Statement of Artist Rupak Rai
    कला प्रतिको भावना=मानिस
स्वभावैले क्रिया र प्रतिक्रिया व्यक्त गर्ने प्राणी हो।त्यहि व्यक्त गर्ने माध्यम
कला हो।कुनै वस्तु,दृष्य,घटना,विचार वा कल्पनाबाट
प्रेरित वा प्रभावित भएर त्यसलाइ आफ्नै शैलीमा व्यक्त गर्न मानिस तत्पर हुन्छ र कलाको
कुनै हाँगा समात्छ जस्तै चित्र ,मुर्ति,गायन,लेखन,अभिनय,इत्यादि।त्यसो त इतिहास
नियाल्दा कहिले कलाले समाजलाइ डोर्याउने कहिले समाजले कलालाइ डोर्याउने गरेको पाइन्छ
तर कला सदैव समाजको दर्पण भने अवशय हो।कुनै पनि देशको गौरव र उन्नति मापन गर्न त्यस
देशको कलाले सजिलो हुन्छ।यस्तोमा कला स्वेचछाको विषय वा  व्यक्तिगत माध्यम भएपनि समुदाय,समाज,सम्प्रदाय सँगै सिङ्गो
देशको प्रतिध्वनी र प्रतिनिधी हुन सक्छ ।यो तर कलाकारको  विचार र भावनाको फैलावटमा भर पर्छ ।अनि शैली ,शिल्प र कौशलताको  उतिकै
महत्व हुन्छ ।
कला साधना ,साधन र साधकको मन्थन हो ।असल विचारभावहरु  देवता हुन् र गलत दैत्य: यो  प्रक्रियामा
विष र अमृत दुवै निस्कने बराबार सम्भावना  रहन्छ।
सुन्दर पनि हुन सक्छ  कुरुप पनी।विष निक्लिएमा
स्वपान गर्न सक्नुपर्यो र  अमृत निस्केमा  बाँड्न (प्रायकलाकार ठिक  उल्टो गर्छन्)


 
 
 
 
 
 
 
 
0 Reviews:
Thank You For Comments !