Biography
दिपक बराईली ( वि.सं. २०३२ आषाढ १९ विहिबार ) उहाँ बाल्यकाल अवस्था बाट नै कलाकारीता क्षेत्रमा आकर्षित भई विशेष गरी अध्ययनको क्रममै माध्यमिक विद्यालय जिल्ला स्तरीय चित्रकला प्रतियोगिता २०४९ सालमा विर्ताजेसिज विर्तामोडले आयोजना गरीएको थियो । जसमा उहाँले प्रथम स्थान हाँसील गरी पुरस्कृत हुनुभएको थियो । यसले अझ कलाकारीता क्षेत्रमा उहाँलाई आफ्नु गुरुवर्ग÷अभिभावक साथिभाई शुभचिन्तकहरुबाट प्रेरणा, प्रोत्सहान हौसलाले उर्जा थपिदियो यसै क्रममा S.L.C. सम्मको शिक्षा हासिल गरी जिवनका हरेक चुनौतिहरुमा रुमलीएर वेठेगान भई कहिले शान्ति, कहिले अशान्ति, कहिले गरीवीको चोटहरुलाई आत्मा साथ गर्दै छिमेकी राष्ट्र भारतको अरुणचल प्रदेश सम्म तान्यो । त्यहाँ उहाँले कलाको सिदान्तका कुराहरु ६ वर्ष सम्म अध्ययन गर्नु भयो । त्यहाँ पनि पढाईका साथै चित्रकारीता लगायत संगितीक क्षेत्रमा पनि उतिकै लगाव रहि अध्ययनरत रहनु भयो वि.सं.२०५७ साल देखि आफ्नै मातृभुमी पूर्वी नेपाल झापा जिल्लालाई कर्मथलो बनाएर कलाकारीताको कामहरु गर्दे आउनु भएको छ । व्यवसायीक रुपले विशेष गरेर ललितकला क्षेत्रमा बढी रुची रहेको छ । त्यस बाहेक सांगीतीक क्षेत्र, लेखन कलामा पनि उतिकै लगाव रहेकोछ । विभिन्न सामाजिक संघ÷संस्थाहरुमा आवद्धरहि राष्ट्र राष्ट्रियता मौलिक कलासंस्कृती, संगीत प्रति नविन सृजनाका कोसेलीहरु चित्रणगरी यो अमुल्य जिवन कहीले रंङ्गहरुले कहीले संगीतका सुमधुर धुनहरुले सिंगार्दै सबै भन्दा आत्मीय सहारा नै चित्रकारीता क्षेत्रलाई आत्मासाथ गर्दे व्यवसायीक रुपले हाल मेचीनगर –१३, चारआली झापामा सकृय रही आफ्ना पाइलाहरु अघि बढाईरहनु भएकोछ ।