Statement of artist Madhav Paudel

Statement

माधव पौडेल (कलाकार)

कला

मानव सभ्यताको विकास क्रम संगसै कलाको पनि विकास भएको पाईन्छ । आदिम कालदेखि नै कलाको विकास मानवले गरेका र विभिन्न गुफाहरुमा परापूर्वक कालदेखि नै दैविक शक्तिको प्रभाव साथै आफ्नो जिवन निर्भाह गर्न विभिन्न हातहतियार बनाउनुको अलवा मनोरञ्जनको लागी मानव जातिले कला सृजना गर्ने गरेको पाइन्छ ।

कला एउटा जिवन हो, यसमा हरेक व्यक्तिको भावना लुकेको हुन्छ यही लुकेको भावनालाई मुर्त वा अमुर्त रुपमा विभिन्न माध्यमद्वारा सतहमा प्रकट गरी सबै समक्ष देखाउन सक्ने विधालाईनै कला भनिन्छ । कुनै पनि देशको ईतिहास, विकास, मान सभ्यतालाई कलाकारहरुले विभिन्न चित्र वा मूर्तिको माध्यमद्वार प्रष्ट पारेका हुन्छन् । ईतिहासदेखि वर्तमानसम्म आईपुग्दा कलामा विभिन्न उत्तार चढाव आएको देख्न सकिन्छ । कलाकार र कला ती देशका सम्पति हुन यसमा जो कसैको पनि विमती भएको पाईदैन । नेपालको सन्दर्भमा भन्नु पर्दा लिच्छिवीकाल कलाको लागि स्वर्णिम युग सावित भएको पाईन्छ । मल्लकालमा पनि कलाको विकास राम्ररी नै भएको थियो राणा कालमा पश्चिमी कलाको प्रभाव अलि बढि मात्रमा परेको थियो । शाह कालमा आएर वाहिरी भन्दा पनि दरवारिया कला अलि बढि देख्न पाईन्छ । विगत ५/१० वर्ष यता वर्तमान समयमा ईन्टरनेट लगाएत अन्य सञ्चारको माध्यमले नेपाली चित्र मूर्तिको महत्व लाई कला पारखिहरुले राम्ररी बुझेर होला सायद कलाको विकास क्रम हदसंग अगाडि बढेको पाईन्छ । कला र कलाकारहरुलाई राज्यले उचित सम्मान र संरक्षण गर्न सकेको खण्डमा मानवमा सकरात्मक सोचको साथै सृजनसिल कार्यको विकास हुने कुरा सजिलै आंकलन गर्न सकिन्छ ।


Click on the link below for more information about the artist.



About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.