Statement of Artist Prabin Rai


Statement 

चित्रकला ? हरेक कला माझ सबैलाई मन पर्ने एउटा अदभूत कला चित्रकला !

    सबैलाई मन पर्ने यो कला एउटा लोकप्रिय विषय भन्दा फरक नपर्ला जस्तो लाग्छ मलाई ! कला आफैमा एक बर्दान जून सिमित बेक्तित्व माझ अडिएको !येस छेत्रमा लाग्नु भएका हरेक कलाकर्मीहरुको आआफ्नो बिचार धारणा छन,हुन्छ !धारणाका विषयमा मेरो आफ्नो धारणा राख्दा बेक्त गर्दा अलि फरकपन पाउनु हुनेछ भन्ने अपेक्षित छु!किन?किन भन्दा यो छेत्रमा पढेर,लेखेर,बुझेर पक्कै आएको होइन!यो छेत्रलाई  मैले बुझेकै छैन भन्दा फरक नपर्ला तर आफ्नो तवरले भने पक्कै बुझेकोछु प्राकृतिक हिसाबले बुझने मौका पाएकोछु!हो आफू हिसाबले येस छेत्रलाई अङ्गालेर हिडेको बेक्ती चित्रकला समाजको अभिन्न अंगझै लाग्छ मलाई !हामी हरेक कुरालाई

समाबेस गर्न सक्छौ चित्रकला मार्फत !बोल्न नसकेका,पिछडिएका,दुखी बर्ग हरुको बारेमा प्रस्तुत गर्न सक्छौ साथै आफ्नो देशको बारेमा कला मार्फत बिश्वब्यापी प्रचारप्रसार पनि गर्न सक्छौ! संस्कृति अनि मौलिकता जोगाउनमा चित्रकलाको ठुलो हात जस्तो लाग्छ मलाई !आज चित्रकला नभएदिएको भए समाजमा भएका धेरै प्रसङ्गहरु नतमस्तक हुन्थेहोला त्यसैले सबै कुराको जगेर्ना गर्नलाई  चित्रकलाको जगेर्ना अति आवश्यक जस्तो लाग्छ!चित्रकला एक माध्यम मात्र नभए तपाइको भाव पोख्ने विषय पनि हो तपाई चित्रकला मार्फत रम्न सक्नु हुनेछ दुखलाई भुल्नसक्नु हुनेछ!येदि तपाई आफ्नो दिन तनाबमा बिताइ राख्नु भएको भने चित्रकला कोरेर तनाब हटाउनु सक्नुहुनेछ थेरापी को काम गर्ने येस कला सबैलाई आवश्यक चाहे त्यो कलाकर्मी होस या आम बेक्ति !चित्रकलाले धेरै कलाकर्मीहरुलाइ जीउँने बाटो पनि प्रदान गरेको !यो अहिले एउटा राम्रो पेशागत विषय पनि भएको आज सम्म मैले कोरेको कलाकृति बिकेको भन्ने बिरलै होला तर मैले येस छेत्रमा लागेर धेरै कुराहरु सिक्ने मौका पाएकोछु साथै आनन्दबोद पनि! चित्रकला मार्फत हामी अहिले आफ्नो देशबारेमा मात्र नभए बिदेशमा भएका त्यहाँका कला संस्कृतिको बारेमा पनि सजिलै बुझ्ने मौका पाएका छौ!त्यसैले मेरो नजरमा चित्रकला एकदम अति आवश्यक विषय हो !समकालीन सम्म येस कलाको संरक्षण हामी कलाकर्मीको उत्तरदायित्व सदैब रहिरहोस!

धन्यवाद !



Click on the link below for more information about the artist.




About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.