Biography

    मेरो जन्म साविक बुधबारे वार्ड नंं ७ हाल बुद्धशान्ति वार्ड नंं ३ झापामा २०२१ साल बैशाख २५ गते बिहिबार स्वर्गीय बुबा श्री अनार सिंह धिमाल आमा हेऊती मायाँ धिमालको कोखबाट साहिँला छोराको रुपमा जन्मिएको हुँ । साना देखि नै चित्र कोर्न सौखले पढाई तिर त्यति ध्यान नहुँदा बुबाबाट बेला बेला गाली सुन्नुपथ्र्यो तै पनि लुकीछेकी चित्र कोर्ने गर्थे साथ साथै चित्र कलालाई पनि अगाडि सार्दै आज यस विधालाई व्यवसायिक रुपमा सकिनसकि ३१ बर्ष देखि डोहोरयाई रहेको छु ।

            आर्थिक रुपले सन्तुष्ट नभएपनि यो कामबाट मेरो शरिरको हरेक अंग अंगहरु कूची, क्यानभास अनि रंगहरुले सिर्जना गरेका मूर्त, अमूर्त चित्रहरु सित गहिरो नाता गाँसेकोले म रहन्जेल यिनिहरुको नाता र मिलन नतोडने संकल्प लिएको छु ।

    अन्त्यमा ः चित्रकला एउटा सागर हो, यसलाई पार गर्न कहिल्यै सकिदैन, त्यसैले आज पनि म यस विधामा नाबालकनै छु घिस्रदै हिडिरहेको छु अनन्त सम्म बामे सर्दै हिड्ने प्रयास गरिनै रहने छु ।



Click on the link below for more information about the artist.






About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts