ग्रामिण भेगको अत्यान्तै बिकट गाउँमा जन्मिएर आफ्नो दैनिकी संगै हुर्कि रहदा अौपचारिक शिक्षा माध्यामिक तह सम्म पनि छिचोल्न नसकेको एउटा सामान्य परिवारमा हुर्किएको म २०४६ सालमा वैवाहिक बन्धनमाबाँधिए । तत् पश्चात् भबिश्यको बाटो खोज्दै काठमाण्डु पुगे। २०४९सालमा म राष्ट्रको सेवा गर्ने अवसर मिल्यो सिपाहीमा जागिर पाएँ। गर्व लाग्छ राष्ट्रको सेवा गर्न पाउदा जागिरको दौडानमा देश,बिदेश धेरै ठाउँ पुग्ने अबसर पनि मिल्यो सेवारत रहदा मेरा दुई सन्तान भए आफुलाई भाग्यमानी ठानेको छु अतः वास्तवमा मेरो कलायात्रा केही पृथक छ । काँढेतारको जन्जिरभित्र बम बारुदको गोलावारीसंगै खेल्ने,राईफलको संगिन र रकेटका धमाका संग खेल्दै मै जस्तो मान्छे (दुश्मन) मार्ने युद्धकवच युद्धकला सिकि रहदा अभ्यास गरि रहदा मलाई मेरो तनमय र सिर्जना उमार्ने चेतलाई छेकेनन् बुलेटहरुले बम बारुदका धुँवाहरुले उम्रिन थाले म भित्रका तनमयकाा दिउलहरु देखिन थाले क्यान्भासका भित्ता हुदी छरपस्ट । यु.एन. मिशन अफ्रिकाको बुरुण्डीमा कार्यरत रहदा एच.आई.भि.एड्स सम्बन्धी एउटा सन्देश मुलक चित्र कोरेको थिएँ त्यो चित्र देखेर यु. एन. मिशनका पुर्व माहासचिब कोफि अन्नानका सल्लाहाकारद्वारा पु्रस्कृत हुने अवसर पाएको थिएँ। ज्यादै खुसी लागेको त्यो क्षण सम्झन्छु निकै उर्जाा थपिएको महसुस गरें त्यो पल। मिशनबाट फर्किए पश्चात् पल्टनका ३१ कमाण्डिङहरुको प्रोटेटले सजाईयो भित्ताहरु समिक्षालयलेखि प्रतिक्षालयसम्म।२०६५ मा अवकास पश्चात् घर व्यवहार सम्हालन घरपरिवारका साथ रहि रहदा रोजगारीको सिलसिलामा मलाया पुगियो विभिन्न ठाउमा कार्यरत रहदा ईपुह राज्यको होटल देउराली र एउटा आर्ट ग्यालरीमा मेरा केही थान सिर्जनाहरु संग्रहित छँदै छन। वास्तवमा म संग नहोलान भौतिक सम्पति बिलासिताका हिरा,मोतीका असर्फीहरु तर यिनै सिर्जनासंग जोडिएका नाम नै मेरो सर्वस्व सम्पति यिनै हुन भन्ने ठानेको छु। धन्यवाद।
July 14, 2020
Lalit Kala Sangam
Birendra Kumar Rajbanshi
Biography
Click on the link below for more information about the artist.