Lalit Kala Sangam
कुचिको भरमा जस्ले प्रकृति तह लाउँछ । रंगको घरमा जस्ले सृष्टि सारा सम्याउँछ ।।
कुचिको भरमा जस्ले प्रकृति तह लाउँछ । रंगको घरमा जस्ले सृष्टि सारा सम्याउँछ ।।
ललित कला संगम ,विराटनगरले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत यस वर्षको श्री पंचमी २०८२ माघ ९ गते शुक्रबारका दिन श्री सरस्वती मन्दिर ,विराटनगर - ७ मा चित्रकला प्रदर्शनी गर्ने भएको छ /
सहभागी प्रतियोगीहरुले निम्नलिखित नियम पालना गर्नु पर्नेछः
१. विषयः संस्कृति, सम्पदा वा प्रकृती मा आधारित चित्र बनाउनु पर्ने ।
२. दिएको शिर्षकमा चित्र बनाउदा चित्रपटमा कुनै शाब्दिक संकेत दिन पाउने छैन ।
३. प्रतियोगिता स्थलगत हुनेछ ।
४. चित्र निर्माण गर्दा ज्यामितिय सामाग्री प्रयोग गर्न पाउने छैन ।
५. एक शैक्षिक संस्थाबाट २ जना मात्र सहभागी गराईनेछ ।
६. चित्रपटमा पूर्णरुपले रंग गरिएको हुनुपर्नेछ ।
७. सहभगीहरुको नामावली २०८२ माघ ६ गते दिउसो १ बजे सम्म दर्ता गराई सक्नुपर्नेछ ।
८. प्रतियोगिता २०८२।१०।८ गते बिहान ११:३० बजे देखि शुरु हुनेछ ।
९. प्रतियोगिताको अवधी २ घण्टाको हुनेछ । प्रतियोगिहरु ११ बजे सम्म उपस्थित भई सक्नुपर्नेछ ।
१०. आयोजकबाट प्रतियोगिलाई चित्रपट, एक्रेलिक कलर, २ थान ब्रस, कलर प्लेट र पानीको ग्लास उपलब्ध गराउनेछ । बाँकी आवश्यक सामाग्री प्रतियोगिले स्वयं ल्पाउनु पर्नेछ ।
११. सहभागीहरु मध्येबाट प्रथम, दोस्रो, तेस्रो र ७ जनालाई सान्त्वना गरी जम्मा १० जनालाई पुरस्कृत गरिनेछ ।
पुरस्कृत हुनेलाई ट्रफी र प्रमाणपत्र सहित प्रथम पुरस्कारलाई रु.१००००/-, दोस्रो पुरस्कारलाई रु.५०००/-,तेस्रो पुरस्कारलाई रु.३०००/- र ७ जना सान्त्वनालाई रु. १०००/- नगद प्रदान गरिनेछ /
१२. पुरस्कार सम्बन्धी निर्णयको अधिकार पूर्णरुपमा निर्णायकमा निहित रहनेछ ।
१३. निर्णायकमा मोरङ जिल्ला भन्दा बाहिरका निर्णायकहरु रहनेछ ।
१४. स्केचमा पूणर्णाङक २५, बिषय संयोजनमा पूर्णाङक २५, रंग प्रयोगमा पूणर्णाङक २५ र सफाई वा स्पष्टतामा २५ गरी जम्मा पूणर्णाङक १०० को हुनेछ । र यसैको आधारमा निर्णय गरिनेछ ।
सहभागी शुल्कः रु.२०००।-मात्र
थप जानकारीकाे लागि
सहभागीको नामावली दर्ता
माघ २१,२०८१
माघ महिनाको ललितकला संगमको तेस्रो कार्यक्रम अन्तर्गत आज २०८१ साल माघ २१ गते सोमबारका दिन ललितकला संगमले आफ्नो वार्षिक कार्यक्रम हरेक वर्ष श्री पञ्चमीका दिन गर्दै आएको चित्रकला प्रदर्शनी यसपाली श्री सरस्वती मन्दिर परिषद् मा सम्पन्न गरेको छ । २५ जना चित्रकारले तयार पारेका ४८ वटा भन्दा बढी चित्रहरूलाई प्रदर्शनी राखिएको थियो । जस अन्तर्गत विराटनगरबाट जे. पी. चौधरी ,सविन उपाध्याय,एल्शी चौधरी ,कृष्ण राजवंशी,धरानबाट लेख मगर ,प्रनोद दत्त, महेन्द्र राई , हरिलाल उदास,धनकुटाका दिल्ली कृष्ण आले,दमकका अभिषेक दास,काकरभिट्टाका छितेन शेर्पा ,बेलबारीका शिव छाङछा राई सहित विराटनगरका नवकलाकारहरु अराध्या सिंह, नन्दनी चौरडिया, संजना यादव, सिरीन भट्टराई, अपेक्षा राई, आर्यन झा, अस्मिता लेखी, सुहानी श्रेष्ठ, सुप्रिता राय ,प्रतिक्षा बस्नेत,अग्रणी राई ,संजना माझी,संस्कृति नक्मर्मीले तयार पारेका चित्रहरु राखिएको थियो ।
माघ २०,२०८१ ललितकला संगम
ललितकला संगमको माघ महिनाको कार्यक्रम अन्तर्गत दोस्रो कार्यक्रम २०८१ माघ १९ गते शनिबार चित्रकला कार्यशालामा वरिष्ठ चित्रकार लेख मगरले माघ १० गते ललितकला संगमले आयोजना गरेको चित्रकलामा प्रतिभाको खोजीका लागि ' LKS विराटनगर +२ विद्यालय/कलेज स्तरीय चित्रकला प्रतियोगिता २०८१ ' अन्तर्गत उत्कृष्ट भएका नवदित कलाकारहरूलाई चित्रकलाको Demo प्रस्तुत गर्नुभएको थियो । जस अन्तर्गत नेपालको प्राकृतिक सम्पदा नेपालको पहिचान हिमालको चित्र जल रंगले चित्रपटमा साथै एक्रलिक रंगले क्यानभासमा बनाउदै जहाँ सहभागीहरूलाई सृजनात्मक अभिव्यक्ति, नयाँ प्रविधि, सामग्री, वा शैलीबारे अध्ययनको जानकारी गराउदै यसको महत्त्व बारे नवदित कलाकारहरूलाई उत्तसाहित गर्नु भएको थियो । यसका साथै यस संस्थाको सल्लाहकार निवास पोखरेल लगयत , अध्यक्ष जय प्रकाश चौधरी ,सचीव वीरेन्द्रकुमार राजवंशी ,कोषाध्यक्ष सविन कुमार उपाध्याय , सदस्य उषा अर्याल ,एलसी चौधरी ,सुकदेव राजवंशी, आमन्त्रित मूर्तिकार तुलसी कलाकार लगायत अन्य सहभागीहरुको उपस्थितिमा सम्पन्न भयो ।