स्तरः +2 विद्यालय/कलेज स्तरीय ( कक्षा ११ / १२ र साे भन्दा माथि  )

५. मितिः २०८१ माघ ११ गते शुक्रबार

६. स्थानः आदर्श उ.मा.वि., विराटनगर-७

७. समयः विहान १०.३० बजे देखी


प्रतियोगिता संचालनका नियमहरु

सहभागी प्रतियोगीहरुले निम्नलिखित नियम पालना गर्नु पर्नेछः

१‍‍. कुनै पनि शिर्षकमा चित्र सृजना गर्न पाइनेछ तर चित्रपटमा कुनै शब्द वा संकेत लेख्न पाईने छैन।

२.सहभागीले स्थलगतरुपमा चित्र निर्माण गर्नु पर्नेछ।

३. हस्तनिर्मित सिर्जनामात्र स्वीकार गरिनेछ 

४. एउटा वि‌द्यालयबाट २ जना प्रतियोगीलाई मात्र सहभागी गराउन पाइने छ ।

५. चित्र पुर्णरुपले रंगिन हुनुपर्ने छ । चित्रपटको सम्पुर्ण भाग प्रयोग गरिएको हुनुपर्नेछ।

६. प्रतियोगिता कार्यक्रम बिहान ११:३० देखि सुरु भई २ घण्टाको रहनेछ ।

७ आयोजकले प्रतियोगिलाई चित्रपट(paper) र जलरङ(water color) मात्र उपलब्ध गराईने छ । बाँकि आवश्यक सामग्री प्रतियोगी स्वयंले ल्याउनुपर्ने छ। paper size : A3(11.7 inch x 16.5 inch)

८ सहभागीहरु मध्ये उत्कृष्ट १० जना लाई पुरस्कृत गरिनेछ र निर्यण सम्बन्धि समपुर्ण अधिकार निर्णायकमा निहित रहने छ ।

सहभागीको नामावली दर्ता 

अन्तिम समयः  मिति २०८१/१०/१० गते बिहीवार बेलुकी ५:०० बजे भित्र गराउनु पर्नेछ ।

सहभागीहरुको नामावली दर्ता अनलाइन वा भाैतिक रुपमा दर्ता गर्न सक्नुहुनेछ । 

  • भाैतिक रुपमा दर्ता गर्ने  स्थान ः जे. सी. मार्कलस् आर्ट ,तिनपैनी , विराटनगर
  • अनलाइ रुपमा दर्ता गर्नः यहाँ क्लिक गर्नुहाेस

About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.