Biography of Artist Pujan Khatiwada

Biography

    पुजन खतिवडा ( वि.स.२०५२) सानै देखि कलामा उनको रुुची थियो ।  उनकी आमाले माटाका साना चराहरु बनाएको देखेर उनी कलाप्रति प्रभावित भएका थिए । उनी कला क्षेत्रमा उदाउदै गरेका कलाकार हुन । गाउँका कलाकार दिपक बराइलीले गरेका चित्रकलाका कामहरु देखेर उनी प्रवाभित भएका उनी केहि समयसम्म कलाको अध्ययन गर्न गएका थिए । त्यस पछि उनले अर्का कलकार प्राज्ञ पवन राजवंशी संग गएर कलाको औपचारीक रुपले अध्ययन गर्न थाले । राजवंशीकै सल्लाहमा उनले काठण्माडौ स्थित सृजना कलेज अफ फाईन आर्टमा भर्ना भई औपचारीक कलाशिक्षाको अध्ययन गर्न थाले । उनले  त्यहाँ ं२ सम्मको अध्ययन गरे । त्यस पछि स्नातक अध्ययनका लागि ललितकला क्याम्पसमा भर्ना भई मुर्तिकलाको अध्ययन गदैछन ।  उनि विगत ७ वर्ष देखि  कला क्षेत्रमा सकृय रुपमा काम गरीरहेका छन । यस विच उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कला कार्यशाला तथा प्रर्दशनीमा सकृय रुपले भागलिएका छन । उनले यसै विच नवप्रतिभा पुरस्कार ( साहित्य चौतारी झापा २०७२) पनि पाएका छन । उनि निरन्तर रुपले  कला सृजनामा उतिकै समय पनि दिइ रहेका छन ।


Click on the link below for more information about the artist.



About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.