मेरो वाल्यकाल काठमान्डौको
कपन वरिपरी वितेको हो ।सानैदेखी कथाकविता सुन्न पढ्न र लोख्नमा रुचि थियो।त्यसतै सबभन्दा
बढी मन चित्र कोर्न लाग्थ्यो।विध्यालय स्तरमा प्रथम हुन्थें!पुरस्कार थाप्न मन्च उक्लँदा
गुरुहरुले काधमा धाप मारर प्रशंसा गर्दै भन्थे”तिमी
भविष्यमा कलाकर बन्छौ जस्तो छ”म मख्ख पर्थें तर तयसबेला मलाइ थाहापत्तो थिएन कलाकार
कुन चरो को नाऊ हो ।त्यसो त कविता प्रतियोगीताहरु
पनी जित्थें तर मलाइ चित्र पट्टिको पुरस्कार विशेष लाग्थयो किनकी त्यसमा रङहरु
र सादा कापी पाइन्थयो जस्मा म रहरलाग्दा चित्रहरु कोरेर रङ्गाउन पाउथें।
दिमाग तेजिलो भएपनी
पढ्नमा रुचि थिएन। गृहकार्य कछाकार्य गर्दिनथें बरु बाहना बनाउथें।किताबभित्र राखेर
कमिक्स पढ्ने र त्यैभित्रका सुन्दर चित्रहरु नक्कल उतार्ने गर्थें।सिछ्यकले थाहा पाएर
थुप्रै पल्ट कुखुरा बनाए तर मैले टेरिन ।हावामा हरीया धानवारी लहलहउदै नाचेको हेर्नू, खहरे खोलामा कागजको डुङ्गा बगाउनू,धोवीखोलामा नाङ्गै पौडि खेल्नु,पत्रिकाको चङ्गा बनाएर उडाउनु र कालीमाटोको सिवलिङ्ग बनाउनु मलाइ सबैभन्दा रमाइलो
थियो।
एसएलसि ताका कलाकार(चित्रकार
)हेम पौडेल सित परिचय भएर उनीसित चित्रकलाका प्रशिछण लिन थालें।मलाइ फलामेढोका भन्दा पनी चित्रको सुर्ता थियो।त्यो वि.सं.२०६३ को कुरो।उनिसित
झन्डै दुइ वर्ष सङ्गत पछि २०६५ सम्वतमा उनैको प्रोत्साहनमा मैले ललतकला क्याम्पस भर्ना
भएँ।यसरि कलामा मेरो औपचारिक यात्रा सुरु भयो।
सम्पर्क फोन नं -९८४३८४१७९७
इमेल-artistrupak2016@yahoo.com